समाज

    Showing 511-520 of 11,160 items.
  • अधिकांक सुदूरपश्चिम प्रदेश सभाका सदस्य काठमाडौंमा

    धनगढी / सुदूरपश्चिम प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै सरकार गठनको बाटो खुला भएपनि मन्त्रालयको भागबन्डा मिलाउन सकस हुँदा ढिलाई भएको छ ।केन्द्रमा नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेबीच प्रदेशमा सहकार्य गरेर सरकार सञ्चालन गर्ने सहमित अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने तय भएको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री लगभ तय भएको छ । तर, सत्ता साझेदार दलभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा भागबन्डा मिलाउन सकस भइरहेको नेकपाका एक प्रदेश सभा सदस्यको भनाई छ ।कुल ७ वटा मन्त्रालय रहेको सुदूरपश्चिममा मात्र नयाँ राजनी

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 144 पटक पढिएको
  • मासु उद्योगमा नियमन कडाइ, गुणस्तर मापदण्डले बजारको संरचना बदल्ने

    काठमाडौं— सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ देशभर चरणबद्ध रूपमा लागू गर्ने तयारी थालेसँगै नेपालको मासु उद्योग थप व्यवस्थित, औपचारिक र नियमनयुक्त हुने संकेत देखिएको छ ।कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले ऐन कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएकी छन् भने पशु सेवा विभागले कार्ययोजना तयार गरी मन्त्रालयमा बुझाइसकेको छ ।सरकारको यो कदमलाई उपभोक्ता स्वास्थ्य सुरक्षासँगै मासु उद्योगको संरचनागत सुधारका रूपमा हेरिएको छ । हाल देशका अधिकांश क्षेत्रमा पशु वध, मासु ढुवानी र बिक्री वितरण परम्परागत ढंगबाट हुँदै आएको छ । ऐन लागू भएपछि वधशाला सञ्चालन, पशुको स्वास्थ्य परीक्षण, मासुको भण्डार

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 453 पटक पढिएको
  • नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

    काठमाडौं— नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही नभएको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिने जनाएको हो ।संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध मुद्दा दायर गरी कारबाही नगरिएको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अन्याय भएको तथा वार्तामा सहभागी चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुव्र्यवहार भएको उल्लेख गरेको छ । स

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 399 पटक पढिएको
  • कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

    काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले भोली मात्रै श्रेष्ठको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताए । उनले भने, ‘पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको भएको छ । आज उनको शव हेलिअस हस्पिटलमा छ । भोली मात्र पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिनेछ ।’शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पनि उनले बताए ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 178 पटक पढिएको
  • वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

    रौतहट / पर्साको वीरगन्ज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाउनुपरेको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदीबहिनीको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन् । सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान सोही खाल्डोमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।स्थानीयका अनुसार, सोमबार दिउँसो दुवै बालिका आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 81 पटक पढिएको
  • ७१ वर्षीया हजुरआमाले नदीमा हाम फालेर बचाइन् युवकको ज्यान

    काठमाडौं / चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाएकी छन् । उनको बहादुरीको चौतर्फी प्रशंसा भइरहे पनि उनले भने कुनै प्रचार वा सम्मानको अपेक्षा नगरी चुपचाप घटनास्थल छाडेकी छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार घटना यसै महिनाको सुरुवाततिर भएको हो । अवकाशप्राप्त लिउ डेफाङ नदी किनारमा हिँडिरहेका बेला एक युवक नदीमा संघर्ष गरिरहेको देखिन्। । नदीमा मौसमी बाढीका कारण पानीको गहिराइ करिब तीनदेखि चार मिटर थियो ।युवक डुबिरहेको देखेपछि लिउले एकछिन पनि ढिला नगरी लाइफबोय समातेर नदीमा हाम फालिन् । उनले करिब आधा घण्टासम्म संघर्ष गर्दै युवकल

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 207 पटक पढिएको
  • निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै सुब्बाले औँल्याए डिजिटल चुनौती

    काठमाडौं / संसदीय सुनुवाइ समिति संयुक्तले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ ।सुनुवाइका क्रममा डा. सुब्बाले निर्वाचन आयोगले आगामी दिनमा सामना गर्नुपर्ने प्रमुख चुनौती र सुधारका प्राथमिकताबारे आफ्नो धारणा प्रस्तुत गरे । उनले आफूले निर्वाचन व्यवस्थापनसँग सम्बन्धित छ वटा मुख्य विषयलाई प्राथमिकतामा राखेको बताए ।उनका अनुसार ती विषयमा सबैका लागि मतदान पहुँच र समावेशिता सुनिश्चित गर्ने, निर्वाचनको विश्वसनीयता, पारदर्शिता तथा सूचना अखण्डता सुदृढ गर्ने, निर्वाचन व्यवस्थापनलाई दक्ष, मितव्ययी र वित्तीय रूपमा पारदर्शी बनाउने, समया

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 190 पटक पढिएको
  • चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द

    काठमाडौं— वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले मंगलवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।संघका अनुसार गत शनिबार नारायणी अस्पतालमा डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा डा. राम गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बताइएको छ।यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रहरी प्रमुखको निर्देशनमा प्रहरीले संघका केन्द्रीय कार्यसमिति सदस्य, नारायणी शाखाका अध्यक्ष तथा अन्य चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप पनि संघले लगाएको छ।घटनाम

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 566 पटक पढिएको
  • त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुई पक्राउ

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटका २५ वर्षीय अतुल कुमार मिश्र र पर्साको वीरगञ्ज बस्दै आएका बाराका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्। सीआईबीका अनुसार मिश्रलाई काठमाडौंको ताहाचलबाट र हाकिमलाई वीरगञ्जबाट पक्राउ गरिएको हो।गत शुक्रबार सञ्चालन भएको व्यवस्थापन संकायतर्फको ‘संगठनात्मक व्यवहार’ विषयको प्रश्नपत्र परीक्षा अघि नै विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।यसअघि यही प्रकरणमा साउन

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 475 पटक पढिएको
  • माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन

    काठमाडौं— लघुवित्त पीडितहरूले आफूलाई न्याय दिलाउनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा सामूहिक आमरण अनसन सुरु गरेका छन्। यसलाई सामाजिक न्यायको आन्दोलनको रूपमा व्याख्या गर्दै उनीहरूले सबै पीडित बचतकर्तालाई समान रूपमा बचत रकम फिर्ता गराउन सरकारसँग माग गरेका छन्।आन्दोलनकारीहरूको भनाइमा, बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता हुने सुनिश्चितता हुनुपर्ने, दोषीमाथि आवश्यक कानुनी कारबाही गरिनुपर्ने तथा पीडितहरूले न्याय पाउने वातावरण सिर्जना गरिनुपर्ने प्रमुख मागहरू रहेका छन्।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 494 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.