काठमाडौं— नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य २ लाख ८६ हजार रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ८१ हजार रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ७ सय २० रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।