काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । वैशाख ७ गते ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने सभापति लामिछानेको प्रस्ताव पारित भएको थियो ।






































