समाज

    Showing २,०७१-२,०८० of ११,१६२ items.
  • प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

    काठमाडौं—  संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ ।मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको रूपमा सर्वसम्मतले अनुमोदन गरेको हो ।गत वैशाख २४ गते संवैधानिक परिषद बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ५१४ पटक पढिएको
  • प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित

    काठमाडौं— प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।सिंहदरबारमा बिहान ११ बजेबाट सुरु भएको बैठक १५ मिनेटको लागि स्थगित गरीको हो ।विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री नआएसम्म बजेटको सिद्धान्त र प्राथमिकता बारेमा नबोल्ने बताएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ४९४ पटक पढिएको
  • प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। आफ्नो २० वर्षको संसदीय अभ्यासमा पहिलोपटक अर्थमन्त्रीविना नै प्रि–बजेट छलफल भएको देखेको भन्दै सांसद सिंहले आपत्ति जनाए।नयाँपनको नाममा संसदीय परम्परा भत्काउँदै जाँदा संसद्को औचित्य नै समाप्त हुने भन्दै उनले चिन्ता व्यक्त गरे।उनले भने,‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन। बजेटको विनियोजन प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ४८३ पटक पढिएको
  • विपिन कार्की भन्छन चलचित्र ‘काजी’ घर–घरको कथा हो, दर्शक निराश हुनुहुन्न

    काठमाडौं— आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् ।विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताए । उनका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो ।उनले भने, ‘पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो। अहिले बनेको कथा फरक स्वादको छ,

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ६७२ पटक पढिएको
  • बाजुरामा बेपत्ता महिला मृत फेला

    बाजुरा— बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका- ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा (शाही) बेपत्ता भएको करिब १० दिन पछि मृत भेटिएकी हुन् ।श्रीमान् सँग झैँ-झगडा भई २०८३ वैशाख २६ गते घर बाट माइतीघर जान्छु भनी गएकी शाही माइतीघर पनि नगई बेपत्ता भएकी थिइन् । आफन्त छर छिमेकमा खोजतलास गर्दा फेला नपरेपछि उनका दाइ नर बहादुर बुढाले हुलिया सहित प्रहरीमा निवेदन दिएका थिए ।प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आज मंगलबार बिहान कालिकोटको त्रिवेणी गाउँपालिका २ आमतडा स्थित कर्णाली नदिको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ५२२ पटक पढिएको
  • भूमिहीन सुकुम्वासीलाई सम्मानजनक बसोबासतर्फ लैजान सरकारको प्रयासः सांसद खनाल

    काठमाडौं— रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबासतर्फ लैजान प्रयास गरिरहेको दाबी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासमा वर्षौंदेखि राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाएका हुन् ।उनले भने, ‘भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसेवासमा नाममा बसैँदेखि राजनीतिक गदै आएकाहरूले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसेवासमा बसिरहेकाहरूलाई एथा स्थिति मौ बसिरहन चाही रहेका छन् ।’सांसद खनालले पछिल्लो समय देशभर सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई सडकमा ल्याउन खोज्दैछ भन्ने भ्रम फैल

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ५८९ पटक पढिएको
  • मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका निजी तथा सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी न्यूनतम पारिश्रमिक र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको जानकारी गराइन् । उनले स्वास्थ्य मन्त्रालयले पटक पटक निर्देशन दिए पनि धेरै अस्पतालले सरकारी मापदण्डअनुसार पारिश्रमिक उपलब्ध नगराएको बताइन् ।सांसद ढकालले प्रश्न गर्दै भनिन्, ‘जसले नागरिकको जीवन बचाउने जिम्मेवारी वहन गरेका छन्, तिनै स्वास

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ५११ पटक पढिएको
  • इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

    काठमाडौं— इजरायल रोजगारीको सपना बोकेर विगत दुई वर्षदेखि पर्खाइमा रहेका योग्य उम्मेदवारहरू सरकारले आफ्नो पूर्वआश्वासनविपरीत कार्य गर्न खोजेको भन्दै सडक आन्दोलनमा उत्रिएका छन्।मंगलबार काठमाडौँको माइतीघरमा वैदेशिक रोजगार विभागको ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण चरम अन्योलमा परेको भन्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।वि.सं. २०८१ को गोलाप्रथा (लकी ड्र) मा छनोट हुन नसकेका तर सम्पूर्ण प्रक्रिया पूरा गरेर बसेका उम्मेदवारहरूलाई नयाँ खुल्ने कोटामा स्वतः समावेश गरिने आश्वासन वैदेशिक रोजगार विभागका उच्च अधिकारीहरूले निरन्तर दिँदै आएका थिए।तर, हालै सञ्चारमाध्यमहरूमा इजरायलका लागि २ हजार ३००

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ७५८ पटक पढिएको
  • नाइजेरियाली महिलासम्बन्धी विवादले संसद ततायो, सांसद कार्कीमाथि कारबाही माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद  कृष्ण कुमार कार्की विरुद्ध उठेको विवाद प्रतिनिधि सभासम्म पुगेको छ।मंगलबार बसेको संसद बैठकमा नेकपा (एमाले) की सांसद पार्वती विकले सामाजिक सञ्जालमा चर्चामा रहेको आरोपबारे सरकारको ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्।सांसद कार्कीमाथि एक नाइजेरियाली महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लागेपछि विषयले राजनीतिक तरंग पैदा गरेको हो। संसदमा बोल्दै विकले यस्ता घटनाले नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छविमा असर पुग्ने बताइन्। उनले निष्पक्ष छानबिन गरी आरोप पुष्टि भए कानुनी तथा संसदीय कारबाही गर्न सरकारसँग माग गरिन

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १,५८१ पटक पढिएको
  • इलामका पहिरो पीडितको पुनर्निर्माणमा बजेट न्यून भएको सांसद राईको आपत्ति

    काठमाडौं— नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुनः अर्को विपद्को मौसम सुरु हुन लागेकाले तत्काल पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराए ।११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएकोमा सरकारले जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको भन्दै पुनर्निर्माणको काम सुस्त गति र न्यून बजेटप्रति असन्तुष्टि जनाए ।उनले भने,‘विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमा

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ६४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.