काठमाडौं— गृहमन्त्री सुधन गुरुङले ललितपुरको सातदोबाटोमा रहेको सशस्त्र प्रहरी बलको निरीक्षण गरेका छन् । शनिबार उनले सशस्त्र प्रहरी बलसँगै ललितपुर प्रहरी कार्यालयको समेत निरीक्षण गरेका हुन् ।
मन्त्री आफैं गाडी चलाएर काठमाडौँ र ललितपुरका विभिन्न स्थानको अनुगमनमा निस्केका छन् । मन्त्री गुरुङ शनिबार बिहानै पहिला रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए । यसैगरी गृहमन्त्री सुधन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत निरीक्षण गरेका छन् ।






































