समाज

    Showing 3,401-3,410 of 11,162 items.
  • योजना अधिकृत हमालको लेक लागेर मृत्यु

    काठमाडौं— समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका(६ स्थित लोनाक क्षेत्रमा कामको सिलसिलामा गएका बेला लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशङ्कर यादवका अनुसार हमाल समृद्ध पहाड संस्थामा योजना अधिकृतका साथै कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनामा पनि कार्यरत थिए । कामका लागि उच्च हिमाली क्षेत्रमा पुगेका बेला शनिबार बिहान लेक लागेर बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको उजले जानका

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 459 पटक पढिएको
  • बेनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं— बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत १ गतेदेखि बिक्री खुला गरेको यो सेयरमा आवेदन दिने म्याद आज चैत १५ गते सकिन लागेको हो।कम्पनीले आफ्नो कुल १ अर्ब ४ करोड रुपैयाँ जारी पूँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल १० लाख ४० हजार कित्ता सेयर स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।सेयर वितरणको योजनाअनुसार आयोजनाको अति प्रभावित क्षेत्र मानिने सोलुखुम्बु जिल्लाको सोलुदुधकुण

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 479 पटक पढिएको
  • असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

    सुर्खेत— शुक्रबार साँझ परेको असिना पानीले दैलेखमा भित्र्याउने अवस्थाको हिउँदे बालीमा क्षति पुर्याए पछि कृषकहरू चिन्तित भएका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको विभिन्न स्थानहरूमा असिना पानीले क्षति पु¥याएको छ ।शुक्रबार साँझ तीन घण्टासम्म लगातार परेको असिनाले पाक्नै लागेको गहुँ, जौ, केराउ, तोरी लगायतका बाली पूर्ण रूपमा नष्ट गरेको स्थानीय तिलक तिमिल्सेनाले जानकारी दिए ।लगातारको असिना एक फिटसम्म बाक्लो भई जम्मा भएको र त्यसले पुरै बाली नष्ट गरेको बताए । असिनाले सुन्तला, कागतीलगायत फलफूलका बिरुवाहरूमा समेत क्षति पु¥याएको छ । चामुण्डा बिन्द्रसैनीको वडा नम्बर १, २ र ३ मा धेरै क्षति भएको स्थानीयले

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 524 पटक पढिएको
  • बालेनले बनाए सल्लाहकारको टिम

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा सल्लाहकार टिम बनाएका छन् ।मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गरिएको छ ।त्यस्तै प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् । सरकारीतर्फबाट स्वकीय सचिवमा सहसचिव प्रदीप परियारले जिम्मेवारी पाएका छन् । परियार यसअघि बालेन काठमाडौं महानगरको मेयर रहँदा प्रमुख प्राशासकीय अधिकृत भएर काम गरेका थिए

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 531 पटक पढिएको
  • घर भाडा लिएर जुवा खेलाउने ६ जना पक्राउ

    ललितपुर— नख्खिपोट क्षेत्रमा भाडाको घर लिएर जुवा सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले जुवा र होहल्लाको सूचना पाएपछि छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रारम्भिक अनुसन्धानअनुसार, शेरबहादुर थापाको घर भाडामा लिएर अवैध रूपमा जुवा खेलाउने गतिविधि भइरहेको पाइएको छ। सोही क्रममा पाँचथर घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी ४० वर्षीया योजना लिम्बु सहित ६ जना पक्राउ परेका हुन्।प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ३६ हजार ९५० रुपैयाँ र २४ बुक तास बरामद गरेको जनाएको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र म्याद थपपछि विस्तृ

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 465 पटक पढिएको
  • देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

    काठमाडौं— सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन भएको छ ।प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ ।सत्ताको आडमा अस्वभाविक र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । स्रोतका अनुसार, यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने काम भएको हो ।गृह एवं नेपाल प्रहरी सम्वद्ध स्रोतका अनुसार, पछिल्लो एक/डेढ वर्षमा जय

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 480 पटक पढिएको
  • जाँचबुझ आयोगको प्रतिवेदन पठाइयो काठमाडौं परिसर

    काठमाडौं— भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनसम्बन्धी जाँचबुझ प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीमा पठाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदन अहिले कार्यान्वयन चरणमा प्रवेश गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापा का अनुसार प्रतिवेदन कार्यान्वयनका लागि औपचारिक रूपमा प्रहरीसमक्ष आएको  र त्यसअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।आयोगले आफ्नो निष्कर्षमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा दुवैलाई प्रहरी

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 412 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।आज सुनको मूल्य तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।छापावाल सुनको मूल्य २ लाख ८६ हजार रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ८१ हजार रुपैयाँ कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ७ सय २० रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 418 पटक पढिएको
  • ओली पक्राउको बिरोधमा प्रदर्शन गरेका ६ जना छुटे, एकजना बैंकिङ कसुरका फरार अभियुक्त

    काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको बिरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ६ जना रिहा भएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शनिबार पक्राउ परेका ६ जनालाई छाडिएको हो ।उक्त प्रदर्शनका क्रममा कुल ७ जना पक्राउ परेका थिए । तीमध्ये विमल धमला भने अझै हिरासतमा राखिएका छन् ।धमला प्रदर्शनका क्रममा सवारी साधन तोडफोडमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । साथै, उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा पनि रहेको प्रहरीले जनाएको छ।उनलाई म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रक्रिया प्रहरीले अगाडि बढाएको छ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 502 पटक पढिएको
  • पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । खड्कालाई त्यसकै आधारमा अनुसन्धानका गर्ने नियन्त्रणमा लिइएको हो ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 431 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.