समाज

    Showing 6,501-6,510 of 11,162 items.
  • रामेछापको हिलदेवीमा पहिरोले गाउँ नै धसियो, ७८ घर जोखिममा

    रामेछाप— सुनापति गाउँपालिका–३ हिलदेवीको केउरेनी, साउने र च्यामदुङ बस्ती खानीखोलाबाट सुरु भएको ठुलो पहिरोले भासिएका छन् । जमिन चिराचिरा भई घर भत्किँदा ३० भन्दा बढी घर बस्नै नहुने भएका छन् भने झण्डै ८० घर पहिरोको जोखिममा परेका छन् ।स्थानीय तेज तामाङका अनुसार दशैंअघि खनिएको गाउँको सडक वर्षासँगै धसिएर अहिले मान्छे समेत हिँड्न नसक्ने अवस्था आएको छ । घरहरू धमाधम चर्किने र भत्किने क्रममा छन् ।‘असोज र तिहारपछि परेको लगातारको वर्षाले जमिन अझ चर्कियो, जमिन धसिने र घर चर्किने तथा भत्कने क्रम बढ्दै गएको छ’  उनले भने, ‘२०–३० वटा घरमा मान्छे पस्नै नहुने अवस्था छ ।’स्थानीय लोकमाया खड्काले घर मुनिबाट पहि

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 587 पटक पढिएको
  • मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध

    हेटौँडा— मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्तिलोकपथ सडकखण्डमा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डी र चिप्लो भागमा अनियन्त्रित भई बीच सडकमै पल्टिएको हो। दुर्घटना बिहान करिब ७ बजेतिर भएको बताइन्छ।घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जितपुरभञ्याङबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि) सुरेन्द्र दरैको कमाण्डमा खटिएको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा कुनै मानवी

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 684 पटक पढिएको
  • केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’ को पर्खाइः बागमती सरकार दबाबमा

    हेटौँडा— बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन अत्याधुनिक क्षमताका ५ थान मुद्रण मेसिन खरिद गरी स्थापना गरे पनि सुरक्षण मुद्रण विभागबाट सञ्चालन अनुमति नआउँदा मेसिनहरू थन्किएका छन् । यसका कारण हजारौँ सेवाग्राहीले लाइसेन्स पाउन लामो समय कुर्नु परेको छ ।हजारौँ सेवाग्राही लाइसेन्सको पर्खाइमाबागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार सवारी चालक अनुमति परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि राजस्व तिरेका हजारौँ नागरिकहरू अझै लाइसेन्सको पर्खाइमा छन् । आवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरेपनि समयमै लाइसेन्स नपा

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 648 पटक पढिएको
  • ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्का एक घाइते

    सर्लाही— सर्लाहीको कबिलासी नगरपालिका – ६ मदनपुर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।बिहीबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा आलु र प्याज लोड गरिएको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका – ५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पु¥याइए पनि चिकित्सकले साँझ ७ बजेर ५५ मिनेटमा मृत घोषणा गरेका हुन्।मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका – ७ का १९ वर्

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 488 पटक पढिएको
  • उखुको भुक्तानी माग्दै ज्ञापनपत्र

    मलंगवा—  सर्लाहीको धनकौल गाउँपालिकाका किसानहरूले अन्नपूर्ण सुगर मिल्सविरुद्ध रकम नदिएको आरोप लगाउँदै बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।किसानहरूले पटक–पटक माग गर्दा पनि र बिभिन्न समयमा जिल्ला प्रशासन कार्यालयमै बाँकी रकम भुक्तानी गर्ने भन्ने सहमति भएपनि हालसम्म रकम भुक्तानी नभएपछि अब आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।ज्ञापनपत्रमा उल्लेख भए अनुसार धनकौल – २ स्थित अन्नपूर्ण सुगर मिल्सले गाउँपालिका स्थापना भएदेखि नै किसानहरूको उखु खरिद गर्दै आएको थियो। क्रसिंङ् सिजन २०७०/०७१ देखि २०८१/८२ सालसम्म किसानहरूले बिक्री गरेको उखुको रकम अझै नदिएको उल्लेख छ।यस अघि २०८०

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 496 पटक पढिएको
  • भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ

    सर्लाही— नेपाल–भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।मंगलबार बिहान सशस्त्र सीमा बल ५१औं बटालियन सोनवर्षा बीओपीका जवानहरूले सर्लाहीको हनुमान चौक नजिकै पिलर नम्बर ३२६/३२ बाट दुवै जनालाई पक्राउ गरेका हुन् ।पक्राउ परेकी महिला उज्बेकिस्तानकी ३० वर्षीया सोफिया उज्बेकोवा र उनको साथमा रहेका युवक सर्लाही ब्रह्मपुरी गाउँपालिका–२ मोहनपुर ब्रह्मपुरीका १९ वर्षीय विकेश कुमार राय रहेको एसएसबीले जनाएको छ।उनीहरूको साथबाट बिना दर्ता नम्बरको इलेक्ट्रिक स्कुटी, दुई मोबाइल फोन र तीन देशका सिम कार्ड (भारत

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 622 पटक पढिएको
  • जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछः मन्त्री सिन्हा

    काठमाडौं—  कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिंन्हाले जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरु नियोजित प्रकृतिका भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिंन्हाले भदौ २३ र २४ गतेका घटनामा नहुनुपर्ने धेरै घटना घटेको उल्लेख गरे ।उनले भने, ‘सुरक्षा गर्नमा धेरै समस्याहरू छन् । जेनजी आन्दोलनमा धेरै हतियारहरू लुटिएका छन्, जेलबाट कैदीहरू भागेका छन् । जनताले अलिकति असुरक्षित महसुस गर्नु स्वाभाविक हो ।’मन्त्री सिन्हाले चुनौतीपूर्ण अवस्थामाझ पनि हतियारसहितका अभियुक्तहरू दैनिक रूपमा पक्राउ भइरहेको बताए । उनले थपे, ‘सुरक्षाकर्मीहर

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 704 पटक पढिएको
  • आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिनको १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो । आजको बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।  

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 517 पटक पढिएको
  • काठमाडौं महानगरले माग्यो २३ अग्नि नियन्त्रक, योग्यता पुगेकाले आवेदन दिन सकिने

     काठमाडौं— काठमाडौँ महानगरपालिकाले करारमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक) माग गरेको छ।महानगरपालिकाले आज सूचना जारी गर्दै १५ दिनभित्रमा अनलाइन आवेदन दिन अनुरोध गरेको छ।महानगरपालिकाले अग्नि नियन्त्रकसँगै हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी २ जना पनि माग गरेको छ।महानगरपालिकाका अनुसार हरेक सेवा/समूह/तहका लागि तीन हजार आवेदन शुल्क लाग्ने छ।राजस्व तिरेको सक्कल रसिद,नागरिकता, शैक्षिक योग्यता,सम्बन्धित विषयको कार्य अनुभवको प्रमाणपत्र स्क्यानसहित वेबसाइट www.kathmandu. gov.np मा रहेको अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिनुपर्ने छ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 573 पटक पढिएको
  • कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् । बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् । छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुन नहुने बताए । कतैबाट दबाव र अभाव भइरहेको छ भने त्यो तत्काल अन्त्य हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको धारणा राखे । ‘कलाकारिता जस्तो सृजनशिल क्षेत्र भनेको यस्तो हो जहाँ कुनै दबाव र अभाव

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 760 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.