काठमाडौं— आज माघ शुक्ल पक्षमा पर्ने भीमा एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । अन्य एकादशीहरू जस्तै भीमा एकादशीलाई पनि पाप हरण गर्ने तथा भोग र मोक्ष दुवै प्रदान गर्ने महत्त्वपूर्ण एकादशीका रूपमा लिइन्छ ।महाभारतकालदेखि नै भीमा एकादशीको विशेष महत्त्व रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । कुन्तीपुत्र भीमले यस दिन व्रत बसेको प्रसङ्गसँगै यस एकादशीको नाम ‘भीमा एकादशी’ रहन गएको विश्वास गरिन्छ ।गरुड पुराणअनुसार भीम अत्यन्त बलवान, मोटा र खन्चुवा स्वभावका थिए, जसका कारण उनले व्रत बस्न सक्लान् भन्नेमा धेरैलाई शंका थियो । तर भीमले ठूलो त्याग र समर्पणका साथ एकादशी व्रत बसेपछि माघ शुक्ल एकादशीको नाम
काठमाडौं— नेपाल पत्रकार महासंघले बुधवार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ ।श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट सुनुवाइ नभएपछि महासंघले बुधवार तालाबन्दी गरेको हो ।महासंघले नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा सिईओको कार्यकक्षमा तालाबन्दी गर्दै श्रम ऐनअनुसार सेवा–सुविधा, पारिश्रमिक तथा श्रम सम्झौता कार्यान्वयन गर्न माग गरेको जनाएको छ ।महासंघका अनुसार लामो समयदेखि संवादको पहल हुँदाहुँदै पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दीको कदम चाल्नुपरेको हो । उता, नागरिक दैनिकको व्यवस्थापन पक्षले भने उल्टै नेपाल पत्रकार महासंघको
काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा तोकिएको छ ।यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७२ पैसा र बिक्रीदर १९१ रुपैय
काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का हिमपात र वर्
काठमाडौं— आज २०८२ साल माघ १५ गते बिहीबार माघ शुक्ल पक्षको एकादशी तिथि ।मेषः दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । साथीको साथ मिल्नेछ ।वृषः तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।मिथुनः मन शान्त बन्नेछ । स्वदेशको लगानीबाट फाइदा हुनेछ । लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ । रोगले सताउने छ । शिक्षाको लगानीबाट नाफा क
काठमाडौं— प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर ३ यसपटक विशेष चासोको केन्द्र बनेको छ ।हाइ–प्रोफाइल उम्मेदवारहरूको उपस्थितिले यो क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिएको छ । खासगरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका कुलमान घिसिङको प्रवेशसँगै यहाँको चुनावी सरगर्मी फरक बन्ने अनुमान गरिएको छ ।पूर्वमन्त्री तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा चर्चित घिसिङ सुशासन, कार्यसम्पादन क्षमता र इमानदार सार्वजनिक छविका कारण आम मतदातामाझ लोकप्रिय मानिन्छन् ।दशकौँसम्म मुलुकले भोग्दै आएको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न उनले खेलेको भूमिकाले उ
काठमाडौं— राष्ट्रिय सभाका सदस्य नारायण दत्त भट्टले वर्तमान राजनीतिक नेतृत्व र लोकतान्त्रिक अभ्यासप्रति कडा टिप्पणी गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै भट्टले सरकार र राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए ।उनले प्रधानमन्त्री सुशिला कार्की प्रति संकेत गर्दै नागरिक अगुवाहरूको सरकार बने–नबनेको आफूलाई स्पष्ट नभए पनि वरिपरि “घण्टी नै घण्टी फलाउने” प्रवृत्ति देखिएको टिप्पणी गरे । भट्टले आफूलाई समाजको ‘नायक’ ठान्दै अरूमाथि नैतिक प्रश्न उठाउने तर जिम्मेवारीबाट भागेर पुनः दलकै नाममा सत्तोसराप गर्ने प्रवृत्तिको आलोचना गरे ।पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प
काठमाडौं— बुधबार सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ५ अंकले बढेर परिसुचक २७३१ मा पुगेको हो ।यसदिन कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४९ करोडको कारोबार भएको हो ।कारोबारमा आएका १४१ कम्पनीको मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ । यस्तै आज ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।कारोबार रकमका आधारमा यसदिन आखुखोला जलविद्युत, राधी विद्युत, एसवाई प्यानल, युनाइटेड मोदि हाइड्रोपावर अगाडि रहे ।आज कर्पोरेड डेव्लपमेन्ट बैंक, आखुखोला जलविद्युत र मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने पिपुल्स पावर र बुद्धभुमी हाइड्रोको सेयर ९ प्रतिशतले बढ्यो
चितवन— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लिखित र अन्तर्वार्ता परीक्षामार्फत वैकल्पिकसहित दुई हजार ९४० जनाको नाम प्रकाशित गरिएको हो । एक सय ७४ जनाको नाम वैकल्पिकमा राखिएको छ । उनीहरूलाई यही माघ १८ गतेदेखि तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइने उनले जानकारी दिए ।उनका अनुसार निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बल नेपालतर्फ ३२५ जना निर्वाचन
रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रामेछापमा निर्वाचन परिचालनको लागि १ हजार ३ सय ९९ सदस्यीय कमिटी बनाएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि होमबहादुर बुढाथोकीको संयोजकत्वमा १ हजार ३ सय ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाइएको निर्वाचन परिचालन कमिटीका प्रवक्ता झम्क कँडेलले जानकारी दिए ।कमिटीमा पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका नेताहरू समावेश गरिएको उनले बताए । यस अघि संविधान सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यमा समेत निर्वाचित भएर कुशलतापूर्वक काम गरेका कारण नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठ कुशलले रामेछापमा विजय प्राप्त गर्ने उनले दाबी गरे ।उम्मेदवार श्रेष
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.