काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ । काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा सो बैठक सुरु भएको हो ।बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि, २०८३ सम्बन्धमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

नेताहरूले पार्टी संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयमा छलफल हुने जानकारी दिएका छन्