समाज

    Showing 2,671-2,680 of 10,003 items.
  • बाजुरामा शान्तिपूर्ण निर्वाचन, मतदान धमाधम

    बाजुरा— बाजुरामा अहिलेसम्म करिब ३४ हजार बढी मत खसेको छ । जिल्लामा ७७ मतदान स्थलका ११८ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्रमा सो सङ्ख्यामा मत खसेको हो ।विहान ७ बजेदेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भइरहेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।विहान ७ बजेदेखि दिउँसो १ बजे करिब ३४ हजार बढी मत खसेको हो । निर्वाचन भयरहित वातावरणमा भइरहेको छ । जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उच्च जोखिममा रहेका मतदान स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको उनले जानकारी दिए।जिल्ला निर्वाचन अधिकारी भीमबहादु

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 473 पटक पढिएको
  • मुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो

    मुगु— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा मुगुमा ४३.५८ प्रतिशत मत खसेको छ ।मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो ।जसमा ८हजार ९७ महिला र ७हजार ६ सय ८ पुरुषले मताधिकार प्रयोग गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 439 पटक पढिएको
  • वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द

    काठमाडौं— मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण हवाई क्षेत्र बन्द हुँदा नेपाल वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ । निगमले बिहीबार सूचना जारी गर्दै २०८२ फागुन २१ गतेका लागि तय गरिएको काठमाडौं–दोहा उडान र २०८२ फागुन २२ गतेका लागि तय गरिएको दोहा–काठमाडौं उडान रद्द गरिएको जानकारी दिएको हो ।मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा अवस्थाका कारण केही हवाई मार्ग बन्द भएकाले उडान सञ्चालन गर्न नसकिएको निगमले जनाएको छ । यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना समेत व्यक्त गरेको छ ।निगमका अनुसार मध्यपूर्वका दुबई, दोहा र दमाम गन्तव्यका आगामी उडानबारे जानकारी ल

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 477 पटक पढिएको
  • वडाध्यक्षमाथि एमाले कार्यकर्ताद्वारा कुटपिट

    कैलाली— कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु)माथि आक्रमण भएको छ।वडा नम्बर–१० स्थित शंकर प्राबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा वडाध्यक्ष शाहीमाथी आक्रमण भएको हो।उनलाई एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप कांग्रेसले लगाएको छ। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।२०७९ को निर्वाचनमा शाहीसँग एमालेबाट वडाध्यक्षमा पराजित राम भण्डारीको समूहले ढुंगा प्रहार गरेको बताइएको छ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 465 पटक पढिएको
  • बर्दिवासमा लफडापछि मतदान स्थगित, सुचारु गर्ने प्रयास जारी

    बर्दिवास— महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बर्दिवास नगरपालिका ७ स्थित राष्ट्रिय मा.वि. प्रेमनगरमा रहेको मतदान केन्द्रमा दोहोरो विवादपछि मतदान स्थगित भएको छ ।उक्त केन्द्रमा पुनः मतदान सुचारुको प्रयास भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । केहि कुरामा असहमति भएकोमा निर्वाचन टोलीले असहमति सुल्झाउने प्रयास गरिरहेको पनि उनको भनाइ छ । सोहि मतदान केन्द्रमा वडाअध्यक्ष भोरिल यादव सामान्य घाईते भएको स्थानियहरुले जनाएका छन् । महोत्तरीमा हालसम्म करिब २५ प्रतिशत मतदान सम्पन्न भैसकेको जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 501 पटक पढिएको
  • ओमप्रकाश अर्यालले गरे मतदान, देशभर शान्तिपूर्ण मतदान भइरहेको दाबी

    काठमाडौं—  गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन् । उनले अहिलेसम्म अधिकांश स्थानमा सामान्य तरिकाले मतदान भइरहेको र सरकार निर्वाचन गराउन सफल भएकोमा उत्साहित रहेको बताए ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 414 पटक पढिएको
  • बालेन सवार हेलिकोप्टर झापा नबसी किन फर्कियो काठमाडौं ? कारण यस्तो

    काठमाडौं — बालेन्द्र शाह सवार हेलिकोप्टर झापामा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको छ।शाहलाई लिएर गएको हेलिकोप्टर झापा जाने क्रममा खराब मौसमका कारण अवतरण गर्न नसकी पुनः काठमाडौं फर्किएको हो।बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर झापामा मौसम अनुकूल नभएपछि अवतरण नगरी फर्काइएको विमानस्थल स्रोतले जनाएको छ। हेलिकोप्टर पछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 494 पटक पढिएको
  • शोकबीच पनि मतदान: एकै घरका १० जना मतदान केन्द्रमा

    सिन्धुली  ।  दुधौली नगरपालिका वडा नं. १ स्थित श्री माध्यमिक विद्यालय गिचिहानी मतदान केन्द्रमा क्रियामा बसेकै अवस्थामा एकै घरका १० जनाले मतदान गरेका छन्।बुबाको निधनपछि क्रिया बसेको आठौँ दिनमा पनि परिवारका सदस्यले आफ्नो मताधिकार प्रयोग गरेका हुन्। परिवारका सदस्य बिहान करिब ८ बजे मतदान केन्द्र पुगेर भोट खसालेका थिए।छोरा काजी प्रसाद फुयालका अनुसार घरमा रहेका दुई आमा, तीन छोरा, तीन बुहारी, एक छोरी र उनी स्वयं गरी १० जनाले मतदान गरेका हुन्। बुबाको शोकका बीच पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्न पाउँदा खुसी लागेको फुयालले बताए।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 787 पटक पढिएको
  • सर्लाही–४ को बसबरियामा विवादपछि रोकिएको मतदान पुनः सुरु

    रौतहट— सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो ।प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको उक्त केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबीच सामान्य विषयलाई लिएर भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको थियो । विवाद बढ्दै गएपछि मतदान अधिकृतले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही समयका लागि मतदान स्थगित गरेका थिए।घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहर

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 441 पटक पढिएको
  • सुदूरपश्चिममा प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरु

    काठमाडौं— सुदूरपश्चिममा प्रतिनिधि सभाको निर्वाचन सुरु भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका २ हजार १ सय ९९ वटै मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मि पुगिसकेका छन् ।प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार तोकेको समयमै सबै क्षेत्रमा निर्वाचन सुरु भएको विवरण प्राप्त भएको छ ।सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र दार्चुलाका केही मतदान स्थलमा ईन्टरनेट र फोन सेवा उपलब्ध नरहेको अवस्थामा सुरक्षा निकायको सञ्चार सेटबाट सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एसएसपि पदम् व

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 336 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.