समाज

    Showing 5,131-5,140 of 11,162 items.
  • समानुपातिक बन्दसूची सच्याउन निर्वाचन आयोग र दलबीच छलफल जारी

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीमा देखिएका त्रुटि सच्याउन दलका प्रतिनिधिसँग छलफल गरिरहेको छ।आयोगका अनुसार बन्दसूचीमा समावेशी समूह (क्लष्टर) मिले/ नमिलेको विवरण जाँच गरी कमजोरी देखिएका दललाई सच्याउन आग्रह गरिएको छ। सूची जाँच र छलफलपछि आवश्यक सुधार गर्न यही पुस २० गते औपचारिक पत्राचार गरिनेछ।आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बुधबार १२ वटा राजनीतिक दलका प्रतिनिधिसँग छलफल भएको जानकारी दिँदै आज पनि थप १२ दलसँग छलफल गर्ने कार्यतालिका रहेको बताए।यसअघि पुस १३ र १४ गते गरी ६४ राजनीतिक दलल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 497 पटक पढिएको
  • नक्कली नोटसहित गोकर्णेश्वरबाट ६ जना पक्राउ

    काठमाडौं— काठमाडौँको गोकर्णेश्वर क्षेत्रबाट नेपाल प्रहरीले नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले बुधबार राति गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेल चोकबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये शंखरापुर नगरपालिका–४ साँखु बस्दै आएका सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पा रहेका छन्।उनीहरूको साथबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट बरामद गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 491 पटक पढिएको
  • प्रभावकारी बन्दै एकीकृत घुम्ती सेवा शिविर

    महोत्तरी— मटिहानी नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै गएको छ। नगरपालिकाले पछिल्ला तीन वर्षदेखि शिविर आयोजना गर्दै आएको हो।यस वर्ष पुस ८ देखि १६ गतेसम्म नौ दिन चलेको शिविरबाट सात हजार ९०९ जनाले सेवा लिएका छन्। अत्याधिक चिसो मौसमका बाबजुद पनि नागरिकहरूको उल्लेख्य सहभागिता रहेको नगरपालिकाले जनाएको छ।नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार नगरपालिकाबाट दिइने विभिन्न सेवाहरू एकै ठाउँमा उपलब्ध गराइएकाले आम नागरिकलाई सहज भएको छ। यसले जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सम्बन्ध राम्रो बनेको उनले बताए।शिविरमा सबैभन्दा बढी पशुपालक किसान लाभान्वित भएका छन्। दुई हजार ८४९ घरपालुव

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 538 पटक पढिएको
  • अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन धनुषामा पर्यटकको घुँइचो

    धनुषा— अङ्ग्रेजी वर्ष २०२६ को पहिलो दिन धनुषा जिल्लामा पर्यटकहरूको उल्लेख्य चहलपहल देखिएको छ। विशेषगरी भारतका दिल्ली, मुम्बई, राजस्थानलगायत विभिन्न क्षेत्रबाट हजारौँ भारतीय पर्यटकहरू जनकपुरधाम घुम्न आएका छन्।नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम तथा अन्य धार्मिक तथा ऐतिहासिक स्थलहरूमा पर्यटकको घुँइचो लागेको छ। धार्मिक आस्थासँगै सांस्कृतिक पर्यटनका लागि जनकपुरधाम भारतीय पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको स्थानीय व्यवसायीहरूको भनाइ छ।पर्यटकहरूको बढ्दो आगमनले होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यापार व्यवसायमा सकारात्मक प्रभाव परेको छ। सुरक्षा व्यवस्थालाई ध्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 552 पटक पढिएको
  • खोलानदी मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

    काठमाडौं— गैर–न्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। बिहीबार आयोजित प्रदर्शनमा सहभागीहरूले खोलानदी अतिक्रमण गर्न नपाइने  मापदण्डको नाममा सर्वसाधारणलाई विस्थापित गर्न  पाइदैन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।प्रदर्शनकारीहरूले “खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन” लगायतका नारासमेत लगाएका थिए। हाल लागू गरिएको खोलानदी मापदण्ड गैर–न्यायिक र जनविरोधी रहेको भन्दै नागरिकको आवास र जीविकोपार्जनमा गम्भीर असर पारेको उनीहरूको भनाइ छ।संघर्ष समितिले प्रभावित नागरिकहरूसँग पर्याप्त परामर्श नगरी मापदण्ड ल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 481 पटक पढिएको
  • नेपाल प्रहरीमा १० एसएसपी बढुवाको तयारी, १७ अधिकृतबीच कडा प्रतिस्पर्धा

    काठमाडौं— नेपाल प्रहरीमा एकैपटक १० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया अघि बढेको छ। अर्थ मन्त्रालयले ३ एसएसपीको दरबन्दी थप गर्न स्वीकृति दिएसँगै बढुवा प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। केही दिनभित्रै मन्त्रिपरिषद् बैठकबाट उक्त दरबन्दी स्वीकृत हुने तयारी छ। हाल नेपाल प्रहरीमा ७ एसएसपी पद रिक्त छन्। ती रिक्त पदसँगै थपिने ३ दरबन्दी जोडिँदा कुल संख्या १० पुगेको हो। यी पदका लागि हाल १७ जना वरिष्ठ अधिकृतबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। बढुवाको दौडमा को–को ? बढुवाको पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रो नम्बरमा भुवनेश्वर तिवारी रहेका छन्।शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 502 पटक पढिएको
  • गस्ती सकिएर फर्किएलगत्तै सशस्त्र डीएसपी कोइरालाको निधन

    काठमाडौं—  सशस्त्र प्रहरी बल (एपीएफ) का नायब उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको हृदयाघातका कारण बुधबार साँझ निधन भएको छ । इलामको पशुपतिनगर गुल्मका इन्चार्ज समेत रहेका कोइरालाको उपचारका क्रममा काठमाडौंस्थित एपीएफ अस्पतालमा मृत्यु भएको हो ।घटना विवरण अनुसार, बुधबार सीमावर्ती नाका मानेभञ्ज्याङ क्षेत्रको गस्ती सकेर गुल्ममा फर्किनासाथ डीएसपी कोइराला एक्कासी अचेत भएर ढलेका थिए । कार्यालय परिसरमै ढलेपछि उनलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो ।उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन । अस्पताल स्रोतका अनुसार साँझ ६ बजे चिकित

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 581 पटक पढिएको
  • अंग्रेजी नयाँ वर्षः काठमाडौंका भित्रि बजारमा व्यापार न्यून, चहलपहल उच्च

    काठमाडौं— काठमाडौंका प्रमुख बजार क्षेत्रहरूमा अंग्रेजी नयाँ वर्षको अवसरमा सामान्य चहलपहल देखिएको छ ।स्थानीय व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा आज केही भीडभाड बढेपनि अवस्था असाधारण भने छैन् । इन्द्रचोक, असन, न्यूरोड, ठमेललगायतका क्षेत्रमा व्यापारिक गतिविधि सामान्य छ ।नयाँ वर्षको अवसरमा मानिसहरू घुमफिर र मनोरञ्जनमा व्यस्त हुने गरेकाले किनमेलमा मानिसहरुको भीड खासै देखिँदैन् । इन्द्रचोकका व्यवसायी मनोज चौधरीका अनुसार अंग्रेजी नयाँ वर्ष नेपालीहरूको मौलिक पर्व नभएपनि नेपालीहरूले यसलाई रमाइलोका रूपमा मनाउने गरेका छन् ।उनका अनुसार दिन ढल्दै जाँदा अझै भीडभाड बढ्ने सम्भावना छ । ठाउँ–ठाउँमा मानिस

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 549 पटक पढिएको
  • तराईमा हुस्सु, उच्च पहाडमा हल्का वर्षा वा हिमपातको सम्भावना

    काठमाडौं— हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन्।आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा बिहीबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ।यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 505 पटक पढिएको
  • बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन

    काठमाडौं— थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ ।दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो ।संशोधित शुल्क मिति २०८२ पुस १७ गते आजदेखि लागू हुने सुचनामा उल्लेख छ । सूचनाअनुसार राहदानीसम्बन्धी सेवामा शुल्क घटाइएको छ ।३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क ३,२०० बाट २,६०० भाट पु¥याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क ५,२०० बाट ४,२०० भाट कायम गरिएको छ ।त्यसैगरी, हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले प्रयोग हु

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 535 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.