समाज

    Showing 5,571-5,580 of 6,831 items.
  • नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पक्राउ

    काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा प्रहरीले बेचन झालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कले

    • प्रकाशित मितिः असार १५, २०८१
    • 389 पटक पढिएको
  • एसईई फेल भएपछि दुई विद्यार्थीले आत्महत्या गरे

    काठमाडौं— एसईई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् ।उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको लेखेकी छिन्। त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले आफ्नै कोठामा पासो लगाएर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार

    • प्रकाशित मितिः असार १५, २०८१
    • 442 पटक पढिएको
  • अपडेट: लमजुङ पहिरोमा एकको शव भेटियो, तीन जना अझै बेपत्ता

    लमजुङ— लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते  भएका थिए । बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर

    • प्रकाशित मितिः असार १२, २०८१
    • 468 पटक पढिएको
  • कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु

    कास्की— अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा परेर एकजना घाइते भएका छन् ।  कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटा

    • प्रकाशित मितिः असार १२, २०८१
    • 579 पटक पढिएको
  • लमजुङमा पहिरो: तीन घर बगायो, चार जना बेपत्ता

    लमजुङ— लमजुङको क्ब्होंलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका हुन् ।वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङ बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी छ । रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य

    • प्रकाशित मितिः असार १२, २०८१
    • 470 पटक पढिएको
  • इलाममा अवैध रुपमा भित्रँदै गरेको १४ लाख बराबरको सामान बरामद

    इलाम— इलामको जौबारी तुम्लिङफाटक सीमाबाट अवैधरुपमा नेपाल भित्रिएका सामान बरामद भएको छ। सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले चेकजाँचका क्रममा १४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो । बरामद गरिएका सामग्रीहरूमा २७ हजार मूल्य बराबरको गमबुट, १२ हजार रुपैयाँ मूल्य बराबरको चामल, चार हजार मूल्यको पार्लेजी बिस्कुट, आठ हजार रुपैयाँ बराबरको बिँडी, युरिया मल, भाडा धुने सावुन तथा तीन लाख ३१ हजार रुपैयाँ बराबरको विभिन्न ब्राण्डका रक्सी तथा १० लाख रुपैयाँ बराबरको दुई गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक हेमबहादुर श्रेष्ठको नेतृत्वमा सीमा क्षेत्रको सुरक्षार्थ

    • प्रकाशित मितिः असार ११, २०८१
    • 1,354 पटक पढिएको
  • विद्यालय जाँदै गरेका बालकलाई खोलाले बगायो

    मोरङ— गोविने खोलाले विद्यालय जाँदै गरेका एक बालकलाई बगाएको छ । केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको खोलाले बगाएर मृत्यु भएको हो । वडाध्यक्ष शिवप्रसाद तामाङकाअनुसार श्यामलाई बिहान ९ बजेतिर खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा खोलाले बगाएर १ सय मिटरजति तल पु¥याएको अवस्थामा ९ः५० बजेतिर शव फेला परेको थियो । वडाध्यक्ष तामाङका अनुसार बालकको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएको छ । मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।विद्यालयका प्रधानाध्यापक सुजन थेवेका अन

    • प्रकाशित मितिः असार ११, २०८१
    • 544 पटक पढिएको
  • बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

    काठमाडौँ-  'लिटल बुद्ध' उपनामले परिचित रामबहादुर बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन्। सर्लाही जिल्ला अदालतले उनलाई सोमबार दोषी ठहर्ने फैसला गरेको हो। उनी तपस्वी र दोस्रो बुद्ध समेत मानिन्थे। न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गते पेसी तोकेको छ।यसै मुद्दामा मकवानपुरको थाहा नगरपालिका वडा नं ७ घर भएका तोप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भएका जेबी गुरु भन्ने जितबहादुर तामाङले भने सफाइ पाएका छन्।यी दुई जनामाथि बमजनलाई लुकाउन र भगाउन भूमिका खेलेको अभियोग थियो। बम्जनमाथि धेर

    • प्रकाशित मितिः असार १०, २०८१
    • 640 पटक पढिएको
  • मेलम्चीको बाढीले अस्थायी पुल बगायो

    सिन्धुपाल्चोक– बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। आइतबार राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा रहेको अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।२०७८ सालको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुका केही वडालाई अस्थायी पुलले जोडेको थियो ।पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज हुने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जन

    • प्रकाशित मितिः असार १०, २०८१
    • 459 पटक पढिएको
  • जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार सिकिस्त

    मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् ।आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु(याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् ।बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०८१
    • 313 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा