विराटनगर— झापा, सुनसरी र इलामबाट बैशाख १० गते लागू औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका-४ को दुई छुट्टाछुट्टै स्थानमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न पाचँथर फिदिमका भिमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र भद्रपुर-५ का सुमन मुखियालाई पक्राउ गरेको छ भने प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ बाट शिवसताक्षी नगरपालिका-११ का मदन मिश्रलाई ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै सुनसरीको धरान-८ बाट अस्थायी प्रहरी पोष्ट वरगाछीले सोहि स्थानका तुफान बिश्वकर्मलाई ३ ग्राम ९३० सहित र जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका(१ बाट बराक्षेत्र नगरपालिका-३ का जिवन कार्की, अनिल राजधामी, ईटहरी-७ का राजेश चौधरी र नविन चौधरीलाई २ ग्राम १९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यस्तै इलामको इलाम नगरपालिका-९ बाट जिल्ला प्रहरी कार्यालय इलामले सोही स्थानका सुधिर अधिकारी र निजको श्रीमती पार्वता चौहान अधिकारीलाई १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनसन्धान भईरहेको छ ।






































