समाज

    Showing 4,021-4,030 of 11,162 items.
  • फागुन १८ देखि २१ गते राति १२ बजेसम्म कैलालीका सीमा नाका ३ दिन बन्द रहने

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय कैलालीले भारतसँग सीमाना जोडिएका मुख्य नाका तीन दिनका लागि बन्द गर्ने भएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित बनाउन कैलालीका भरतीय सीमा नाका ३ दिन बन्द गर्न लागीएको हो । फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नाका बन्द रहने प्रशासन कार्यालय कैलालीले जनाएको छ ।प्रशासनका अनुसार २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, टयांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारी मात्रै सञ्चालन गर्न अनुमति हुने छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 536 पटक पढिएको
  • रास्वपा सभापति लामिछाने र बालेनले आज इटहरीमा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा आज आयोजना गर्न लागेको चुनावी सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्दै छन् ।मंगलबार इटहरीमा हुने रास्वपाको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन इटहरी पुगेका छन् । भेलाको लागि रास्वपाले आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 519 पटक पढिएको
  • अरिजित सिंहलाई प्लेब्याक गायन नछाड्न आमिर खानको आग्रह

    काठमाडौं— बलिउड संगीत क्षेत्रमा गत महिना ठूलो हलचल मच्चिएको थियो, जब चर्चित गायक अरिजित सिंहले प्लेब्याक गायनबाट पछि हट्ने घोषणा गरे । उनको घोषणापछि फिल्म उद्योग र उनका प्रशंसकहरू आश्चर्यचकित बनेका थिए ।घोषणापछि केही दिनमै बलिउड सुपरस्टार आमिर खान स्वयं अरिजितलाई भेट्न उनको गृहजिल्ला मुर्शिदाबाद पुगेको खबर सार्वजनिक भएको थियो । सोमबार जुनैद खान अभिनीत फिल्म ’एक दिन’ को शीर्ष गीत निर्माणसम्बन्धी ‘बिहाइन्ड द सिन्स’ भिडियो सार्वजनिक भएपछि उक्त भेटघाटका झलकहरू बाहिरिएका हुन् । जुनैद खान आमिर खानका छोरा हुन् ।भिडियोमा आमिर खान अरिजित र उनको परिवारसँग घरमै समय बिताएको, सँगै खाना खाएको, पतंग उडाएको त

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 579 पटक पढिएको
  • मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    मकवानपुर— मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।गए राति करिब २०:५० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।फापरबारीबाट हात्तिसुडे तर्फ जाँदै गरेको प्रदेश ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालक मकवानपुर बकैया गाउँपालिका–८ बस्तिपुर निवासी करिब ४० वर्षीय प्रेमबहादुर गोले गम्भीर घाइते भएका थिए ।घाइते गोलेलाई उपचारका लागि तत्काल हेटौडा अस्पताल पठाइएको थियो । अस्पताल पुर्याइएको केही समयपछि राति २१ः५० बजे चिकित्सकले उनलाई मृत

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 505 पटक पढिएको
  • पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला

    काठमाडौं— पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ । निष्कासन गरिएको शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा स

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 454 पटक पढिएको
  • चुनाव जितेपछि तलबभत्ता विपन्नका छोराछोरीलाई दिने घिमिरेको घोषणा

    दाङ— नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार किरण किशोर घिमिरेले आफू निर्वाचित भएपश्चात् नेपाल सरकारबाट प्राप्त हुने तलब–भत्ता निम्न वर्ग तथा दलित समुदायका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन्।बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिमिरेले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन बाध्य भएका दलित तथा विपन्न परिवारका छोरा–छोरीलाई शिक्षासम्म पु¥याउने आफ्नो प्रतिबद्धता दोहोर्याए।“राजनीति केवल पद र प्रतिष्ठाका लागि होइन, समाज परिवर्तनका लागि हो,” उनले भने, “म निर्वाचित भएमा पाउने तलब–भत्ता विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा लग

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 640 पटक पढिएको
  • नेप्से २.४१ अंकले उकालो, कारोबार रकम ५ अर्बमा सीमित

    काठमाडौं—  साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजार यस दिन भने २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो।यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले उकालो लागेको छ। सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३२९ वटा स्टकको ५६ हजार ३४७ पटकको कारोबारबाट ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख २१

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 661 पटक पढिएको
  • उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते, केहीको अवस्था गम्भीर

    काठमाडौं— काटारीबाट गाईघाट जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ ।काटारीबाट गाईघाट जाँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस सोमबार अपरान्ह १२ बजेतिर उदयपुरगढी–७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर दुर्घटना भएको हो । बस सडकबाट करिब ४० फिट तल खसेको छ ।घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइते हुनेमा उदयपुर उदयपुरगदी गापा ७ बस्ने ७३ वर्षीय सोममाया मगर, उदयपुर कटारी नपा ४ बस्ने ३५ वर्षीय अनिता चौधरी, उदयपुर ताप्ली गापा ५ बस्ने वर्ष ४० को प्रकाश भुजेल र उदयपुर त्रिनपा ११ बस्ने २२ वर्षीया मणिका मगर रहेका

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 605 पटक पढिएको
  • ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक

    काठमाडौं— फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने शब्द सौरभ तिम्सिनाले लेखेका हुन् । संगीत नबिन कार्कीले दिएका छन् । सार्वजनिक गीतमा सिनेम्याटोग्राफी अमृत बिस्वाले गरेका छन् भने सम्पादन राम अधिकारीको छ । लक्ष्मण अधिकारी सहायक निर्देशक र देवी खतिवडा मेकअप आर्टिस्ट रहेका छन् ।प्रवासी जीवनका कथावस्तुमा आधारित यो गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको बताइएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्ममा नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्य

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 591 पटक पढिएको
  • मोरङ २ मा डा. मिनेन्द्र रिजाललाई चुनावी चटारो, समुन्नत र सुशासनयुक्त नेपाल निर्माणको प्रतिबद्धता

    काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.मिनेन्द्र रिजालले आफ्नो भिजन प्रस्तुत गरेका छन् ।डा. रिजालले जनतालाई सम्मानित जीवन, सपना देख्न सक्ने अवसर, रोजगारी र सम्पत्ति सिर्जना, पेटभरी खाने व्यवस्था जस्ता प्राथमिकताहरू सुनिश्चित गर्ने लक्ष्य राखेका छन् ।किसानलाई चिनाउने र प्रोत्साहन दिने नेपाल, बेथिति र हैरानीबाट मुक्त, विधिसम्मत शासनको नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने व्यवस्था, मौलिकतामा गर्व गर्ने, आधुनिक र ओखती–ओत दिने नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी र समुन्नत राष्ट्र उनले आफ्नो भिजनमा समेटेका छन् ।डा।

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 650 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.