काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्गानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अग्र्यानिक एसोसियसन नेपाल’का पदाधिकारीहरुलाई उनले आज छलफलका लागि बोलाएका थिए । सो क्रममा पदाधिकारीहरुले अर्गानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेकामा प्रधानमन्त्रीले त्यसलाई तत्काल सम्बोधन गर्
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले राष्ट्रिय राजनीति अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै देशको भविष्य, लोकतन्त्र, संविधान र गणतन्त्रप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।बिहीबार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार तथा सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले नेपाल कतै विदेशीहरूको खेलमैदान त भइरहेको छैन भन्ने चिन्ता पैदा भएको बताए ।उनले भने, ‘राष्ट्रिय राजनीति अहिले हामीले सोचेजस्तो सकारात्मक दिशामा अगाडि बढिरहेको छैन । संकटको अवस्थामा छ । के हुने हो भोलि भन्ने त्रास फैलिएको हो । देशकै भविष्यप्रति चिन्ता जागेको छ । हाम्रो देशको
काठमाडौं / आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले पीडितको सहभागिताबिनाको कुनै पनि न्यायिक निर्णय स्वीकार्य नहुने बताएका छन् । प्रदर्शनका क्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शान्ति प्रक्रियाका तीनमध्ये संविधान निर्माण र सेना समायोजनका काम सम्पन्न भए पनि गम्भीर मानवअधिकार उल्लङ्घनका घटनालाई सम्बोधन गर्ने संक्रमणकालीन न्यायको कार्य अझै अधुरै रहेको बताए । विस्तृत शान्ति सम्झौतामा गरिएको प्रतिबद्धता विगतका सरकारहरूले पूरा गर्न नसकेको उल्ले
काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालको रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि भौगोलिक संकेत जीआई सम्बन्धी कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्री यादव र नेपालका लागि खाद्य तथा कृषि संगठन एफएओका प्रतिनिधि केन सिमिजुबीच बिहीबार भएको शिष्टाचार भेटवार्तामा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुको ब्रान्डिङ, संरक्षण तथा अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्ने विषयमा छलफल भएको हो ।भेटका क्रममा एफएओका प्रतिनिधि सिमिजुले विश्वका अधिकांश मुलुक तथा एसियाका झण्डै सबै राष्ट्रले जीआई प्रणाली कार्यान्वयन गरिसके
सर्लाही / सर्लाहीको गोडैता नगरपालिका – १२, मधुवनी निवासी जनारसी देवी पासवानले ६४ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् ।गोडैता नगरपालिका – १२, मधुवनीका वडाध्यक्ष केशव कुमारको बिगत ६ महिनादेखिको निरन्तर प्रयासपछि जनारसीले मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता पाएकी हुन् । जनारसी देवीले नागरिकता नहुँदा दैनिक जीवनका विभिन्न प्रशासनिक कामकाजमा कठिनाइ भोग्दै आएकी थिइन् । कानुनी पहिचानको अभावमा राज्यबाट उपलब्ध हुने विभिन्न सेवा तथा सुविधामा पहुँच स्थापित गर्नसमेत समस्या हुँदै आएको थियो ।जनारसीका श्रीमानको यसघि नै निधन भईसकेको छ भने उनका दुई छोरा र एक छोरि रहेका छन् । वडाध
काठमाडौं / कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका—५ बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका—७ घर भएका ३७ वर्षीय हरि बहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका—३ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका—२ घर भएका ४७ वर्षीय अमृत मगर रहेका छन् । पक्राउ मध्ये हरि बहादुरले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ र अमृतले न्यूजिल्याण्ड पठाइ
महोत्तरी । महोत्तरीको बर्दिबास–१२ बिजलपुरामा सर्पको टोकाइबाट एक ८ वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुनेमा विवेक कापर रहेका छन्। आमाको काख र परिवारको आशा बनेका विवेकको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको हो।जानकारीअनुसार बुधबार साँझ घर नजिकैको आँपको रूखमा फल टिप्ने क्रममा उनलाई विषालु सर्पले टोकेको थियो। परिवारले तत्काल बर्दिबासस्थित जनसेवा अस्पताल पुर्याए पनि चिकित्सकको प्रयास सफल हुन सकेन।घटनालाई झन् पीडादायी बनाएको पक्ष भने परिवारको आर्थिक अवस्था हो। अत्यन्त विपन्न परिवारले करिब ७० हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट आफ्नै छोराको शवसमेत बुझ्न सकेका छैनन्।घटनाबारे जानकारी पा
काठमाडौं / कृषि वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिक अवधिमा विकास निर्माणका विभिन्न ४४ ओटा प्रक्रियाहरू सम्पन्न गरेको छ । मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका अनुसार २०८३ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा १६ ओटा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ईआईए र ११ ओटा आयोजनाको क्षेत्र निर्धारण एसडी/टिओआर प्रतिवेदन स्वीकृत भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार, यस अवधिमा जलविद्युत् आयोजनाहरूको बाहुल्यता देखिएको छ ।१६ ओटा स्वीकृत ईआईए प्रतिवेदनहरूमध्ये ३४१ मेगावाटको बूढीगण्डकी, ९१.१५ मेगावाटको बूढीगण्डकी नदी, ३५.१५ मेगावाटको म
काठमाडौं / कृषि वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिक अवधिमा विकास निर्माणका विभिन्न ४४ ओटा प्रक्रियाहरू सम्पन्न गरेको छ । मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका अनुसार २०८३ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा १६ ओटा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ईआईए र ११ ओटा आयोजनाको क्षेत्र निर्धारण एसडी/टिओआर प्रतिवेदन स्वीकृत भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार, यस अवधिमा जलविद्युत् आयोजनाहरूको बाहुल्यता देखिएको छ ।१६ ओटा स्वीकृत ईआईए प्रतिवेदनहरूमध्ये ३४१ मेगावाटको बूढीगण्डकी, ९१.१५ मेगावाटको बूढीगण्डकी नदी, ३५.१५ मेगावाटको म
काठमाडौं । झापाको अर्जुनधारामा लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारले अन्ततः आफ्नै नाममा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन्। लालपुर्जा वितरणसँगै ती परिवार कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व स्थापित गर्न सफल भएका छन्।जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार विशेष कार्यक्रममार्फत १८ परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरेको हो। वर्षौँदेखि स्वामित्वविहीन अवस्थामा बस्दै आएका स्थानीयका लागि यो निर्णय महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। भूमि व्यवस्था मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.