धनुषा— धनुषाको कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला पारेको छ ।

गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको आज बिहान करिब १० बजे सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।​

जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमड चैत २८ गते पिकनिक गएकाको समयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले घटनास्थलबाट करिब ४० मिटर तल उनको शव फेला पारेको हो ।