जनकपुर— धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिर परिसरमा करिब ४० वर्षीय एक पुरुषको शव रहस्यमय अवस्थामा फेला परेको छ।प्रहरीका अनुसार हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। घटनास्थलको प्रारम्भिक दृश्य हेर्दा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागमा गम्भीर चोट पुर्याइएको देखिएको छ।मन्दिर परिसरमा जताततै रगतका छिटा देखिएका छन्। स्थानीयवासीका अनुसार मृतक केही समयदेखि सोही मन्दिरमा बस्दै आएका थिए। मन्दिरमै बस्दै आएका व्यक्तिको यसरी शव भेटिएपछि घटनाले थप रहस्य जन्माएको छ।घटनाको सूचना पाएलगत्तै धनुषा प्रहरी घटनास्थलमा पुगेको छ। प्रहरीले घटनास्थल सुरक्षित राखेर घटनाको प्रकृति, मृतकको प
विराटनगर / सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार जयप्रकाशको पेटमा गोली लागेको थियो । घटनाको भोलिपल्ट सोमबार उनको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो
जनकपुर / धनुषामा कफ्र्यु आदेश जारी गरिएको छ ।आज केही बेर अगाडि बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यायल धनुषाले जानकारी दिएको छ । धनुषाको उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म त्यस्तै, पूर्वको बेलौनी रोड, दक्षिणतर्फ नगराईन नगरापलिकालेखि नगराईन चोकसम्म र पश्चिमतर्फ जनकपुरको बेला कादरी मस्जिद सम्म कफ्फर्् आदेश जारी गरिएको छ ।सो क्षेत्रमा जुलुस, प्रदर्शन, सभा, घेराउ गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सबैमा जानकारी गराएको छ
काठमाडौं / प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ शर्माले बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाबारे विस्तृत विश्लेषण र समीक्षा गरिएको जानकारी दिए । उनका अनुसार देशमा भइरहेका विभिन्न घटनाक्रमको सन्दर्भमा पनि समीक्षा गर्दै भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिने निर्णय गरिएको छ । रक्षा सचिव शर्माले प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सम्भावित सुरक्षा चुनौती र घट
काठमाडौं / लामो समयदेखि विवाद र अन्योलमा रहेको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यससँगै इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत वल्र्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपश्चात् भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ ।कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्स प्रमाणीकर
काठमाडौं / अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ मोडेल र उत्साहका साथ पुनरागमन गर्ने तयारी गरिरहेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यस्तो जनाकारी दिएका हुन् ।नाइमा अटो मोबीलीटि एक्स्पोका बारेमा कुराकानी गर्दै यस वर्षको एक्स्पोमा फोर्डको नयाँ मोडलको उपस्थिति नरहे पनि अर्को वर्षदेखि यो ब्रान्ड अझ बलियो रूपमा प्रस्तुत हुने बताएका हुन् । गोल्छाका अनुसार सन् २०२१ सेप्टेम्बर ९ मा फोर्ड इन्डियाको प्लान्ट बन्द भएपछि नेपालमा फोर्डको व्यवसायिक स्वरूपमा ठूलो परिवर्तन आएको छ ।विगतमा नेपालमा बिक्री हुने फोर्डका गाडीमध्ये ९५ प्रत
काठमाडौं / यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्सको छपाइ कार्य सम्पन्न गरी वितरण प्रक्रियालाई तीव्रता दिएको छ ।विभागले एक विज्ञप्ति जारी गर्दै छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर र स्रोतगत समस्याका कारण लामो समयदेखि थन्किएका लाइसेन्सहरू हालै छपाइ सकिएर सम्बन्धित यातायात कार्यालयहरूमा पठाइएको जानकारी दिएको हो । विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौता अनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्सहरू तयार पारिएको छ । प्राप्त विवरण अनुसार, साउन ७ गतेसम्ममा २७ लाख ४७ हजार २५३ थान कार्डहरू हुलाकमार्फत देशभरका सम्बन्ध
काठमाडौं / देशको आर्थिक समृद्धिका लागि लजिस्टिक क्षेत्र मेरुदण्डका रूपमा रहेको व्यवसायीहरुले बताएका छन् । नेपाललाई अविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा रूपान्तरण गर्न लजिस्टिक पूर्वाधार विस्तार, क्षमता अभिवृद्धि तथा समुद्रपार व्यापारलाई थप सहज बनाउनु आवश्यक रहेको व्यवसायीहरुको भनाइ थियो । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन नेफाका अध्यक्ष राजेन्द्र संग्रौलाले व्यापार सहजीकरण, लजिस्टिक पूर्वाधार विकास तथा कानुनी सुधारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह पनि गरे । नेफाको ३२औँ कार्गो दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष संग्रौलाले एसोसिएसनले व्यापारिक हकहित संरक्षण र व्यापार सहजी
जनकपुर / हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ ।जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन् । उनीहरुले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सुनसरी घटनाको विरोध गर्दै गृहमन्त्रीको राजीनामा पनि माग गरेका छन्। उनीहरुले हिन्दु राष्ट्र कायम गर हिन्दु मार्न पाइँदैन, मुस्लिम आयोग खारेज गर लगायतका नारा लगाउँदै जनकपुर बजार बन्द गराउँदै हिँडेका छन्। जनकपुरधामको सम्पूर्ण बजार अहिले ठप्प बनेको छ । प्रत्येक चोकमा ठूलो संख्यमा प्रहरी प्रशासन तथा सेना परिचालन गराइएको छ ।बजार बन्दले सर्वसाधारणको दैनिक जीवनयापन प्रभावित बनेको छ।
काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले देशमा हत्या, हिंसा तथा गोली चल्ने घटनाहरू बढ्दासमेत सरकार मौन रहेको आरोप लगाए । ‘देशमा आज जताततै हिंसा हुने अवस्था छ । तर सरकार बेखबर छ । सरकार कहाँ छ भनेर सोध्न चाहन्छु । सरकार अव तपाई बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘किनकी दिनदहाडै देशमा गोली चलेको छ । हत्या हिंसा भएको छ । देशमा संकट हुने अवस्था छ । तर सरकार बेखबर छ ।’ उनले सरकार जनताको वास्तविक अवस्था बुझ्न बाहिर निस्किनुपर्ने भन्दै देशको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.