काठमाडौं— सोमबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.४३ अंकले बढ्दै सकारात्मक रुपमा बन्द भएको छ।
यस अवधिमा ९४ वटा स्क्रिप्समा कारोबार भएको थियो। कुल १ लाख ५२ हजार १०५ कित्ता सेयर किनबेच हुँदा करिब ८ करोड ९५ लाख ७९ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको तथ्यांक सार्वजनिक भएको छ।
कारोबार भएका कम्पनीहरूमध्ये ३६ वटाको सेयर मूल्य बढेको देखिएको छ भने ४२ वटाको घटेको छ। यस्तै १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभई स्थिर रहेको छ।






































