समाज

    Showing 3,781-3,790 of 11,162 items.
  • सुनको मूल्य घटयो कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 509 पटक पढिएको
  • आइसीसी टि–२० विश्वकपको उपाधि भारतलाई

    काठमाडौं— आइसीसी टि–२० विश्वकपको उपाधि भारतले जितेको छ ।आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जित्न सफल भएको हो ।भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिफर्टले २६ बलमा ५२ रन र कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाए ।भारतका जसप्रित बुमराहले ४ विकेट लिए । चार ओभरमा बलिङ गरेका उनले मात्रै १५ रन मात्र खर्चिए । यस्तै अक्षर पटेलले ३ विकेट लिँदा वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले एकएक विकेट लिए ।योसँगै भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 434 पटक पढिएको
  • आजको मौसमःयी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार) बिहान देशका केही क्षेत्रमा वर्षा भएको छ।कोशी र बागमती प्रदेशका एक–दुई स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।पछिल्लो चौबीस घन्टामा तिलोत्तमामा २५ मिलिमिटर र भैरहवामा २२.२ मिलिमिटर ,पोखराको पचासेमा ६.८ मिलिमिटर, संखुवासभाको नुममा १२.८ मिलिमिटर र टासी गाउँमा ७.६ मिलिमिटर वर्षा भएको छ।यस्तै आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भामामा साधारणतया बादल लाग्नेछ।त्यस्तै,दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहित लुम्बि

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 518 पटक पढिएको
  • एनआरएनए महाधिवेशनका लागि चहलपहल सुरु, अन्योलता कायमै

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएपनि अन्योलता भने कायम छ ।महाधिवेशनका लागि भन्दै केही आकांक्षीहरु संघीय राजधानी काठमाडौं आउन थालेका छन् । फागुन ३० गतेदेखि सुरु हुने भनिएको महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौंमा भेला हुन थालेका हुन् ।संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन ।यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन जापानबाट काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताहरूले स्वागत गरेका थिए ।विशेषगरी ए

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 462 पटक पढिएको
  • फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । फागुन २२ गते सुनको मूल्य ३ लाख १३ हजार ४०० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४७५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ४४५ रुपैयाँ रहेको थियो । 

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 524 पटक पढिएको
  • मकवानपुर–२ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी, बर्तौलालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित

    हेटौँडा— मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन्। आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।उप्रेतीले ३१ हजार ७ सय २५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बर्तौलालाई १२ हजार १ सय १ मतान्तरले पराजित गरेका छन्। बर्तौलाले १९ हजार ६ सय २४ मत प्राप्त गरेका छन्।त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ४ सय ३६ मत पाएका छन्। नेकपाका उम्मेदवार लवशेर विष्टले १२ हजार ७ सय ५४ मत प्राप्त गरेका छन्।उप्रेतीको जि

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 464 पटक पढिएको
  • यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९६ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।राष्ट्र बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २४

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 504 पटक पढिएको
  • आजको मौसमः पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा भूभागमा साधारणतया बादल लाग्नेछ । देशको बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 539 पटक पढिएको
  • गृहमन्त्री भन्छन जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन् ।शनिबार साँझ बानेश्वरमा जेनजी शहीदको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा सहभागी भई ज्यान गुमाएका साहसी योद्धा तथा अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।उनले जेनजी विद्रोहले तत्कालीन शासकहरूको सत्ता खोसेको उल्लेख गर्दै अहिले देखिएको राजनीतिक परिवर्तनको जग पनि त्यही जनआन्दोलन रहेको बताए ।‘जेनजी विद्रोहले तत्कालिन शाषकहरुको सत्ता खोसेको थियो । र विद्रोहबाट खोसिएको सत्ता आज वैधानिकरुपमा पनि खोसिन गईरहेको छ । मत परिमाणले देखाएक

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 532 पटक पढिएको
  • झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    काठमाडौं— झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।बालेनले ३४ हजार ८६३ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत प्राप्त गरेका छन् ।यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ९७४, नेकपाका रञ्जित तामाङले ८६२ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • 480 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.