काठमाडौं— जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम अनुकूल नभएकाले उत्पादनमा २० प्रतिशतले कमी आएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो ।केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२/८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गर्दा प्रतिहेक्टर तीन दशमलव एक मेट्रिकटन उत्पादन हुनुपर्नेमा दुई दशमलव ४८ मेट्रिकटन भएको जानकारी दिए । उनका अनुसार चालु आवमा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ । उत्पादित गहुँ स्तरीय भएकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल रु चार हजारका दरले बिक
काठमाडौं— इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग जारी द्वन्द्व र क्षेत्रीय तनाव अन्त्य गर्ने उद्देश्यले एक नयाँ शान्ति प्रस्ताव अगाडि सारेका छन्।यो प्रस्तावबारे जानकारी गराउन उनले विगत दुई दिनदेखि एसिया, युरोप र मध्यपूर्वी देशका आफ्ना समकक्षीहरूसँग टेलिफोन वार्ता गरिरहेका छन्।इरानी विदेश मन्त्तालयका अनुसार अराघचीले शुक्रबार र शनिबार टर्की, साउदी अरेबिया, कतार, इजिप्ट, इराक, रुस, अजरबैजान, दक्षिण कोरिया, जापान, फ्रान्स र इटलीका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।साथै उनले युरोपेली संघका परराष्ट्र नीति प्रमुखसँग पनि परामर्श गर्दै अमेरिकासँग सम्भावित स्थायी युद्धविर
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् ।आइतबार काठमाडौंमा निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका प्रतिनिधिहरुसँग छलफल गर्दै सभापति लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन् ।निजी क्षेत्रका प्रतिनिधिहरुको चासो सुनेपछि सभापति लामिछानेले भने– ‘निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईहरुसँग बस्न चाहेको हुँ । तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदै
काठमाडौं— भारतीय रिजर्भ बैंक (आरबीआई) का कार्यकारी निर्देशक रोहित जैनलाई डेपुटी गभर्नर पदमा नियुक्त गरेको छ।भारत सरकारले केन्द्रीय बैंकको डेपुटी गभर्नरमा जैनलाई शनिबार नियुक्त गरेको हो । जैनले आइतबारदेखि कार्यभार सम्हालेका छन् । उनको कार्यकाल तीन वर्षको हुनेछ ।जैनले केन्द्रीय बैंकमा करिब ३० वर्ष सेवा गरिसकेका छन् । यसअघि उनले कार्यकारी निर्देशकको रूपमा बैंकिङ सुपरीवेक्षण लगायतका विभिन्न महत्वपूर्ण विभागहरूको जिम्मेवारी सम्हाल्दै आएका थिए।भारत सरकारले टी. रवि शंकरको कार्यकाल शनिबार सकिएपछि उनी रहेको डेपुटी गभर्नर पदमा जैनलाई नियुक्त गरेको हो ।रवि शंकर सन् २०२१ मा डेपुटी गभर्नर नियुक्त भएका थिए
काठमाडौं— नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समूदायको ङारदिम (थातथलो)मा ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ।‘कुलपरम्परा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहासको खोजी हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ शुक्रबार ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला सम्पन्न भएको हो ।तामाङ समुदायभित्र पर्ने ग्लान वंशको पहिचान र इतिहासको खोजीका क्रममा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–नाम्सापुरानस्थित क्षेत्रलाई ग्लान समुदायको उद्गमस्थलका रूपमा मानिएको छ । पछिल्लो समय ग्लान वंशका सदस्यहरूले सो स्थानलाई ऐतिहासिक थलोको रूपमा स्वीकार गर्दै ग्लान समुदायको ङारदिम
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए ।पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उनले बताए ।बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पार
काठमाडौं— काठमाडौं अनामनगरस्थित धोवीखोला किनारमा रहेको चर्चित साततले भवनमा अन्ततः डोजर चलाइएको छ ।आइतबार खोला तथा नदी किनारामा बनेका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत उक्त भवन भत्काउने काम गरिएको हो ।घरधनीले नक्सा पास भएको र नियमित कर तिर्दै आएको दाबी गरेपछि सरकारले उक्त विषयमा थप अध्ययन गरेको थियो ।धोवीखोला किनारामा विगतदेखि नै अनधिकृत संरचना बढ्दै जाँदा पानीको बहाव अवरुद्ध हुने, बाढीको जोखिम बढ्ने र वातावरणीय समस्या उत्पन्न हुने गरेको थियो। सोही समस्यालाई ध्यानमा राख्दै सरकारले अतिक्रमण हटाउने अभियान तीव्र बनाएको हो।यस अभियानअन्तर्गत अन्य संरचनाहरू पनि क्रमशः हटाइने सम्बन्धित निकायले जन
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ । काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा सो बैठक सुरु भएको हो ।बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि, २०८३ सम्बन्धमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।नेताहरूले पार्टी संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयमा छलफल हुने जानकारी दिएका छन्
काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईँले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन शाहप्रति लक्षित टिप्पणी गरेका हुन् । उनले सुकुम्वासी बस्ती हटाउन डोजर चलाउनु भन्दा लिपुलेक–कालापानी क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।उनले भने, ‘भोलीदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन् । नेपाली सेनालाई त्यहाँ पठाउनु नि ? आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेन शाहल
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । वैशाख ७ गते ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने सभापति लामिछानेको प्रस्ताव पारित भएको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.