समाज

    Showing 3,841-3,850 of 11,162 items.
  • रास्वपा सभापति रवि लामिछानेद्वारा काठमाडौंमा मतदान

    काठमाडौैं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले काठमाडौंमा मतदान गरेका छन् ।उनले आज बिहान काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यो निर्वाचनले मुलुकमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे ।‘विगतका अन्य चुनाव भन्दा यो निकै महत्वपूर्ण छ। त्यसकारण अलिक भावुक पनि भए म अहिलेको परिस्थितीलाई हेरेर’ लामिछानेले भने, ‘यो ऐतिहासिक हुन्छ भनेर अपेक्षा गरेको छु ।’लामिछाने आफू चितवन–२ बाट चुनावी प्रति

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 459 पटक पढिएको
  • ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपील

    ललितपुर— पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा मतदान गरेका छन् ।उनले महालक्ष्मी नगरपालिका–स्थित बोझे पोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट आज बिहान ठीक ७ बजेर ७ मिनेटमा मतदान गरेका हुन् । सो केन्द्रमा उनले पहिलो मतदाताका रूपमा मतदान गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘मैले मतदान गरेँ, तपाईंहरू पनि मतदानमा सहभागी हुनुहोला ।’खरेल यसपटक पहिलो पटक ललितपुर क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 509 पटक पढिएको
  • रौतहटमा प्रतिनिधिसभा निर्वाचनका लागि उत्साहपूर्ण मतदान सुरु, १० हजार सुरक्षाकर्मी परिचालन

    रौतहट— प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि रौतहटसहित देशभर एकैसाथ मतदान कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय गौरका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्र तथा मतदान स्थलहरूमा निर्धारित समयमै मतदान प्रक्रिया प्रारम्भ भएको हो ।बिहानैदेखि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ मतदान केन्द्रमा पुग्न थालेका छन्। मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ ।निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न रौतहटमा सुरक्षा व्यवस्था अत्यन्त सुदृढ पारिएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार जिल्लाभर नेपाल प्रहर

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 417 पटक पढिएको
  • बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले आज बिहानै मतदान गरेका छन्।उनले काठमाडौं महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा सहभागी हुन बालेन शाह बिहानै केन्द्र पुगेका थिए । उनी यतिबेला रास्वपाबाट झापा क्षेत्र नं ५ मा मुख्य प्रतिस्पर्धीका रूपमा पनि रहेका छन्।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 511 पटक पढिएको
  • रुपन्देहीमा रास्वपा उम्मेदवारमाथि आक्रमण, रास्वपाको घोर भत्र्सना

    काठमाडौं— देशभर उत्साहका साथ प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भइरहँदा रुपन्देही क्षेत्र नं. २ मा भने राजनीतिक तनाव बढेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलसहितका नेता–कार्यकर्तामाथि आक्रमण भएको हो । उम्मेदवार खरेलसहितका नेता–कार्यकर्तामाथि भएको आक्रमणको पार्टीले घोर भत्र्सना गरेको छ ।निर्वाचनको पूर्वसन्ध्यामा रुपन्देहीको होटल नमोबुद्धमा रास्वपाको निर्वाचन परिचालन समितिको बैठक बसिरहेको अवस्थामा आक्रमण भएको रास्वपाले विज्ञप्ती मार्फत बताएको छ ।रास्वपा रुपन्देही जिल्ला समितिका अनुसार नेकपा (एमाले) का जिल्ला उप–सचिव बाबुराम पन्थी र युवा संघका अध्यक्ष कृष्ण कुमालसहितको

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 453 पटक पढिएको
  • आज फागुन २१ गते देशभर मतदान सुरु

    काठमाडौं— आज देशैभर प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । गत भदौमा संसद विघटन भएपछि हुन लागेको यो ऐतिहासिक मध्यावधि निर्वाचनमा आम नागरिकको सहभागिता उत्साहजनक देखिएको छ ।बिहानैदेखि मतदान केन्द्रमा मतदाताहरु लाइन बसेका छन् । राजधानी काठमाडौंसहित देशभरका १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रहरूमा बिहान ७ बजे नै मतदान प्रक्रिया सुरु भएको हो । बिहानैदेखि मतदाताहरू विशेष गरी युवा र जेष्ठ नागरिकहरू, नजिकैको मतदान केन्द्रमा लामबद्ध भएका छन् । निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था मिलाएको छ ।करिब १ करोड ८९ लाख ३ हजार ६८९ जना कुल मतदाता रहेकोमा

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 453 पटक पढिएको
  • यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ११ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।राष्ट्र बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 605 पटक पढिएको
  • आजको मौसम मुख्यतया सफा रहने

    काठमाडौं—  हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा रहनेछ।यस्तै आज राती भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतय

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 553 पटक पढिएको
  • हेटौंडामा निर्वाचनको तयारी पूरा, ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

    मकवानपुर— बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन सकिएको छ ।हाल मतदान केन्द्रहरूमा बुथ व्यवस्थापन, डोरी टाँग्ने, मतदाताको प्रवेश–निर्गमन मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल पनि तयार भइसकेका छन् । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।जिल्लामा १६७ मतदान स्थल

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 403 पटक पढिएको
  • अतिरञ्जित र भ्रामक सूचनामा विश्वास नगर्न सेनाको अपिल

    काठमाडौं— नेपाली सेनाले अतिरञ्जित तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । बुधबार सूचना जारी गर्दै सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।'नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्यसहित सुरक्षाका कार्यहरू गर्दै आएको छ,' सेनाले भनेको छ, 'नेपाली सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसा

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 464 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.