समाज

    Showing 4,551-4,560 of 11,162 items.
  • नानू वाँस्तोला भन्छिन काठमाडौं ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु

    काठमाडौं— आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानू वाँस्तोलाले आफू सँधै जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन् ।उनले सत्तामा भए या नभएपनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सँधै सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद् परिणाम आउने दावी गरिन् ।‘म कहिल्यै पदका पछि लागिन । किनकी मेरो नाम समानुपातिकतर्फबाट पठाइएपनि म प्रत्यक्षतर्फ नै उभिए । म जनताबाट अनुमोदित हुन चाहन्छु । मेरो उम्मेदवारीप्रति मेरो क्षेत्रका मतदाता उत्साहित पनि छन् । जनताको जनजीविकासँग जोडिएर, समस्याको साझेदार रहेर काम गरेको छु । सत्तामा बसेर काम

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 503 पटक पढिएको
  • सुक्खाग्रस्त रामेछापः खानेपानीकै चिन्तामा स्थानीय

    रामेछाप— सुक्खाग्रस्त जिल्लाको रूपमा परिचित रामेछापका स्थानीयको मुख्य पिरलो अहिले पनि खानेपानी कै छ ।खानेपानीको अभावका कारण कतिपय गाउँहरू खालि भएका जिल्लामा अझै खानेपानीको पर्याप्त व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा गाउँमा बस्ने मानिसहरूको अहिले पनि प्रमुख माग खानेपानी नै हुने गरेको छ ।वातावरणीय प्रभावका कारण गाउँका अधिकांश साना खानेपानीको मूलहरू सुकेका छन् । अहिले गाउँमा खानेपानीको एक मात्र विकल्प खोला र नदीको पानी लिफ्ट गर्ने वा टाढाका खोलाका मुहानबाट पानी ल्याउने भएको छ । सामान्य खर्चले नधान्ने यस्ता योजना सञ्चालनको लागि स्थानीयले निक्कै संघर्ष गर्नुपरेको छ ।रामेछाप नगरपालिका–३ साँघुटार

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 437 पटक पढिएको
  • ६ महिना पछि कर्णाली प्रदेश सभाको अधिवेशन आव्ह्रान

    सुर्खेत— बर्खे अधिवशेन सकिएको ६ महिनापछि प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने भएको छ ।कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ १८ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।संवैधानिक प्रावधानअनुसार एउटा अधिवेशनबाट अर्को अधिवेशनसम्मको अवधि ६ महिनाभन्दा बढी हुन हुँदैन ।कर्णाली प्रदेशमा नियमावली २०७४ को परिच्छेद–२ को दफा ३ मा अधिवेशन आह्वान र अन्त्यको व्यवस्था गरि

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 479 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ ।आजको बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई लैजाने विषयमा छलफल हुने बताइएको छ ।थापा कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 466 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज फिर्ता लिन पाउने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्।निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने अपराह्न ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ ।पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोधमा उजुरी दिने र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 586 पटक पढिएको
  • यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ २१ पैसा कायम गरिएको छ।राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 494 पटक पढिएको
  • यी स्थानहरुमा आज चट्याङ सहित वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ।सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।साथै, महाशाखाका अनुसार आज क

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 652 पटक पढिएको
  • आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदै

    काठमाडौं— प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 474 पटक पढिएको
  • महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

    जनकपुर— नेकपा एमालेका नेता महेश बस्नेत विरुद्ध धनुषामा प्रदर्शन गरिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले बिहीबार बेलुका जिल्लाको सदरमुकाम जनकपुरधाममा महेश बस्नेतविरुद्ध प्रदर्शन गरेको छ । उनीहरुले बस्नेतको तस्वीर पनि जलाएका छन् ।केही दिन अघि बालेन जनकपुरधाम आउँदा मैथिली भाषामा गरेको भाषणमा प्रयोग भएको छौरा शब्दको अनर्थ निकालेर बस्नेतले गरेको टिप्पणी अशोभनीय रहेको भन्दै रास्वपाका नेता, कार्यकर्ताले विरोध गरेको रास्वपाको मधेश प्रदेश र्याट विभाग प्रमुख अम्भु साहले जानकारी दिए ।उनले कुनै एक भाषाको शब्दको अर्थ अर्को भाषामा फरक हुनु स्वभाविक भएको भन्दै कु

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 455 पटक पढिएको
  • प्रधानमन्त्रीले लिइन् जेनजी आन्दोलनका सहिदहरुको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले संसद भवनमा जेनजी आन्दोलनका सहिदहरुको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले विहीबार सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरुलाई समेत बोलाएर निर्माणाधीन संसद भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा छलफल गरेकी हुन् ।छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री मदन परियार र सहरी विकास मन्त्री कुमार इङ्नामको सहभागिता थियो । प्रधानमन्त्रीका जनसम्पर्क सहल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर क

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 482 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.