समाज

    Showing ३,०३१-३,०४० of ११,१६२ items.
  • रोशन पोख्रेलको गिरफ्तारीप्रति जेनजी मुभमेन्ट नेपालको आपत्ति, तत्काल रिहाइको माग

    काठमाडौं । जेनजी मुभमेन्ट नेपालले युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । संगठनले यस कदमलाई गलत र आपत्तिजनक भन्दै तत्काल रिहाइको माग गरेको छ ।मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताइएको छ ।‘युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक कदम हो । अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो,’ प्रेस वक्तव्यमा उल्लेख छ ।वक्तव्यमा प्रध

    • प्रकाशित मितिः चैत २९, २०८२
    • २५८ पटक पढिएको
  • रोशन पोख्रेलको गिरफ्तारीप्रति जेनजी मुभमेन्ट नेपालको आपत्ति, तत्काल रिहाइको माग

    काठमाडौं—  जेनजी मुभमेन्ट नेपालले युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । संगठनले यस कदमलाई गलत र आपत्तिजनक भन्दै तत्काल रिहाइको माग गरेको छ ।मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताइएको छ ।‘युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक कदम हो । अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो,’ प्रेस वक्तव्यमा उल्लेख छ ।वक्तव्यमा

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ४७५ पटक पढिएको
  • कृषि नै विकासको प्रमुख आधार होः मन्त्री पौडेल

    काठमाडौं— बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको वास्तविक अर्थ जनताले अनुभूति गर्न नसक्ने बताएका छन् ।कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जस्तो देशका लागि कृषि नै विकासको प्रमुख आधार भएको उल्लेख गरे ।उनले भने, ‘स्थानिय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको अर्थ जनताले बुझ्न सक्दैनन् । हाम्रो जस्तो मुलुकको लागि विकासको सबैभन्दा महत्वपूर्ण कुरा जुन रोजगारीसँग जोडिएको छ त्यो कृषि नै हो । कृषि आधारित उद्योग र कृषि आधारित कर्म नै हाम्रो जस्तो मुलुकका लागि विकासको प्रमुख आधार

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ४४२ पटक पढिएको
  • चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

    काठमाडौं— चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।हाल कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासनको निर्णयसँगै कम्पनीले सर्वसाधारणलाई आफ्नो लगानीको हिस्सा बनाउने प्रक्रिया अघि बढाएको छ ।साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । यस्तै, सभाले आगामी कार्यकालका लागि ६ सदस्यीय नयाँ सञ्चाल

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ४६२ पटक पढिएको
  • अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा रूपन्देहीबाट २० जना पक्राउ

    बुटवल— रूपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध अनलाइन सट्टेबाजी (जुवा)मा संलग्न भएको आरोपमा २० जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, रूपन्देहीबाट खटिएको टोलीले तिलोत्तमाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । तिलोत्तमा नगरपालिका–७ बाट पक्राउ पर्नेमा ९ जना भारतीय नागरिक पनि छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका व्यक्ति रहेका प्रहरीले जनाएको छ ।उनीहरूको साथबाट ३ थान ल्यापटप, २० थान मोबाइल र ५ थान हिसाब राख्ने रजिस्टर बरामद गरिएको रूपन्देही प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।यस्तै, तिलोत्तमा–१५, कोटिहवाबाट ११ ज

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ५१९ पटक पढिएको
  • निवृत्तिभरण अधिकारपत्र नपाएको भन्दै कर्मचारीको गुनासो

    काठमाडौं— महालेखा नियन्त्रक कार्यालय अन्तर्गत कार्यरत एक कर्मचारीले आफूले समयमै सेवा निवृत्ति प्रक्रिया पूरा गरे पनि हालसम्म निवृत्तिभरण (पेन्सन) सम्बन्धी अधिकारपत्र नपाएको भन्दै गुनासो गरेका छन्।हर्ष बहादुर भण्डारीले कार्यालयमा निवेदन दिँदै आफूले २०४० सालमा नियुक्ति लिएर लामो समय सेवा गरेको र विभिन्न कार्यालय हुँदै काम गरेको उल्लेख गरेका छन्। निवेदनअनुसार उनले २०७६ सालमै राजीनामा पेश गरेका थिए, तर सो राजीनामा स्वीकृत भए–नभएको बारे स्पष्ट जानकारी नदिइएको आरोप लगाएका छन्।उनका अनुसार सेवा अवधिभर निरन्तर काम गर्दै आएको अवस्थामा अन्ततः बाध्यात्मक अवकाश दिइएको पत्र प्राप्त भएको भए पनि निवृत्तिभरण स

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १,०१९ पटक पढिएको
  • टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

    प्यूठान— प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक खण्डअन्तर्गत माण्डवी गाउँपालिका –५ रम्दीबेशी भन्ने ठाउँमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।माण्डवी गाउँपालिका –५ सिख्रे निवासी ४८ वर्षीय यामबहादुर घर्तीको उपचारको क्रममा प्यूठान अस्पताल विजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। ना ८ प २४२६ नम्वरको टिप्परले लु ५१ प २०९४ नम्वरको स्कुटरलाई ठक्कर दिएको थियो ।प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान जारी रहेको छ ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ४२८ पटक पढिएको
  • निर्माणाधीन रंगशालाको काम छिटो टुंग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन

    काठमाडौं— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रंगशालाको काम छिटो टुंग्याएर १०औँ राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् । आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकमा उनले रंगशालाको काम सकाउन बजेट समेत विनियोजन भइसकेको बताए ।रंगशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्त्रण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी र सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह गरे । “अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन, सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,” उनले भने ।उनले निर्माण व्यवसायीलाई कार्यतालिकाअनुसार काम अघि बढाउन र निश्चि

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ५२४ पटक पढिएको
  • पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव फेला

    धनुषा— धनुषाको कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला पारेको छ ।गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको आज बिहान करिब १० बजे सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।​जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमड चैत २८ गते पिकनिक गएकाको समयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले घटनास्थलबाट करिब ४० मिटर तल उनको शव फेला पारेको हो ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ४८१ पटक पढिएको
  • बालेन सरकारलाई सुनिता डंगोलको साथ, महानगरमा ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा

    काठमाडौं— इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ ।‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ,’ कार्यवाहक प्रमुख

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ४४२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.