काठमाडौँ / काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायतका समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।फोरमको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकरी दिए । प्रधानमन्त्रीसँग जतिसक्दो चाँडो भेटघाटको समय मिलाएर उपत्यकाको फोहोर व्यवस्थापन, सडकबत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।बैठकले गत भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकका क्रममा फोरमका पदाधिकारी
काठमाडौं / नेपालमा बोलिने १२४ भाषाको संरक्षण, मातृभाषा पत्रकारिताको विकास तथा भाषा, संस्कृति, पहिचान, मानव अधिकार र लोकतन्त्रको सुदृढीकरणका लागि तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०८३ ले १९ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।नेपालसहित विभिन्न देशका पत्रकार तथा सञ्चार प्रतिनिधिले घोषणापत्रमा हस्ताक्षर गरी अनुमोदन गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न सम्मेलनमा मातृभाषा पत्रकारिता, भाषिक अधिकार, जलवायु न्याय, वन व्यवस्थापन, आदिवासी ज्ञान तथा सञ्चारमाध्यममा स
डोल्पा / हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र दुई बच्चासहित तीनवटा हिउँ चितुवा एकैसाथ देखिएका हुन् । वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा करिब ४० मिटरको दूरीबाट तीन वटा हिउँ चितुवा देखेको बताए । साँझ ५ बजेर ५३ मिनेटमा बाटोमा हिँडिरहेका बेला अचानक हिउँ चितुवा देखेपछि नेपालीले तत्कालै मोबाइलबाट फोटो तथा भिडियो खिचेका थिए । उनका लागि हिउँ चितुवा देखेको यो पहिलो अनुभव भएको पनि सुनाए । दुर्लभ
काठमाडौं / संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्गलगायतका नदी तथा खोलानालामाथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । सोमवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयको सहमति बिना आयोजना अगाडि बढाईए प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् । सरकारी पदाधिकारीहरुलाई प्रभावमा पारेर ‘एम्पीक इनर्जी प्रालि’ले तल्लो वरुण जलविद्युत परियोजना र ‘साङ्ग्रिला उर्जा प्रालि’ले छुजुङ जलविद्युत परियोजना निर्माणका लागि इजाजत पत्र हासिल गरेको वक्ताहरुले आरोप लगाए । कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्वु थुन्डु
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ७१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ११८, हर्न निषेधमा ४१, लेन क्रसमा ३०, अवस्था ठिक नभएको ३९, एकतर्फीमा १० र अन्यमा ५४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं / प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । यस्तै, ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसहित संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम निषे
काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा सञ्चालन भइरहेका निजी छात्रावास (होस्टेल)लाई मापदण्ड पूरा गर्न एक महिनाको समय दिएको छ । छात्रावासमा विद्यार्थीमाथि दुर्व्यवहार, यातना, मनपरी शुल्क असुली, सरसफाइको कमी तथा लागूऔषध प्रयोगजस्ता गुनासो बढेपछि प्रशासनले सुधारका लागि समयसीमा तोकेको हो ।प्रशासनले सबै होस्टेललाई सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्न र शुल्क तथा दररेट सार्वजनिक रूपमा देखिने गरी राख्न निर्देशन दिएको छ । छात्रावासभित्र लागूऔषध, मादक पदार्थ र सूर्तीजन्य वस्तुको प्रयोगमा रोक लगाउनुपर्नेछ । साथै, पर्याप्त भौतिक पूर्वाधार, पुस्तकालय तथा अध्ययन कक्ष, स्वच्छ पानी
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेताहरूसँग भेटघाट गरेका छन् । उनले दुहबी नगरपालिका–३ स्थित प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीको सम्पर्क कार्यालयमा पुगेर जिल्लाका पार्टी नेताहरूसँग भेटवार्ता गरेका हुन् ।भेटमा रास्वपाको सुनसरी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति यादव कोइराला, सचिव आनन्द हलुवाई, दुहबी नगर अध्यक्ष मित्र निरौलालगायत करिब ४० जना सहभागी थिए । भेटका क्रममा जिल्लाका स्थानीय विषय तथा जनतासँग सम्बन्धित समस्याबारे छलफल भएको बताइएको छ ।सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन गर्न तथा परियोजनाबाट प्र
काठमाडौं— नेपाली कांग्रेसले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ ।कांग्रेसको बागमती प्रदेश संसदीय दलले सूचना जारी गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा पार्टीका सबै सांसदलाई अनिवार्य रूपमा प्रदेशसभा बैठकमा उपस्थित हुन भनेको छ । प्रदेशसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ, जहाँ मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको छ ।कांग्रेसले आफ्ना सांसदलाई मतदानका क्रममा तटस्थ नबस्न र मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको छ । यससँगै
काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वभर रहेका नेपाली डायस्पोराको पुँजी, ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ एनआरएनए० बीचको सम्झौता तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चेम्बर र एनआरएनएबीचको सहकार्यलाई विश्वभर फैलिएका नेपाली डायस्पोरालाई जोड्ने महत्वपूर्ण पहलका रूपमा लिनुपर्ने बताए। उनले नेपालमा पर्याप्त प्राकृतिक स्रोत र सम्भावना हुँदाहुँदै पनि त्यसअनुसारको आर्थिक विकास हुन नसकेको बताए ।नेपालको आर्थिक समृद्ध
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.