समाज

    Showing 6,101-6,110 of 11,162 items.
  • ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्यमा थप ९०० रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा ५ हजार २०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँमा पुगेको थियो । बुधबार थप ९०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको हो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 457 पटक पढिएको
  • निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन रहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भाग लिन निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गराउने समय आजबाट समाप्त हुन लागेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका छन् । पहिले दर्ता भईसकेको राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ । त्यस अनुसार दल दर्ता र नविकरणका लागि आज अन्तिम दिन रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 304 पटक पढिएको
  • बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु

    रौतहट— बारामा धान झार्ने मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।महागढीमाई नगरपालिका स्थित इनर्वा चोक नजिक भुतही पुलमा सोमबार राति कम्बाइन मेसिनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट मोटरसाईकल चालक रौतहट मौलापुर नगरपालिका–३ गम्हरिया वस्ने अन्दाजी २२ वर्षीय रुपेश साह सोनारको ज्यान गएको हो ।प्रहरीका अनुसार ठक्करबाट सोनारको घटनास्थलमै मृत्यु भएको हो भने उनीसंगै मोटरसाईकलमा पछाडी सवार  बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ का करिब २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 401 पटक पढिएको
  • सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

    सर्लाही— सर्लाहीको लालबन्दी नगरपालिका –७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह प्रयास गरेका एक पुरुषको मृत्यु भएको छ।घटनामा गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका – २ निवासी धनपती पोखरेलका छोरा ५५ वर्षीय सूर्य प्रसाद पोखरेल रहेका छन्।प्रहरीका अनुसार गएसाँझ करिब ७ः४० बजे सो स्थानमा उनले आफैं शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए। स्थानीयले आगो लागेको देखेपछि करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए।इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारीको कमाण्ड

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 385 पटक पढिएको
  • सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता शेयर जारी गरेको थियो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ सम्म रहनेछ ।कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत पाएका २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता साधारण शेयरमध्ये प्रभावित क्षेत्रका लागि १ करोड कित्ता र विदेशमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर छुट्याएको छ ।वैदेशिक रोजगारीमा रहेका न

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 532 पटक पढिएको
  • रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको बिभत्स हत्या, घरभित्र गाडिएको अवस्थामा शव फेला

    सर्लाही— रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया महिलाको आफ्नै घरभित्र खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ ।भुसाहा निवासी तरीमा खातुनलाई सोमबार राति परिवारका सदस्यहरूले मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा रहेका छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य सदस्य फरार रहेको प्रह

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 381 पटक पढिएको
  • एमाले अध्यक्षमा ईश्वर पोखरेलको तयारी, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

    काठमाडौं— नेकपा (एमाले)भित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो ।मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,’ विज्ञप्तिमा उल्

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 412 पटक पढिएको
  • जसपा नेपालको सङ्घर्षका कार्यक्रम सुरु, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गर्ने भएको छ ।पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।त्यसैगरी जसपा नेपालले मङ्सिर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।जसपा नेपालले मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आए

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 397 पटक पढिएको
  • एनपीएलः आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् । विराटनगरको कप्तान सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनका कप्तान कुशल मल्ल हुन्। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ।विराटनगरले हालसम्म हारको सामना गरेको छैन। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ। चितवन तालिक

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 465 पटक पढिएको
  • बागमती प्रदेश सरकारका १०० दिनः स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्।मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ। भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ। क्यान्सर पीडितलाई ५० हजार रुपैयाँसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा १३

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 397 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.