समाज

    Showing 4,921-4,930 of 11,162 items.
  • गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ

    सिरहा— गोलबजार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदन केसीको सक्रिय नेतृत्व र कमाण्डमा लागू औषधविरुद्ध सशक्त कारवाही गरिएको छ।विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक केसीको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–६, लक्ष्मीटोलस्थित खैरो हिरोइन जस्तो देखिने पदार्थसहित ३ जनालाई नियन्त्रणमा लिएको हो।प्रहरीले उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १०० मिलिग्राम तथा नगद रु. ५८ हजार बरामद गरेको जनाएको छ।नियन्त्रणमा पर्ने व्यक्तिहरूमा गोलबजार नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन विश्वकर्मा, २८ वर्षीय बसन्त श्रेष्ठ र ३६ वर्षीय स

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 503 पटक पढिएको
  • पकरबास–गोगनपानी–गाल्पा सडकको निर्माणकार्य तीव्र

    रामेछाप— रामेछापको खाँडादेवी गाउँपालिकाको पकरबास–गोगनपानी–गाल्पा सडकको निर्माणकार्य तीव्र रूपमा अघि बढेको छ ।कूल १० किलोमिटर लामो सो सडकको सिकारी डाँडादेखि घ्याङसिङ डाँडासम्मको भाग कालोपत्रे गर्ने काम सकिएको छ ।अब घ्याङसिङडाँडादेखि गाल्पासम्मको सडक पिचको काम सुरु गर्ने अर्याल कन्स्ट्रक्सन सनका श्याम अर्यालले जानकारी दिए ।अर्यालले कामको हिसाबले ४० प्रतिशत पिचको काम भएको र अन्य स्ट्रकचरको काम भने ६० प्रतिशत भन्दा बढी सम्पन्न भएको बताए । ‘अब सबै काम सकेर मात्र यहाँबाट हिँड्छौँ’, उनले भने ।जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापका सबइञ्जिनियर महेन्द्र साहका अनुसार सिकारी डाँडादेखि गाउँपालिका कार्य

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 525 पटक पढिएको
  • पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन खुला

    काठमाडौं— पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ जारी गरेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ । यसमध्ये ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता शेयर पश्चिम नवलपरासी र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।यस्तै, कुल जारी शेयरको १५ प्रतिशतको १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदे

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 517 पटक पढिएको
  • विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइनः गगन थापा

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताएका छन् ।पार्टी विधानअनुसारको अधिकार प्रयोग गरेर महाधिवेशन माग्नु कांग्रेस कमजोर बनाउने होइन, बरु पार्टीलाई नागरिकसँग पुनः जोड्ने प्रयास भएको उनको भनाइ छ ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी नहुन नेताहरूलाई दबाब, फोन र चेतावनी दिइएको आरोप लगाए ।‘पार्टी फुट्छ भनेर साथीहरूलाई नआउनुस् भन्ने दबाब छ, निर्वाचन आउँदै छ भनेर डर देखाइँदै छ,’ उनले भने, ‘यो जिम्मेवार व्यवहार होइन ।’महामन्त्री थापाले महामन्त्री वि

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 466 पटक पढिएको
  • मतदाताको विवरण शुल्क लिएर दिने आयोगको व्यवस्था

    काठमाडौं— निर्वाचन आयोगले मतदाताको गोपनीयता सुरक्षित गर्दै राजनीतिक दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेको छ ।आयोगले जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील विवरण भने कुनै हालतमा उपलब्ध नगराइने स्पष्ट पारेको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार आयोगमा दर्ता भएका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि देशभरको मतदाता नामावली लिन चाहेमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तो विवरण दलको औपचारिक पत्रका आधारमा विद्युतीय माध्यम (हार्डड्राइभ वा पेनड्राइभ) मार्फत उपलब्ध गराइने आयोगले जनाएको छ ।एउटा प्रदेशको मात्र मतदाता विवरण आवश्यक परेमा पाँच हजार रु

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 424 पटक पढिएको
  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५४ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।यस्तै, बिहानको ११ः३० बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१६औँ बैठक बस्दैछ ।बैठकमा बारुदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।यस्तै,

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 420 पटक पढिएको
  • महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन

    काठमाडौं— नेकपा एमालेले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका सन्देश जनस्तरसम्म पुर्‍याउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको अन्तरपार्टी निर्देशनमा मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनका निर्णय र सन्देशलाई व्यापक रूपमा जनतासमक्ष पुर्‍याउन भनिएको छ ।एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनले प्रतिगमनविरुद्ध व्यापक जनमत निर्माण गर्ने तथा भदौ २३ र २४ गतेका घटनाबाट राष्ट्रिय राजनीति र पार्टी जीवनमा उत्पन्न समस्याको विधिसम्मत समाधान खोज्ने उद्देश्य लिएको स्पष्ट पारेको छ ।अन्तरपार्टी निर्देशनमा ती दुवै उद्देश्यमा महाधिवेशन पूर्ण रूपमा स

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 425 पटक पढिएको
  • बाँकेका थारू बस्तीमा माघीको चहलपहल

    राँझा। बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ । नयाँ वर्षको रूपमा लिइने माघीले थारू बस्तीमा रौनक बढाएको छ । थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताउनुभयो ।“माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारू गाउँमा सुरु भएका छन्”, थारूले भन्नुभयो, “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन छ ।”थारू समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई विशेष

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 283 पटक पढिएको
  • विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

    काठमाडौं— नेपाली काङ्ग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरहरुले काङ्ग्रेस केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरुलाई काठमाडौं नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन् ।बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।उनले भने, ‘नेपाली काङ्ग्रेसको हिजो केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको जुन फरमान छ, त्यसलाई नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने कुरा यही पत्रकार सम्मेलन

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 494 पटक पढिएको
  • लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप

    काठमाडौं— लौरो अभियान, स्वतन्त्र अभियान तथा जेन–जी अभियानले संयुक्त रूपमा विशेष भेला तथा पत्रकार सम्मेलन गर्दै ‘लौरो चुनाव चिन्ह’ को दुरुपयोग भएको गम्भीर आरोप लगाएका छन् ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन् ।वक्तव्यमा जनाइएअनुसार गत निर्वाचनमा देशभर संघ र प्रदेश तहमा गरी ३६७ जना स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवारहरूले साझा चुनाव चिन्हका रूपमा लौरो प्रयोग गरेका थिए । उनीहरूको भनाइमा लौरो चुनाव चिन्ह कुनै व्यक्ति वा समूह

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 525 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.