काठमाडौं— काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनाधीकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ । महानगरले शुक्रबार गौशाला,तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका अनाधीकृतमाथि डोजर लगाएको हो ।
सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए । उनले कोषबाट अनुरोध भए अनुसार नै अनाधीकृत संरचना हटाइएको उल्लेख गरे ।
केहि समय अघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनाधीकृत संरचना हटाउने कार्य राकिएकोमा अब भने तीव्रताका साथ काम अघि बढ्ने उनले बताए ।
महानगरभित्र कवाडी व्यवसाय गर्न नपाइने नीति रहेकाले अब कडाइका साथ कवाडी हटाइने जोशीले बताए।






































