समाज

    Showing 3,371-3,380 of 11,162 items.
  • राससको कार्यकारी अध्यक्षबाट धर्मेन्द्र झाले दिए राजीनामा

    काठमाडौं—  राष्ट्रिय समाचार समिति(रासस)को कार्यकारी अध्यक्ष पदबाट पत्रकार धमेन्द्र झाले राजीनामा दिएका छन् । कार्यकारी अध्यक्ष झाले नेपाल सरकारको निर्णयबमोजिम आफू नियुक्त भएको भन्दै आइतबार नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनालाई राजीनामा बुझाएका हुन् ।झाले आफ्नो कार्यकालमा संस्थाको सर्वोत्तम हितमा आफूले काम गरेको भन्दै राजीनामा पत्रमा अगाडी उल्लेख गरेका छन्, ‘म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य–मान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवर्द्धनका दिशामा कृयाशील रहदै आएको छु ।’देशको परिवर्तित राजनीतिक परिव

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 541 पटक पढिएको
  • बलात्कार आरोपमा दुईजना पक्राउ

     काठमाडौं— बलात्कार आरोपमा कैलाली र संखुवासभाबाट दुईजना पक्राउ परेका छन् ।कैलालीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका-७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । अमनले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीकाआधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै, संखुवासभामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चैनपुर नगरपालिक-७ फलाटे बस्ने १९ वर्षीय निसान कार्की आइतबार साँझ पकउ परेका छन् । निसानले ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएक

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 504 पटक पढिएको
  • ४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    काठमाडौं— शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो ।यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले ओरालो लागेको छ । यसदिन कारोबार रकमसमेत घटेको छ । आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्त

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 524 पटक पढिएको
  • अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता जनाएका हुन् ।आफ्नो कार्यकालमा सुशासनलाई मुख्य प्राथमिकता दिने बताउँदै डा।वाग्लेले भने, ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’ उनले निजी क्षेत्रलाई अब कुनैपनि बहानामा दुःख नदिइने

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 213 पटक पढिएको
  • अध्यक्ष साम्पाङ भन्छन् : कोठे बैठकमा हामी जाँदैनौँ, संसद् बोलाउनुपर्यो

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह९बालेन्द्र०ले सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल गरेका हुन् । जारी छलफलमा आज कोशी र सुदूरपश्चिमका सांसद सहभागी छन् ।तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको छ । अध्यक्ष साम्पाङले आफूहरू कोठे बैठकमा सहभागी नहुने बताएका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नुपर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन।’

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 193 पटक पढिएको
  • चालकहरूमाथि श्रम शोषण भएको भन्दै राइडरहरू सडकमा

    काठमाडौं— राइड सेयरिङ कम्पनीहरूले चालकहरूमाथि श्रम शोषण गरेको आरोप लगाउँदै चालकहरू सडक आन्दोलनमा उत्रिएका छन्।‘स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा सोमबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका चालकहरूले विभिन्न स्थानमा प्रदर्शन गरेका हुन्। मोटरसाइकल र स्कुटरसहित ठूलो संख्यामा सहभागी भएका चालकहरूले कम्पनीहरूको नीतिप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरेका थिए।प्रदर्शनकारीहरूले आफूहरूलाई उचित पारिश्रमिक नदिइएको, सेवा शुल्क अत्यधिक काटिएको तथा कामको समय र सुरक्षासम्बन्धी कुनै स्पष्ट व्यवस्था नभएको गुनासो गरेका छन्। उनीहरूले श्रम अधिकार सुनिश्चित गर्न, पारदर्शी नीतिहरू लागू गर्न र कम्पनीहरूसँग

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 472 पटक पढिएको
  • स्थापना दिवसको अवसरमा रामेछापका पत्रकारद्वारा रक्तदान र फलफूल वितरण

    रामेछाप— नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा रामेछापका पत्रकारहरूले रक्तदान तथा फलफूल वितरण गरेका छन् ।नेपाल पत्रकार महासंघ रामेछापको आयोजनमा सोमबार बिहान मन्थलीको देवकोटा चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पत्रकार सहित १२ जनाले रक्तदान गरेका नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले जानकारी दिए ।स्थापना दिवसकै अवसरमा मन्थलीमा रहेका विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । मन्थलीको मन्थली नगर अस्पताल, तामाकोसी अस्पताल र मन्थली सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 477 पटक पढिएको
  • सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यकः सुनिता डंगोल

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यक रहेको बताएकी छन् ।सोमबार आयोजित स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ शुभारम्भ कार्यक्रममा बोल्दै डंगोलले विश्वभर धेरै महिलामा सर्भाइकल क्यान्सर देखिने गरेको उल्लेख गरिन् ।उनले भनिन्, ‘हरेक दिन संसारभर सर्भाइकल क्यान्सरका कारण महिलाहरूको ज्यान गइरहेको छ । तर क्यान्सर भनेको तत्काल मृत्यु हुने रोग होइन, यसको समयमै उपचार सम्भव छ भन्ने कुरा बुझाउन जरुरी छ ।’उनले समयमै रोग पहिचान भएमा उपचार प्रभावकारी हुने बताउँदै नियमित परीक्षणको महत्वमा जोड दिइन् । डंगोलले कतिप

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 519 पटक पढिएको
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

    काठमाडौं— लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम र युसिन–एआरटीलाई यसको जिम्मेवारी दिने निर्णय गरेको हो ।आयोजनाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ को जेभीलाई छनोट गरिएको जनाएको छ । यो कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्गको आगामी ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ ।युसिन–एआरटी जेभीले भ्याट र प्रोभिजलनल सहित कुल १ अर्ब १० करोड ४

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 457 पटक पढिएको
  • २५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।आज सुन तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको नेपाली सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आएतबार दुई लाख ८६ हजारमा कारोबार भएको थियो ।यस्तै, चाँदी पनि २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आज चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 479 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.