पोखरा— एकल महिला सिर्जना पौडेल केसीको हत्या प्रकरणमा प्रहरीले उनका भाञ्जालाई पक्राउ गरेको छ । पारिवारिक कलह र अंशसम्बन्धी विवादका कारण हत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।चैत २५ गते साँझ पृथ्वीचोकस्थित आफ्नो जुत्ता पसल बन्द गरेर घर फर्किने क्रममा शिवालय चोक हुँदै सभागृह चोकतर्फ जाँदै गरेकी सिर्जनामाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको थियो । टाउकोमा गम्भीर चोट लागेपछि उनी सडकमै ढलेकी थिइन् र घटनास्थलमै मृत्यु भएको थियो ।घटनापछि फरार भएका व्यक्तिको खोजीमा जुटेको प्रहरीले अनुसन्धानका क्रममा मृतककै भाञ्जा संलग्न रहेको पुष्टि गर्दै उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी यसअघि
झापा— झापाको बाह्रदशी गाउँपालिका–२ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।स्थानीय ३५ वर्षीया सुनिता बास्कीको आफ्नै घरमा वाइफाई जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति वाइफाईको प्लग जडान गर्ने क्रममा नांगो तार छोएपछि उनलाई करेन्ट लागेको थियो।करेन्ट लागेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको र अनुसन्धान जारी रहेको जनाइएको छ।
काठमाडौं— सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।शुक्रबार संयुक्त विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्दै असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी भएको ठहर गर्दै तत्काल खारेज गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।उनीहरूले सरकारको निर्णयले नागरिक तथा विद्यार्थीहरूको मौलिक हक, संगठित हुन पाउने अधिकार, अभिव्यक्ति स्वतन्त्रता र वैचारिक आस्थामाथि गम्भीर प्रहार गरेको बताएका छन्।नेपालमा विद्यार्थी आन्दोलनको इतिहास राजनीतिक परिवर्तन, लोकतान्त्रिक संघर्ष, सा
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बिहीबार छापावाल सुनको मूल्य २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा पनि स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारी द्वारा जारी प्रेस विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिका आधारमा आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गर
काठमाडौं— लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बस्दैछ । शुक्रबार बस्ने बैठकमा महत्वपूर्ण विधेयकहरू टुंग्याउने तयारी गरिएको छ ।प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समय लिएर आफ्ना धारणा राख्नेछन् ।बैठकको मुख्य एजेन्डाका रूपमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने ले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’ माथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।यसैगरी, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेयक पारित गराउन प्रस्ताव प्रस्तुत गर्ने का
भक्तपुर— भक्तपुरमा बिस्का जात्राको भव्य तयारीका साथ आजबाट सुरु भएको छ । आठ दिन नौ रातसम्म मनाइने यो ऐतिहासिक जात्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ ।जात्राको पहिलो दिन आज साँझ पाँचतल्ले मन्दिर अगाडिको तौमडी क्षेत्रबाट भद्रकालीको रथलाई घट्खा टोलतर्फ लगिनेछ । साथै, भैरवनाथको रथ ‘भैलखः’ तानातान गर्दै जात्राको औपचारिक सुरुवात गरिनेछ ।अब आगामी नौ दिन भक्तपुर शहर जात्राको रौनकमा झुम्नेछ । परम्पराअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैलखःमा भैरवनाथ र बेताल देवतालाई विराजमान गराई थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तान्ने गरिन्छ ।भैलखः तान्नु अघि र
मलंगवा— सर्लाहीमा सशस्त्र प्रहरीले अवैध मदिरा र भन्सार छलीविरुद्ध कारबाहीलाई तीव्र बनाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको अपरेसनमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ भने केही दिनअघि भन्सार छलीका सामानसहित एक अटो नियन्त्रणमा लिइएको थियो ।कविलासी नगरपालिका–८ अगर्वा चेकपोइन्टमा सशस्त्र प्रहरी बल नेपाल नं। १० गण हे।क्वा। सर्लाहीबाट सशस्त्र प्रहरी हवल्दार भक्त बहादुर धामीको कमाण्डमा खटिएको टोलीले नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको म्याजिक गाडी चेकजाँच गर्ने क्रममा अन्दाजी ६ हजार रुपैयाँ बराबरको ६०० लिटर घरेलु मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो ।बरामद गरिएको मदिरा गणमा ल्याई सुर
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने स्वचालित बाह्य डिफिब्रिलेटर ‘एइडी’ स्थापना गरिएको छ ।नेपालमा आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरणतर्फ महत्वपूर्ण मानिएको यो उपकरण अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा जडान गरिएको छ । यो पहल हाप्सा नेपाल र विमानस्थल प्रशासनबीचको सहकार्यमा सम्पन्न भएको हो ।मुटुको धड्कन अचानक बन्द हुने अवस्था अर्थात् सडन कार्डियाक अरेस्ट विश्वभर मृत्युका प्रमुख कारणमध्ये एक मानिन्छ । नेपालमा अस्पताल बाहिर हुने यस्ता घटनामा बाँच्ने दर अत्यन्त न्यून ९झण्डै शून्यकै नजिक० रहेको अनुमान गरिएको छ । विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण
काठमाडौं— सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत हुनेछन् ।बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि संघीय संसद्को संयुक्त बैठकमा गरिएको सम्बोधनको प्रति टेबल गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी, सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेछन् ।आजको बैठकको मुख्य आकर्षणका रूपमा उपसभामुख पदको निर्वाचन रहेको छ । यसअन्तर्गत सांसद ज्ञान बहादुर शाहीले सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.