समाज

    Showing 6,071-6,080 of 6,863 items.
  • उध्योग बाणिज्य संघ हल्दिवारी गठन

    हल्दिवारी / युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा हल्दिवारी गाउँपालिका भित्र उधोग ,व्यवसाय गरि बस्ने व्यवसायीहरुको हक हितमा काम गर्ने छाता संगठ उध्योग बाणिज्य संघ गठन भएको छ। आज बसेको उध्योगी तथा व्यवसायीहरुको भेलाले सदस्य तदर्थ समिति गठन गरेको हो ।  समितिमा देहायका उध्योगी व्यवसायीहरु चयन भएका छन् । अध्यक्ष-सुमन मैनाली , सदस्यहरु - कृष्ण प्रसाद प्रसाईं ,महेसलाल मेचे ,सत्येन्द्र कुमार कर्ण ,कुमार कार्की ,निरज दाहाल ,सुनिल बारकोटी ,खड्ग लावती र नेत्र बिक्रम बिमली  रहेको तदर्थ समिति गठन भएको हो । हल्दिवारी गाउँपालिका भित्र २० भन्दा बढी ठुला उध्योग संचालित छ्न भने  करिव ७ सय

    • प्रकाशित मितिः साउन २, २०७८
    • 662 पटक पढिएको
  • मानिस हराउने क्रम बढ्दो, नवलपुरबाट एक वर्षमा ३०० बढी हराए

    नवलपरासी / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भन्दा गत आव २०७७/७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए भने यो सङ्ख्या अघिल्लो आवमा २२९ थियो । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अघिल्लो आवमा भन्दा गत आवमा ७५ जना बढी मानिस हराएका छन् । मानिस हराएको भनेर प्रहरीमा निवेदन दर्ता हुने गरेको भए पनि हराएका सबै मानिस भेट्टाउन नसकिएको गिरीले बताएका छन् ।आव २०७७/७८ मा हराएकामध्ये २२१ जना सम्पर्कमा आएका भए पनि ८३ मानिस अझै पनि सम्पर्

    • प्रकाशित मितिः साउन २, २०७८
    • 133 पटक पढिएको
  • पहिरोको कारण १५ दिनदेखि खानेपानीको हाहाकार

    म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । गाउँमा रहेका २८ वटा धारामा पानी नआए पछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताएका छन् । दुई सय १४ घरधुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स

    • प्रकाशित मितिः साउन २, २०७८
    • 86 पटक पढिएको
  • साहित्य चौतारी बिर्तामोडको २२ औं वार्षिकोत्सव सम्पन्न

    बिर्तामोड / साहित्य चौतारी बिर्तामोड झापाको २२ औं वार्षिकोत्सव तथा २०८ औँ भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा छन्दवादी कवि डिल्लीराम नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए। सरगम संगीतालय बिर्तामोडका कलाकारले साहित्य चौतारीको स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा  संस्थाका संस्थापक तथा संरक्षक देविभक्त श्रेष्ठले रामायण पाठ गरेका थिए। कार्यक्रममा संस्थाका अध्यक्ष हस्त परियारले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने निवर्तमान अध्यक्ष टंक विकल्पले आगामी

    • प्रकाशित मितिः साउन १, २०७८
    • 87 पटक पढिएको
  • विजयसाल संरक्षणमा टेवा पुर्याउदै कञ्चनपुरका सामुदायिक वन

    कञ्चनपुर / बहुऔषधीय गुण भएका विजयसाल जोगाउनका लागि कञ्चनपुरका सामुदायिक वनका उपभोक्ता संरक्षणमा जुटेका छन् ।लोपोन्मुख अवस्थामा पुगेका विजयसाल जोगाउनका लागि यहाँका सामुदायिक वनका उभोक्ताले विगत एक दशकदेखि अभियान नै सञ्चालन गरेका हुन् । उपभोक्ताले वन क्षेत्रमा प्राकृतिकरुपमा रहेका रुखको संरक्षण गर्ने कार्यसँगै नयाँ बिरुवा उत्पादन गरी रोप्ने कार्य गर्दै आएका छन् । सामुदायिक वनले वन क्षेत्रमा नमूना प्लट निर्माण गरी विजयसाल संरक्षण गर्दै आएको जिल्ला सामुदायिक वन समन्वय समितिका सचिव नरेशराज भट्टले बताएका छन्  । उनका अनुसार कृष्णपुर नगरपालिकास्थित जयलक्ष्मी सामुदयिक वनले १५ हेक्टर, जनहि

    • प्रकाशित मितिः साउन १, २०७८
    • 131 पटक पढिएको
  • सोलुखुम्बुमा मानवाधिकार उल्लङ्घनका घटनामा वृद्धि

    सोलुखुम्बु / सोलुखुम्बुमा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरणअनुसार जिल्लामा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका हुन् । सन् २०२० मा ३० घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२१ को छ महिनाको अवधिमा २८ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । बिहीबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा सबैभन्दा बढी बलात्कार र बलात्कार प्रयासका घटना बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । गत वर्ष नौ घटना भएकामा यो वर्ष छ महिनाको अवधि

    • प्रकाशित मितिः साउन १, २०७८
    • 90 पटक पढिएको
  • बसपार्क विहीन बनेको गलकोट

    बागलुङ / शहरउन्मुख गलकोट नगरपालिका बसपार्क विहीन भएको छ । बढ्दो आवादी र पूर्वाधार विकाससँगै सवारीको चाप बजार क्षेत्रमा छ। ट्राफिक व्यवस्थापन चुस्त नहुँदा बटुवासमेतलाई सास्ती छ ।गलकोट नगरपालिकासँग भने बसपार्क बनाउन जग्गा नभएको बनिबनाउ जवाफ मात्र छ । बजार क्षेत्रमा सार्वजनिक जग्गै नभएको र निजी जग्गा किन्नै नसकिने नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन्  । यसअघि वडा नं १ र ९ को वडा कार्यालय भवनका लागि जग्गा व्यवस्थापन गर्दा लामो झण्झट व्यहोर्नुपरेको उनले बताएका छन् । जग्गा अभावकै कारण कतिपय पूर्वाधारका काम रोकिएका छन्। “बसपार्कका लागि जग्गाको खोजी भइरहे पनि पाइएको छैन”, उनले बताएका छ

    • प्रकाशित मितिः साउन १, २०७८
    • 114 पटक पढिएको
  • बालविवाहका घटनामा कमी आएन

    काठमाडौँ / कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको सङ्ख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नआएको सङ्केत गरिरहेको पाइन्छ ।मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न जिल्लामध्ये सबैभन्दा बढी बालविवाह हुनेमा मकवानपुर जिल्ला पाँचौँ स्थानमा रहेको छ । सबैभन्दा बढी धादिङमा ६२।९ प्रतिशत, नुवाकोटमा ६२।५ प्रतिशत, सिन्धुलीमा ६२।५ प्रतिश

    • प्रकाशित मितिः साउन १, २०७८
    • 88 पटक पढिएको
  • प्रदेश एकमा एकै दिन २ महिलाको शंकास्पद मृत्यु

    बिर्तामोड / प्रदेश १ मा आज दुई जना महिलाको शंकास्पद मृत्यु भएको छ । गत सोमबार एकै दिन तीन महिलाको मृत्यु भएको घटना सेलाउन नपाउँदै आज (बिहिवार) थप दुई जनाको मृत्यु भएको हो ।  आज मृत्यु हुनेमा विराटनगर महानगरपालिका –११ बसपार्कमा चिया पसल संचालन गर्दै आएकी एक महिला र गौरादहको गेउरियाकी ३९ वर्षीया संगीता टुडु रहेका छन् । उनीहरु दुवैको मृत्यु शंकास्पद भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । विराटनगर बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी महिला आज (विहीबार) मृत अवस्थामा फेला परेकी हुन् । उनको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको मोरङ प्रहरीले जनाएको छ ।घटनाबारे थप अ

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 1,066 पटक पढिएको
  • पानी सर्किएर एक युवकको मृत्यु

    बिर्तामोड / बिहिबार बिहान पानी सर्किएर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापाको भद्रपुर–६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।  श्रेष्ठले बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउँने क्रममा एक्कासी पानी सर्किदा उनि बेहोस भएका थिए ।उनलाई उपचारका लागि भद्रपुर स्थित मेची अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा बिहान पौने ९ बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 136 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा