समाज

    Showing ३,६५१-३,६६० of ११,१६२ items.
  • सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    सर्लाही— सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।जिल्लाको कविलासी नगरपालिका – ८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलले साइकलमा सवार स्थानीय ६५ वर्षीय राम नरेश महतोलाई ठक्कर दिएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५५३ पटक पढिएको
  • स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने

    काठमाडौं— स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो ।प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर अधिकतम एक मिनेटको ‘भर्जिकल रिल्स फम्र्याट’मा भिडियो बनाउनुपर्ने छ भने सहभागीले आफ्नो भिडियो टिकटक वा फेसबुकको रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्छ ।साथै पोस्ट गरिएको भिडियो यही चैत २

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५५२ पटक पढिएको
  • रामेछाप र दोलखामा हावा हुरीले पुर्यायो क्षति

    रामेछाप— आइतबार आएको हावा हुरीले रामेछाप र दोलखामा क्षति पुर्यायोको छ ।हुरी बतासले रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँमा ठुलो क्षति पुर्यायोको छ । हावा हुरीले दुरागाउँका ५ वटा घरको छाना उडाएर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए ।तामाङका अनुसार हावा हुरीले थप ५ घरमा आमसिक क्षति पुर्यायोको छ । ती मध्ये कतिपय घरका छानाका केही भाग उडाएको छ भने कतिपयका बरन्डाहरू उडाएको छ ।घर उडाएका स्थानीयले बस्ने बासको समेत सङ्कट परेको छ । उनीहरू आश्रय लिएर बस्न बाध्य भएका छन् । हावा हुरीले रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिमा रुख ढलेर एउटा घरमा क्षति पु¥याएको छ । हावाहु

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५३७ पटक पढिएको
  • अस्पतालमा रेबिज खोप अभाव हुँदा बिरामीहरु निजी क्लिनिक जान बाध्य

    उदयपुर—  जिल्ला अस्पताल उदयपुरमा रेबिजविरुद्ध लगाइने एन्टी–रेबिज खोपको अभाव भएको छ। सरकारी कोटाअनुसार आउने खोपको आपूर्ति हुन नसक्दा अस्पतालमा खोप सेवा प्रभावित भएको हो।अस्पताल प्रशासनका अनुसार विगत करिब १५ दिनदेखि खोपको मौज्दात सकिएको छ। खोप उपलब्ध नभएपछि अस्पतालले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि खोप सेवा स्थगित गरिएको जनाएको छ। यसका कारण बिरामी तथा सेवाग्राहीहरू महँगो शुल्क तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य भएका छन्।खोप आपूर्तिको व्यवस्था इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत् कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र हुँदै जिल्ला अस्पतालसम्म आउ

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५८७ पटक पढिएको
  • प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य वृद्धि

    काठमाडौं— सोमबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.४३ अंकले बढ्दै सकारात्मक रुपमा बन्द भएको छ।यस अवधिमा ९४ वटा स्क्रिप्समा कारोबार भएको थियो। कुल १ लाख ५२ हजार १०५ कित्ता सेयर किनबेच हुँदा करिब ८ करोड ९५ लाख ७९ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको तथ्यांक सार्वजनिक भएको छ।कारोबार भएका कम्पनीहरूमध्ये ३६ वटाको सेयर मूल्य बढेको देखिएको छ भने ४२ वटाको घटेको छ। यस्तै १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभई स्थिर रहेको छ।

    • प्रकाशित मितिः चैत २, २०८२
    • ४५१ पटक पढिएको
  • सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

    काठमाडौं— नेपाली बजारमा आइतबार सुन सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदिको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो ।

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५२३ पटक पढिएको
  • धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद

    धनुषा— मधेस प्रदेश प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ मा छापा मारेर ठुलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ ।तुलसीयाही प्रहरी चौकीदेखि करिब ४०० मिटर पूर्वतर्फ शिव सरन महतोको कुटानी–पिसानी मिल पछाडि गोप्य रूपमा राखिएका १२ वटा बोरामा विभिन्न मोडलका जुत्ता, मोबाइल कभर र लेडिज चप्पल फेला परेको छ ।बरामद सामानको मूल्य करिब सात लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बरामद सामान इलाका प्रहरी कार्यालय फुलगामा बुझाइएको छ र थप अनुसन्धान सुरु गरिएको छ । घटनास्थल उक्त कार्यालयदेखि करिब ७ किलोमिटर टाढा पर्ने बताइएको छ ।मधेस प्रदेश प्रहरीले गोप्य सूचनाका आध

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५२३ पटक पढिएको
  • लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

    काठमाडौं— कपिलवस्तुको कृष्णनगर नगरपालिका(३ चैपुरवाबाट लागूऔषध खैरो हेरोइनसहित २ जनालाई प्रक्राउ गरेका छन् । आइतबार बिहान प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा विजयनगर गाउँपालिका–४ बर्गदवा बस्ने ३७ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका२ टाँडी बस्ने ३२ वर्षीय तुल बहादुर श्रीस रहेका छन् ।इलाका प्रहरी कार्यालय कृष्ण नगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५३५ पटक पढिएको
  • १० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो, कारण यस्तो

    काठमाडौं— काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नम्बर ७ का १० वडाबाट दैनिक करिब ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल साइटमा जानबाट रोकिएको छ ।फोहरमैला सङ्कलन तथा ढुवानी निर्देशक समितिको अध्यक्ष तथा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सहरभित्र फोहर स्रोतमे वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापन र फोहरको मात्रा घटाउने विषयमा छलफल गरिएको थियो । सोही क्रममा मटेरियल रिकभरी फ्यासिलिटीको अभ्यासबारे जानकारी गराइएको हो ।यस फ्यासिलिटीमार्फत सङ्कलित फोहरलाई वर्गीकरण गरी पुनः प्रयोगयोग्य सुक्खा फोहरलाई आय ठेक्कामार्

    • प्रकाशित मितिः चैत २, २०८२
    • ४७३ पटक पढिएको
  • रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो, को–को परे सूचीमा ?

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको छ ।आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको जानकारी दिए । उनले रास्वपाले समानुपातिक सूचीमा पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली तोकिएको समयसीमाभित्रै निर्वाचन आयोगमा बु

    • प्रकाशित मितिः चैत १, २०८२
    • ५५४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.