समाज

    Showing 5,681-5,690 of 11,162 items.
  • सर्लाहीमा बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास, प्रहरीद्वारा उद्धार

    सर्लाही— गरिमा विकास बैंक मलंगवाका ऋणी नथुनी मुखिया बिनले बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रांगणमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेपछि प्रहरीको तत्काल हस्तक्षेपमा उनी उद्धार भएका छन्। चन्द्रनगर–६, कामदका मुखियाले बैंकले ठगी गर्दै आफ्नो सम्पूर्ण जग्गा–जमिन लिलामीमा पारेपछि बाध्य भएर यस्तो कदम खोलेको दाबी गरेका छन्।मुखियाले बैंकले जबर्जस्ती आफ्नो सम्पत्ति लिलामी गरेको र न्यायका लागि पटक–पटक सम्बन्धित निकायमा धाए पनि सुनुवाइ नभएको आरोप लगाए। उनले बैंकसँग मिलेमतो गरी प्रहरी र प्रशासनले पनि आफूलाई सहयोग नगरेको दाबी गरेका छन्। आत्मदाह प्रयासपछि प्रहरी कार्यालय परिसर केही समय तनाबपूर्ण बनेको

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 588 पटक पढिएको
  • मनमोहन मेडिकल कलेजमा बिएससी नर्सिङ कक्षा सञ्चालन हुने

    विराटनगर—  कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङ्गको कक्षा सञ्चालन हुने भएको छ ।नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ्ग विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धताअनुसार यथाशीघ्र धनकुटा जिल्ला अस्पतालमा मनमोहनले अगामी शैक्षिकसत्रदेखि उक्त कक्षा सञ्चालन गराउने तयारी गरेको हो ।विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले प्रदेश सरकारले गत जेठमा निर्णय गरेर धनकुटा शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसककाले सम्झौता गरेर टुङ्गो लागेपछि बिए

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 560 पटक पढिएको
  • एक हजार ३ सय ९१ किलो गाँजा बरामद

    मोरङ— मोरङको रंगेली नगरपालिका–८ स्थित खेतबाट अवैध लागूऔषध गाँजा ९ सय २१ किलो ६ सय ६० ग्राम बुधबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले खेतमा परालले छोपी लुकाई छिपाई राखिएको २९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।मकवानपुरको भीमफेदी गाउँपालिका–३ पान्द्राङबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.१७ च ४२ नम्बरको बोलेरो पिकअप गाडीको पछाडि ढालामा १७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार गाडी चा

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 543 पटक पढिएको
  • नक्कली नोटसहित एक जना पक्राउ

    सर्लाही— विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित कौडेना गाउँपालिका-५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 504 पटक पढिएको
  • सहकारी ठगीको आरोप लागेका रवि र छविलालको मुद्धा आज पनि हेर्न नमिल्नेमा

    काठमाडौं— सहकारी ठगी मुद्धामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पेशी आज पनि स्थगित भएको छ ।न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा आज हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारणले स्थगित गरिएको बताइएको छ ।बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गते पछि निरन्तर सरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 500 पटक पढिएको
  • हायात होटेलले पुनर्निर्माण अवधिभर कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिने

    काठमाडौं— बौद्धस्थित हायात रिजेन्सी होटेल र कर्मचारी प्रतिनिधि बीच होटेल पुनर्निर्माण अवधि पूरा नहुँदासम्म श्रमिकलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ।२४ भदौमा जेन जेड आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएपछि होटेल सञ्चालन बन्द छ। ठूलो भौतिक क्षति भएकाले पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने अनुमान गरिएको छ। सोही कारण होटेल व्यवस्थापन र कर्मचारी पक्षबीच वार्ता गरेर नयाँ व्यवस्था तय गरिएको हो।होटेल व्यवस्थापनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा भएको क्षतिले होटेल पूर्ण रूपमा मर्मत–सम्भार नगरी सञ्चालनयोग्य छैन।”सहमतिअनुसार एक वर्षसम्म स

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 483 पटक पढिएको
  • नयाँ बसपार्कमा यात्रु दुःखदिने ४६ जना पक्राउ

    काठमाडौं— नयाँ बसपार्क क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले विशेष निगरानी बढाएसँगै यात्रुलाई झोला तानेर दुःख हैरानी पुर्‍याउने ४६ जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले गोँगबुस्थित बसपार्क क्षेत्रमा पटक–पटक यात्रुहरूलाई लक्षित गरी झोला तान्ने, जोरजबरजस्ती गर्ने तथा शंकास्पद गतिविधि गर्दै हिँड्ने व्यक्तिहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।पक्राउ परेकामध्ये ट्याक्सी चालक, होटल सञ्चालक तथा होटलका कर्मचारी समेतलाई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । राजधानी भित्रिएका

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 455 पटक पढिएको
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांश दिने

    काठमाडौं— आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।मंसिर २५ गते मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीको प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 549 पटक पढिएको
  • सहरी विकासको करिब ६२ अर्ब बजेट रोक्का

    काठमाडौं— सहरी विकास मन्त्रालयका लागि चालू आर्थिक वर्षमा ९१ अर्ब ३४ करोड १७ लाख रुपियाँ विनियोजन गरिएको मध्ये २१४० कार्यक्रमका लागि विनियोजन गरिएको ६१ अर्ब ७६ करोड ३१ रुपियाँ रोक्का भएको छ । चालू आवको चार महिनाको मन्त्रालयको खर्च ४ प्रतिशत रहेको छ ।मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रभित्र ४२ ओटा ठेक्का रुग्ण छन् । त्यसमध्ये ठेक्का किन नतोड्ने भन्दै ३७ ठेक्काको सूचना निकालिएकामा ३ ओटाको मात्र ठेक्का तोडिएको छ । सूचना निकालिएपछि ३६ ओटा सम्पर्कमा आई काम सुरु गर्ने अवस्था रहेको र एउटा सम्पर्कमा नै नआएको विभागले जनाएको छ । स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत १६ ठेक्

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 517 पटक पढिएको
  • चौधरीको गोली प्रहार गरी हत्या गरेको आरोपमा महावीर परे पक्राउ

    दाङ— बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरेको आरोपमा महावीर चौधरीलाई पक्राउ गरिएको छ। महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाई हुन्।महावीरलाई कैलालीको पैलारी गाउँपालिका–५ बाट आज बिहान करिब ३ बजे नियन्त्रणमा लिइएको बर्दिया प्रहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल समेत बरामद गरेको उनको भनाइ छ।मंसिर १९ गते बिहानै बर्दियाको राजापुर–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा काम गर्दै आएका निरज चौधरीलाई महावीरले गोली हानेर हत्या गरेको आरोप छ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 528 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.