समाज

    Showing 6,421-6,430 of 11,162 items.
  • छोरीलाई जबरजस्ती यौन कार्यमा लगाउने आमा पक्राउ

    काठमाडौं— जापानको टोकियोस्थित मसाज पार्लरमा १२ वर्षीया छोरीलाई जबरजस्ती यौन कार्यमा लगाएकी थाई आमालाई ताइवानमा पक्राउ गरिएको छ। ताइवानका अध्यागमन अधिकारीहरूका अनुसार सेप्टेम्बरमा ताइवान पुगेकी आमा बसाइ अवधि नाघेर बसेकी थिइन्। स्थानीय प्रहरीले उनलाई ताइवानमा वेश्यावृत्तिसँग जोडिएको छुट्टै मुद्दामा हिरासतमा लिएर अध्यागमन विभागलाई बुझाएको छ।अधिकारीहरूले आमालाई देश निकाला गर्ने योजना बनाएका छन्। तर थाइल्याण्ड वा जापान पठाउने निर्णय भएको छैन, किनकि जापानमा बालिकाको मुद्दाको अनुसन्धान भइरहेको छ। थाइल्याण्ड र ताइवानका अधिकारीहरूले आमालाई थाइल्याण्ड पठाउन समन्वय गरिरहेका छन्। शुक्रबार थाइल्य

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 659 पटक पढिएको
  • एनआईसी एशिया लघुवित्तका सञ्चालक दिवाकर भट्टराईद्वारा सपथ ग्रहण

    काठमाडौं— एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले सपथ ग्रहण गरेका छन् ।यस लघुवित्तको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार दिवाकर भट्टराईलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा यस लघुवित्त वित्तीय संस्थाको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई यस वित्तीय संस्थाको आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको हो ।उक्त पदमा यस अघि सञ्चालक सुमन थपलिया संस्थापक समूहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए ।नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 626 पटक पढिएको
  • झुम्का कारागारमा एक कैदीको मृत्यु

    सुनसरी— सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। आइतबार बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा रहेका ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेका थिए।कारागार प्रशासनले सरदारलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवामा पुर्‍याए पनि बिहान ६ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।प्रारम्भिक जानकारीअनुसार सरदार दीर्घकालीन मधुमेह (डाइबिटिज) का बिरामी थिए र नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए।सरदारलाई जिल्ला अदालतले २०८० असोज २ गते मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकेको थियो।

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 628 पटक पढिएको
  • हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

    रौतहट— बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको हो।हात्तीको आक्रमणबाट ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार  ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो। हात्तीले आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 546 पटक पढिएको
  • मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन् ।मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि सहयोग र पहल गर्न आग्रह गर्दै विगतमा भएका सम्झौताअनुसार आयोजना प्रभावितले राखेका माग वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।उनले काठमाडौं उपत्यकामा पानी आपूर्ति रोकिएपछि स्थिति गम्भीर बनेको बताउँदै छिटो समस्याको समाधान गर्न पहल भइरहेको जानकारी दिए ।अध्यक्ष शेर्पाले पनि

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 605 पटक पढिएको
  • दाइसँगै खेल्न गएकी बहिनी दुई दिनपछि खोलामा मृत भेटिइन्

    कपिलवस्तु— कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१ पकडीकी दुई वर्षीया मान्सा ओझा घरबाट बेपत्ता भएको दुई दिनपछि मृत फेला परेकी छिन्।प्रहरीका अनुसार बालिकाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको हो। सो खोला मायादेवी गाउँपालिका–१ र सुद्धोधन गाउँपालिका–६ को सिमानामा पर्दछ।मान्सा ओझा कार्तिक २२ गते बिहान करिब १० बजे आफ्ना पाँच वर्षीया दाइसँग घरबाट खेल्न निस्किएकी उनी हराएकी थिइन्। परिवारले खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीमा उजुरी गरिएको थियो।प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बालिकाको शव घरदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ खोलामा भेटिएको हो। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्र

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 504 पटक पढिएको
  • धरानका मेयरले हर्क साम्पाङ द्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता

    काठमाडौं— धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन् । सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् । उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन् । मेयर साम्पाङ लेख्छन्, ‘दुर्गा प्रसाईं जी...अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ । माटोले रगत होइन पसिना मागेको छ । म त हरघडि माटोसँग बात मार्छु । तपाई पनि ढुगां बोक्न आउनु है । मिलेर देश बनाऔँ,’ । 

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 698 पटक पढिएको
  • बरहवा नदीमा पुरुषको शव फेला

    रौतहट— रौतहटको बरहवा नदीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गौर नगरपालिका वडा नं. ५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदिप बस्यालका अनुसार शव रौतहटको चन्द्रपुर नगरपालिका ६ का सुनिल कुमार कहार रहेको पुष्टी भएको छ । मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा पुष्टी भएको उनको भनाइ छ ।चन्द्रपुरबाट शनिवार देखी बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेको छ । प्रादेशिक अस्पताल गौरमा शव राखिएको र परिवारका सदस्य सम्पर्कमा आएको

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 575 पटक पढिएको
  • मधेस प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

    जनकपुर— जनकपुरधाम स्थित मधेस भवनभित्र रहेको मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड भएको छ । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एकलौटी ढंगले एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै जसपा लगायत सातदलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड गरेका छन् ।उनीहरुले प्रदेश प्रमुखको नाम लेखेको नेमप्लेट र मुख्य प्रवेशद्वार बाहिर रहेको गमला लगायतका सजावटका सामानहरू तोडफोड गरेका छन् । सो क्रममा उनीहरुले प्रदेश प्रमुख मुर्दाबाद, एकलौटी गर्न पाइँदैन लगायतका नारासमेत लगाएका छन् ।अहिले मधेस भवनभित्र व्यापक मात्रामा प्रहरी र ने

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 517 पटक पढिएको
  • मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन

    हेटौंडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन्, “यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।”मधेस प्रदेशमा राप्रपाका केही सांसदले प्रदेश सरकारमा सहभागी भएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको बताइन्छ । अध्यक्ष लिङ्देनको यस वक

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 615 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.