समाज

    Showing 3,891-3,900 of 10,052 items.
  • आज पनि सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज ३ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 477 पटक पढिएको
  • वीरगञ्जमा कफ्र्युकायमै, दिउँसो १ बजेसम्म थपियो

    रौतहट— धनुषामा भएको घटनालाई लिएर उत्पन्न विवादका कारण अशान्त बनेको वीरगञ्जमा जारी कफ्र्युको अवधि थप गरिएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज दिउँसो १ बजेसम्मका लागि कफ्र्युलाई निरन्तरता दिएको हो ।यसअघि प्रशासनले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । तर, तोकिएको समयभित्र स्थिति पूर्ण रूपमा सामान्य नभएपछि स्थानीय प्रशासनले थप ५ घण्टा कफ्र्यु लम्ब्याउने निर्णय गरेको हो ।पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै सुरक्षा सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु थप्

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 514 पटक पढिएको
  • मुगुमा सामाजिक न्याय र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि तीन समूहबीच साझा सहमति

    मुगु— मुगुमा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको साझा उद्देश्यसहित विभिन्न अनौपचारिक संगठन तथा नागरिक समूहबीच नैतिक समन्वयता पत्रमा सहमति भएको छ।लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने लक्ष्यसहित मुगुका जेनजी समूह, सुपो अभियान तथा छाउल्या सेवा समाजबीच साझा समझदारी भएको हो।समझदारी पत्रमा सामाजिक अन्याय, भ्रष्टाचार, शक्ति दुरुपयोग तथा दण्डहीनताले लोकतन्त्रलाई कमजोर बनाइरहेको वर्तमान अवस्थालाई गम्भीर चुनौतीका रूपमा उल्लेख गरिएको छ। साथै, युवामा बढ्दो निराशा र राजनीतिक अस्थिरताले भविष्यप्रति चिन्ता बढाएको जनाउँदै सामाजिक रूपान्तरणका लागि सा

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 458 पटक पढिएको
  • किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार

    काठमाडौं— किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका २ मा पहिचान गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा मोडालिटी तयार भएको हो ।निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले आफैंले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्वःपूँजी (इक्विटी) बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालि

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 488 पटक पढिएको
  • नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन: क्यान अध्यक्ष चन्द

    काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले अब पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।सोमबार आयोजित जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेको उल्लेख गरेका हुन् ।अध्यक्ष चन्दले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपबाट नेपाली क्रिकेटको यात्रा उल्लेख गर्दै त्यसबेला नेपालले उत्कृष्ट प्रदर्शनसहित छनोट भएको बताए । उनका अनुसार त्यतिबेला विश्वकपमा १६ टिम सहभागी थिए र अहिले २० टिम छन् । ‘२०२४ मा क्यारिबियन र युएसएमा भएको पछिल्लो विश्वकपमा नेपालको प्रदर्शनले नेपाली क्रिकेटला

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 516 पटक पढिएको
  • सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासनमा

    काठमाडौं— सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो ।कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँ बराबरका १५ लाख ५० हजार कित्ता शेयर स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।आयोज

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 475 पटक पढिएको
  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।विधायन व्यवस्थापन समितिको १५१ औं बैठक बिहान ११ः३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्दैछ ।आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।यस्तै दिनको १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक बस्दैछ ।बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 470 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं— आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।मुख्यसचिव पौडेलका अनुसार बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल गर्दैछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी राखेका छन्।राष्ट्रिय सभाको निर्वाचनका लागि पनि कांग्रेसले प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 481 पटक पढिएको
  • यही पुस २६ र २७ गते ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन हुने

    काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछ।महासंघले उक्त कार्यक्रममा पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साधारणसभा तथा महाधिवेशनमार्फत संगठनले हालसम्म गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना र नयाँ नेतृत्व चयनसम्बन्धी विषयमा छलफल

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 527 पटक पढिएको
  • टी–ट्वान्टी विश्वकप ट्रफी नेपालमा

    काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अन्तर्गत अर्को महिनामा हुने टी–ट्वान्टी विश्वकप ट्रफी नेपाल ल्याइएको छ । सो टी–ट्वान्टी विश्वकप ट्रफी राष्ट्रपति निवासमा सोमबार सार्वजनिक गरियो । राष्ट्रपति रामचन्द्र पौडेलले टी–ट्वान्टी विश्वकपको ट्रफी अनावरण गरेका छन्।राष्ट्रपतिले विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलिएको बताए।राष्ट्रपति पौडेलले भने– ‘नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त तवरले स्थापित हुँदैं गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 502 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.