समाज

    Showing 2,871-2,880 of 6,735 items.
  • सङ्खुवासभामा आफन्तको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

     सङ्खुवासभा— सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा खुकुरी प्रहारबाट एक जना शिक्षक गम्भीर घाइते भएका छन्। जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि आफन्त फुपूका छोराहरूले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।घटनामा शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनलाई सुरुमा जिल्ला अस्पताल खाँदबारी लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सामान्य विवादपछि जाँडरक्सी सेवन गरेका आफन्त स

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 573 पटक पढिएको
  • राजेश महतो भन्छन् : जेनजी आन्दोलनमा भाईलाई गोली लाग्यो, दुईवटै खुट्टा नचल्ने भयो

    काठमाडौं । जेनजी आन्दोलनका कारण घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।गत भदौ २३ गते काठमाडौं बानेश्वरमा कम्मरमा गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको भने दुईवटै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको छ ।राकेशका दाजु राजेशका अनुसार गोली लागेका भाइको दुईवटै खुट्टा प्यारालाइसिस हुने संभावना बढेको जानकारी दिए ।‘भाईलाई काठमाडौंमा राखेर पढाइरहेका थियौं । सरकारी जागिरका लागि लोकसेवाको तयारी गरिरहेको थियो । उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरुले जानकारी दिनुभएको छ । घरमा आमा पनि विरामी हुनुहुन्छ, कमाइ गर्ने म

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 328 पटक पढिएको
  • गाउँमा नर्सरी, काठमाडौंमा व्यापार

    रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिएका छन् । भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका फूल, फलफूल तथा सजावटका बिरुवाहरू अहिले काठमाडौं लगायत देशभर पुगेका छन् । लामो समयसम्म बाँझे बसेको आफ्नै जमिनमा दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) निर्माण गरी सो फर्मले व्यावसायिक रूपमा बिरुवा उत्पादन गरी बिक्री गरिहरेको छ । फर्ममा उत्पादित बिरुवा सबै काठमाडौं जाने फर्ममा काम गर्ने कर्मचारी बताउँछन् । आफ्नो जीवन नै फलफूल नर्सरीमा बितेको नर्सरीक

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 213 पटक पढिएको
  • वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान

    वीरगन्ज, १७ असोज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।शुक्रबार बिहान गाउँपालिकाको टिहुनी झलमहिया–भिष्ण सडकखण्डमा अवस्थित वडा कार्यालयभन्दा करिब सय मिटर पश्चिमतर्फको पुलनजिकै जयमंगलापुरका २७ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कानुले चलाएको भारतीय नम्बर प्लेट  ( १२७३) रहेको मोटरसाइकल पुलबाट पोखरीमा खस्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।मोटरसाइकल शव नजिकै फेला परेको र मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको कारण मृत्यु दुर्घट

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 220 पटक पढिएको
  • जेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो

    काठमाडौं –  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा अझै वेहोस छन् ।भक्तपुरको मध्यपुर अस्पतालमा उपचार असंम्भव भएपछि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी रहेपनि उनी अझै अचेत अवस्थामा छन् । तर सरकारले आन्दोलनबाट घाइते भएको होइन भन्दै उपचारमा सहयोग गर्न असमर्थ रहेको परिवारले जानकारी दिएको छ ।घाइते थापाकी श्रीमती यमकला ठकुरी भन्छिन्, ‘२४ गतेको आन्दोलनमा उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । दोब्बर अपरेशसन भइसकेपनि होस खुलेको छैन् । एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ । सरकारले उहाँलाई आन्दोलनकारी नभएको भनिरहेको छ तर उहाँसँग र

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 349 पटक पढिएको
  • पर्साको जयमंगलापुरमा युवकको शव फेला, दुर्घटनाको आशंका

    पर्सा— पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। शुक्रबार बिहान झलमहिया र भिस्वा जोड्ने सडकखण्डको कल्भर्टमुनि २७ वर्षीय रमेश साह कानुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।मृतक रमेश सोही वडाका स्थायी बासिन्दा हुन्। उनी भारतीय नम्बर प्लेट वीर आर २२ ए एल १२७३ भएको मोटरसाइकलसहित कल्भर्टमुनि पानीमा फेला परेका थिए।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले घटनास्थलको प्रारम्भिक निरीक्षण र मृतकको शारीरिक अवस्था हेर्दा मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको अनुमान गरिएको जानकारी दिए। यद्यपि घटनाबारे थप अनुसन्धान जारी रह

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 524 पटक पढिएको
  • जडिबुटीको मूल्य नपाएपछि भोजपुरका किसानको गुनासो

    भोजपुर— भोजपुरका कृषकहरूले उत्पादन गरेको जडिबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्। जिल्लाको माथिल्लो भेगमा चिराइतो, सतुवा, अलैंची, टिमुरलगायतका बहुमूल्य जडिबुटी व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। तर, बजार मूल्य नपाउँदा किसानहरू मारमा परेका छन्।स्थानीय किसानहरूका अनुसार जडिबुटीको मूल्य निर्धारणबारे स्पष्ट जानकारी नहुँदा र सरकारी निकायले मूल्य तोक्ने प्रक्रिया नल्याउँदा विचौलियाहरूले मनपरी मूल्यमा जडिबुटी खरिद गरिरहेका छन्।कृषक निमा शेर्पाले चिराइतो, सतुवा र अलैंचीको व्यावसायिक खेती गरे पनि मूल्य निर्धारण नभएको कारण घाटामा बेच्न बाध्य भएको बताइन्। “विचौलियाकै भर पर्नुपर्छ, हामीले उत्पादन

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 527 पटक पढिएको
  • अविरल वर्षापछि आएको बाढी र पहिरोले राजमार्ग अवरुद्ध हुँदा नेपाल–चीन नाका बन्द

    काठमाडौं— अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न पाँच स्थानमा राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प छ । आज बिहानसम्म संखुवासभा, रसुवा र सिन्धुपाल्चोकका मुख्य सडक बन्द भएपछि नेपाल–चीन जोड्ने सीमा नाका समेत सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।जसनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरुद्ध भएको छ । रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीले सडक बगाउँदा पासाङल्हामु राजमार्गमार्फत चीनसँगको सीमा नाका समेत ठप्प छ ।त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलामा खसेको ठूलो पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 493 पटक पढिएको
  • नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा आन्तरिक हवाई भाडादर सार्वजनिक, कहाँ जान कति तिर्नु पर्छ ?

    काठमाडौं—  नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर तोकको छ। दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर तोकेको हो।सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ।यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ ।हेर्नुहोस् हवाई भाडा

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 573 पटक पढिएको
  • रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु

    रामेछाप –  रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पु¥याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 298 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा