समाज

    Showing 4,801-4,810 of 11,162 items.
  • काठमाडौं यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला

    काठमाडौं— आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज ९ एन–एएमडी) ढिला भएको छ।बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो।घटना पश्चात उक्त यात्रु तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। जहाजको सुरक्षा र प्राविधिक परीक्षण सुनिश्चित गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ भने परीक्षण पूरा भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले जनाएको छ ।नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालिन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ। यस घटनाले यात्रुवर्ग

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 513 पटक पढिएको
  • थारू बस्तीमा माघीको चहलपहल सुरू

    कैलाली। कैलाली, कञ्चनपुरलगायतका जिल्लाका थारू बस्तीमा माघी पर्वको चहलपहल  सुरू भएको छ । विशेषगरी पुसको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघीपर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरु भएको थारु कल्याणकारी सभाका केन्द्रीय उपाध्यक्ष प्रभातकुमार चौधरीले जानकारी दिनुभयो ।थारू गाउँमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरु भइसकेको उहाँले बताउनुभयो । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरुलजस्ता व

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 311 पटक पढिएको
  • आज महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा बुधबार अस्थायी रूपमा विद्युत आपूर्ति बन्द हुने भएको छ।प्राधिकरणका अनुसार फिडरहरूको लोड व्यवस्थापनका लागि नयाँ पासिकोट फिडर निर्माण, ब्रेकर तथा अन्डरग्राउण्ड (युजी) केबल चार्ज गर्ने कार्य, साथै चावहिल सव–स्टेशनबाट सञ्चालित सुकेधारा फिडरको लोड १३२/११ चपली सव–स्टेशनको भंगाल फिडरमा सिफ्ट गर्नुपर्ने भएकाले विद्युत आपूर्ति रोक्न लागिएको हो।यस अनुसार आज बिहान ११ः३८ बजेदेखि दिउँसो १ः०० बजेसम्म गणेशस्थान फिडर अन्तर्गत भोटेचोक, गणेशचोक आसपासका क्षेत्र तथा भंगाल फिडर अन्तर्गत तल्लो भंगाल र धोबीखोला कोरिडोर आसपासका क

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 486 पटक पढिएको
  • एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो, लुटेरा फरार

    रामेछाप— सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 549 पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै

    काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो।विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम वार्ताको प्रयास भइरहेको जानकारी आए पनि त्यसलाई मध्यनजर गर्दै महाधिवेशनको कार्यक्रम अगाडि बढाइएको बताए।उनले भने, ‘निर्वाचनको तालिका यथावत् छ। उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने जानकारी आएको छ, त्यसलाई हामी सम्मान गर्छौं। तर सहमति नभए हाम्रो कार्यक्रमअनुसार प्रक्रिया अग

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 477 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।बैठक बुधबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।यसअघि मंगलबार बैठक दिउँसो १ बजेका बसेको थियो। बैठकमा छलफलको क्रम जारी रहेकोले बैठक आज बिहानका लागि तय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए।

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 444 पटक पढिएको
  • दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ः चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

    काठमाडौं—  ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत चौथो दिन हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित उक्त अभियान सञ्चालन भइरहेको छ। माघ २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। यस अवधिभर ट्राफिक नियम, सुरक्षित यात्रा र सडक अनुशासनसम्बन्धी व्यापक जनचेतना फैलाउने कार्यक्रमहरू गरिने छन्।चौथो दिनको अभियानअन्तर्गत ६ हजार ५ सय २१ जना यात्रु त

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 496 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ३८ पैसा र बिक्रीदर १८१ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 458 पटक पढिएको
  • आजको मौसमः कोशी र कर्णाली प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।जसकारण बुधबार तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेशकाका उच्च र पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।कोशी, कर्णाली प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।यस्तै, आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफ

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 527 पटक पढिएको
  • आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

    काठमाडौं— आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार सन् २०२६ जनवरी १४ तारिख । माघ कृष्ण पक्षको एकादशी तिथि । मेष: दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ । सहकर्मीसँगको साझेदारीले राहत मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ ।वृष: धनलक्ष्मी योग परेको छ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । स्वदेशमा गरेको लगानीबाट मन शान्त बन्नेछ । परिवारको साथ मिल्नेछ ।मिथुन: बोल्दा धेरै पटक सोच्नुपर्नेछ । तपाईंको बोलीले साथीभाइ रुष्ट हुनसक्छन् । अढैया शनिको प्रभाव

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 477 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.