समाज

    Showing २,९३१-२,९४० of ११,१६२ items.
  • टर्कीमा लगातार दोस्रो दिन गोलीकाण्ड, नौ जनाको मृत्यु

    एजेन्सी— टर्कीको दक्षिणी प्रान्त काहमानमारासको एक विद्यालयमा भएको गोलाबारीमा परी कम्तीमा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ। दुई दिनभित्र टर्कीका विद्यालयमा भएको यो दोस्रो घातक आक्रमण हो।दक्षिण टर्कीको आयसर चालिक माध्यमिक विद्यालयमा बुधबार एक १४ वर्षीय आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए। आन्तरिक मामिला मन्त्री मुस्तफा सिफ्चीका अनुसार आक्रमणमा ९ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।आक्रमणकारी १४ वर्षीय किशोरको पनि घटनाकै क्रममा मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारी ती किशोर प

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ५१६ पटक पढिएको
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई ६५ करोड ऋण दिन अदालतको आदेश

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड रुपैयाँ कर्जा दिन जिल्ला अदालत झापाले बैंकहरूलाई आदेश दिएको छ।न्यायाधीश लोकबहादुर हमालको इजलासले कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र गुडविल फाइनान्सलाई सहवित्तीयकरण सम्झौता अनुसार ऋण उपलब्ध गराउन तथा अस्पताल पूर्ण सञ्चालन नभएसम्मको ब्याज पुँजीकरण गर्न निर्देशन दिएको हो।अस्पतालले सम्झौता अनुसार कर्जा नपाएको भन्दै दायर गरेको रिटमा अदालतले बैंकहरूको पूर्व प्रतिबद्धता र परियोजनाको आवश्यकतालाई आधार मानेर यस्तो आदेश दिएको हो।बैंकहरूले भने ऋणीले किस्ता नतिरेको, कर्जा भाखा नाघेको र जोखिम बढेको भन्दै थप लगानी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ५४४ पटक पढिएको
  • एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

    काठमाडौं— पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसविचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो । अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु माथि परेको हो ।पछिल्लो पटक निगमले बिहीबार बिहान देखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रति लिटर ३० रुपैयाँ मूल्य बढाउने निर्णय गरेसँगै अब एक लिटर डिजेलको मूल्य १४२ रुपैयाँ पुगेको छ । गत चैत १ गतेको तुलनामा यो मूल्य ६६।९० प्रतिशतले धेरै हो

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ४७९ पटक पढिएको
  • वर्षको नौ महिनामा जम्मा २४ प्रतिशत मात्रै बजेट खर्च

    सुर्खेत— कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा जम्मा २४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ दशमलव २१ प्रतिशत विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । फागुन मसान्तसम्म १९ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले पछिल्लो एक महिना चार प्रतिशत बजेट खर्च गरेको छ ।३३ अर्ब १९ करोड ३६ लाख ५५ हजारको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले चैत मसान्तसम्म आठ अर्ब ३६ करोड २६ लाख ८१ हजार ८२ रुपैयाँ खर्च गरेको छ । यो कूल बजेटको २४ दशमलव २१ प्रतिशत हो ।कर्णाली प्रदेश सरकारले चालुतर्फ चार अर्ब ५४ करोड ७१ लाख २३ हजार २१९ रुपैयाँ खर्च ग

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ४८७ पटक पढिएको
  • आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

    काठमाडौं— सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि वैशाख २ गतेदेखि निष्कासन गर्ने तय भएकोमा सरकारले आइतबार सार्वजनिक बिदा दिएका कारण निष्कासनमा एक दिन ढिलाई भएको हो ।यस आईपीओमा लगानीकर्ताले छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता बाँडफाँट भइसकेको छ भने बाँकीमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर ३४

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ५१२ पटक पढिएको
  • सडक आश्रित व्यक्तिको अवस्था पहिचान गरेर मानवोचित व्यवस्थापन गर्नेछौँः कार्यवाहक प्रमुख डंगोल

    काठमाडौं—  ‘हरेक घटनाका ‘टु साइड स्टोरी’ हुन्छन् । काठमाडौंका सडकमा मानिसहरू किन माग्न आउँछन् भन्ने विषयमा पनि यस्ता स्टोरी छन् । सडकमा माग्न बस्नेहरूको आर्थिक, सामाजिक, पारिवारिक स्थिति, व्यक्तिको मानसिक तथा शारीरिक अवस्था र आदत जस्ता पक्षका आधारमा व्यवस्थापन गरेर काठमाडौंलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने योजनामा छौँ ।’ काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान पशुपति क्षेत्रमा सहयोगापेक्षीको अवस्थाको स्थलगत अवलोकन गरिसकेपछि यस्तो योजना सुनाइन् । अवलोकनका क्रममा पशुपति क्षेत्रका सुरक्षाकर्मीले माग्नका लागि मोटरसाइकल चढेर व्यक्तिहरू आउने गरेको अनुभव सु

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ४९० पटक पढिएको
  • ‘महाराजाधिराज’मा ‘महारानी’को रूपमा भित्रिइन् केकी

    काठमाडौं— निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजाधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजाधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् ।‘महाराजाधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,’ ‘महाराजाधिराज’का प्रस्तुतिकर्ता बिराज विष्टले भनेका छन् ।तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजाधिराज’मा अनुबन्ध भएकी हुन् । केकीको प्रवेशसँगै यो सिनेमा थप बलियो बन्ने पक्का भएको यसको लाइनअपले देखाएको छ ।केही दिनअगाडि मात्रै यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । निर्माण पक्षले नयाँ वर्षको अवसर पारे

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ४७४ पटक पढिएको
  • पाहुनालाई स्वागत गर्न तैयार एक मुठ्ठी बादल परिवार

    काठमाडौं— एक मुठ्ठी बादलः मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा पारिवारिक रहेको संकेत गर्छ ।पोस्टरको केन्द्रमा आँचल शर्मा छन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन् । घर भित्र सजिएको अवस्थामा रहेका उनीहरूको लवाइले कसैलाई स्वागत गर्न पर्खेझैँ देखिन्छ । यो पोस्टरले त्यो क्षण समात्छ, जब पाहुनाहरू आउनुअघि सबै जना तयार भएर बसिरहेका हुन्छन्। तर पाहुनाहरूले घरभित्र पस्दा, उनीहरूले मात्र घर होइन, घरभित्रका कुराकानी र मौनता पनि देख्छन् ।पोस्टरको अग्र भागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईँ छन् भन

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ५१३ पटक पढिएको
  • यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

    काठमाडौं— यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताए । उनले भने,“यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत रु १९ करोड २४ लाख २२ हजार २७०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु तीन करोड ७४ लाख ९२ हजार २३४, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु २३ लाख २९ हजार ९९० र अन्य प्रशासनिक सेवा शुल्कबापत रु सात लाख ७१ हजार ५२८

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ४६२ पटक पढिएको
  • केएमसीमा मस्तिष्कको जटिल शल्यक्रिया सफल

    काठमाडौं— काठमाडौं मेडिकल कलेजमा मस्तिष्कको जटिल शल्यक्रिया सफल भएको छ। इटहरीकी ५२ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा जटिल शल्यक्रिया सम्पन्न भएको हो।अचानक दिमागमा रगत बग्ने गम्भीर समस्या लिएर आपतकालीन कक्षमा ल्याइएकी ती महिलाको मस्तिष्कमा तीन वटा एन्युरिज्म (नसा फुल्ने समस्या) देखिएको थियो भने एउटा फुटेर रगत बगेको थियो।यस्तो समस्याको उपचार टाउको नखोलिकन संभव भएको अस्पतालका न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलले बताए।‘चिकित्सक टोलीले छिटो निर्णय गर्दै अत्याधुनिक बाइप्लेन क्याथ ल्याबमा कोइलिङ विधि प्रयोग गरेर फुटेको एन्युरिज्मको उपचार गर्‍यो र रगत बग्न रोकेको थियो,’ डा.पौडेलले भने, 'बाँकी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ४६९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.