काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोसी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको छ । 

मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।

यस्तै, आज राती देशका हिमाली भूभागमा साधारणता बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल  लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।