समाज

    Showing 3,411-3,420 of 6,766 items.
  • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

    काठमाडौं । जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट छलफल भइरहेको हो । उनीहरूले नेपालमा सैनिक शासन रोक्न, भारतीय सेना आउनबाट रोक्न जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताइरहेका छन् । ‘भारतका सेना आउनबाट रोक्नुछ, कुनैपनि देशको हस्तक्षेप रोक्नुपर्नेछ । सैनिक शासनबाट रोक्नुपर्नेछ । त्यसैले वार्ताको तयारी छिटो गर्नुछ’, जेनजीका नेताहरु जुम मेटिङमा भनिरहेका छन् । उनीहरूले आफूहरू परिपक्व नभएको भन्दै अनुभवी र क्षमतावान् व्यक्तिका रूपमा सुशीला कार्कीलाई सरकार प्रमुखका रूपमा अघि सार्ने धारण

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 238 पटक पढिएको
  • लुटपाटमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार नगद बरामद

    काठमाडौं—  नेपाली सेनाले सुरक्षा बढाउन थालेपछि २७ जना पक्राउ परेका छन् । राति १० बजेदेखि बिहान १० बजेसम्मको १२ घण्टाको समयमा २७ जना पक्राउ परेको नेपाली सेनाले जनाएको छ । सेनाले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२ भाद्र २४ गते रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात आज मिति २०८२ भाद्र २५ गतेको विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।’त्यस्तै आगजनी भएका क्षेत्रमा वारुणयन्त्रक

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 436 पटक पढिएको
  • बाल सुधार गृहमा झडप हुदा पाँचजनाको मृत्यु, सात जना घाइते

    नेपालगञ्ज— नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो। कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेका हुन्। बालबिज्याईकर्ता र थुनुवालाई एकै ठाउँमा राखेका कारण यो अवस्था सृजना भएको हो। झडपमा घाइते भएकाहरुलाई  नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो। ती घाइतेमध्ये पाँचजनाको उपचारको क्रममा मृत्यु भएको हो। अन्य घाइतेको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 431 पटक पढिएको
  • संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक होः प्रहरी

    काठमाडौं— नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल भइरहेको आन्दोलनलाई जोडेर  ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि शीर्षक राखेर भ्रामक प्रचार भइरहेको प्रहरीले स्पष्ट पारेको हो । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 428 पटक पढिएको
  • तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

    काठमाडौं— दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क गरेको छ । हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै एनटीसीले डाटा तथा भ्वाइस सहितको प्याकेज निशुल्क गरेको हो । बुधबारदेखि प्रत्येक उपभोक्ताहरुलाई सन्देश मार्फत डाटा तथा भ्वाइस सहितको प्याकेज दिएको हो । डाटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी भ्वाइस कलको सेवा लिन सकिने एनटीसीले जानकारी दिएको छ । यस्तै एनटीसीका अनुसार डाटाको लागि स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी सेवा लिन सकिन्छ । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 409 पटक पढिएको
  • रामेछापमा कफ्र्यू हट्यो

    रामेछाप । रामेछाप जिल्लामा लगाइएको कफ्र्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको शान्ति–सुरक्षाको अवस्था र उत्पन्न परिस्थिति मूल्याङ्कन गर्दै बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी गर्दै तोकिएका क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई जुलुस, हुलदङ्गा, प्रदर्शन, घेराउ वा विरोध कार्यक्रम नगर्न आग्रह गरेका छन्। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।यसअघि मिति २०८२ भदौ

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 170 पटक पढिएको
  • रौतहटभरी नेपाली सेनाको गस्ती, २३३ कैदी भागे

    रौतहट— रौतहट प्रशासनले जिल्लाभर अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिनोद कुमार खड्काले अर्को आदेश नआउन्जेलसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् ।रौतहट जिल्ला भित्र कसैले आवत जावत गर्न कुनैपनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक र घेराउ गर्न नपाउने गरि कफ्र्यू जारी गरेको आदेशमा उल्लेख छ ।अहिले गौर, चन्द्रनिगाहपुर र गरुडा लगायतका स्थान नेपाली सेना सहितको सुरक्षाकर्मीले बुधबार बिहान देखि गस्ती थालेका छन । जेन–जी आन्दोलनका कारण पछिल्लो समय आइपरेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले गस्ती सुरु गरको हो ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 372 पटक पढिएको
  • निषेध आदेश र कफ्र्यु देशभर निरन्तर

    काठमाडौं— नेपाली सेनाले हाल जारी निषेध आदेश र कफ्र्यु देशभर निरन्तर रहने जनाएको छ। नेपाली सेनाले बिहीबार बिहान ६ बजेसम्म निषेध आदेश र कफ्र्यु निरन्तर रहने जनाएको हो।सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनका नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई दृष्टिगत राखी हाल लागू गरिएको निषेधाज्ञा आज मिति २०८२ भाद्र २५ गतेको बेलुकी ५ बजे बजेसम्म देश

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 345 पटक पढिएको
  • भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदी भागे, दुई जना गोली लागेर घाइते

    हेटौंडा— मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदी भागे गरेका छन्।कारागार प्रमुख सुवास पौडेलका अनुसार राति १२ः५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीनवटा गेट तोडेर बाहिर निस्कने प्रयास गरेका थिए ।त्यही क्रममा उनीहरूले कारागारको पश्चिमपट्टिको पर्खाल भत्काएर भागेका हुन् । सो ब्लकमा ५ सयभन्दा बढी कैदी रहेका मध्ये करिब २३० जनालाई नियन्त्रणमा लिएर पुनः कारागारमा फर्काइएको पौडेलले जानकारी दिए ।सुरक्षाकर्मी र कैदीबीच करिब ४ घण्टासम्म तनावपूर्ण अवस्था कायम भएको थियो। त्यही क्रममा सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । काराग

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 425 पटक पढिएको
  • जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी

    जुम्ला—  जिल्ला कारागारबाट ३६ जना कैदी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार हिजो राति (भदौ २४ गते) जेलबाट कैदीहरू फरार भएका हुन्।डिएसपी रेग्मीका अनुसार केही कैदीहरूलाई भाग्नुअघि नै नियन्त्रणमा लिइएको भए पनि ३६ जना भने हालसम्म सम्पर्कमा आएका छैनन्।प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशंका गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।काठमाडौँका कारागारमा जेनजी आन्दोलनको प्रभावसँगै जुम्लामा पनि प्रभाव परेको छ

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 453 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा