समाज

    Showing 1,981-1,990 of 11,162 items.
  • उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

    काठमाडौं—  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ।प्रदेशसभामा विनियोजन विधेयक २०८३ का सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै धनेन्द्र कार्की ले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधारलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाइने बताए ।प्रदेशभित्रै रोजगारीका अवसर बढाउन युवामुखी सीप विकास तालिम, स्वरोजगार कार्यक्रम र स्टार्टअप प्रवर्द्धन योजनालाई प्राथमिकता दिइने जनाइएको छ। साथै, उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयो

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 486 पटक पढिएको
  • बागमती नदीमा डुबेर बेपत्ता भएका दुई जना युवकको सनाखत

    रौतहट— बागमती नदीमा नुहाउने क्रममा शनिबार बेपत्ता भएका दुई युवकको सनाखत भएको छ। बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी गणेश महतो र वडा नम्बर ५ निवासी रोशन महतो रहेका प्रहरीले जनाएको छ । पाँच जनाको समूहसँग नदीमा गएका उनीहरू नुहाउने क्रममा गणेश र रोशन डुबेर बेपत्ता भएका हुन्।स्थानीयका अनुसार उक्त समूह महेन्द्र राजमार्गदेखि करिब तीन किलोमिटर उत्तरतर्फ मकवानपुर र सिन्धुली जिल्लाको सीमाक्षेत्रमा पर्ने बागमती नदीमा पुगेको थियो। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 459 पटक पढिएको
  • सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 526 पटक पढिएको
  • तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, विपिन, जसिता र पल शाहलाई अवार्ड

    काठमाडौं— शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ । आर्टमाण्डू नेपालले निर्माण गरेको ‘ऊनको स्वीटर उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।यसैगरी चलचित्र ‘जेरी अन टप‘बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ । कर्णाली अडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 492 पटक पढिएको
  • भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

    धनगढी— भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र अन्य गरगहना तथा नगद गरेर दुई करोड मुल्य बराबरको सम्पत्ती नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले बरामद् गरेको छ ।तीन महिना अघि (फागुन १३ गते) भारतको दिल्ली स्थित राजेन्द्रनगरका संजयकुमार माखीजाको घरबाट करोडौंको धनसम्पति चोरी गरेर बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतसहितको टोली फरार थियो ।प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीका अनुसार संजयकुमार मखजीले नेपाल प्रहरीमा उजुरी गरेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो ।सो क्रममा प्रहरीले उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 635 पटक पढिएको
  • राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिसः दिगम र लाली बने च्याम्पियन

    काठमाडौं— राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघ नेपालको आयोजना तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा आयोजित ‘पारा टेबुलटेनिस खेल च्याम्पियनसिप’ सम्पन्न भएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको खेल कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित प्रतियोगितामा महिला र पुरुष गरी दुई विधामा प्रतिस्पर्धा गराइएको थियो ।प्रतियोगितामा कुल २५ जना खेलाडीहरूको सहभागिता थियो । जसमा १६ जना पुरुष र ९ जना महिला खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगिताको सेमिफाइनल खेलमा केशव थापाले मनोज थापालाई ४-३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।अर्को सेमिफाइनल खे

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 510 पटक पढिएको
  • एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

    काठमाडौं— एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ ।कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । साथै ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रु

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 103 पटक पढिएको
  • ह्वाइट हाउस नजिक गोली चल्यो, संदिग्धको मृत्यु

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी निवास ह्वाइट हाउस नजिक शनिबार राति भएको गोलीकाण्डमा एक संदिग्धको मृत्यु भएको छ । अमेरिकी गोप्य सुरक्षा निकायका अनुसार संदिग्धले चेकपोस्ट नजिक झोलाबाट हतियार निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी फायर गरेका थिए ।घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । घटनाका बेला अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमै रहेका थिए, तर उनको सुरक्षामा कुनै असर नपरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 504 पटक पढिएको
  • सीमान्तकृत माझी बस्तीमा आयुर्वेदिक स्वास्थ्य शिविर, १७५ बढीले लिएर स्वास्थ्य सेवा

    रामेछाप— सीमान्तकृत माझी समुदायलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका–४ को रजगाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजनामा एक दिने स्वास्थ्य शिविर राखिएको हो । स्वास्थ्य परीक्षणका लागि सहज रूपमा स्वास्थ्य संस्थामा पुग्न नसकेका नागरिकलाई लक्षित गरी शिविर राखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए ।शिविरमा डा. सविता भण्डारी नेतृत्वको टोलीले स्वास्थ्य सेवा दिएको थियो । शिविरमा डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीले बिरामीको जाँच गरेका थिए ।शिविरमा नसा, हाडजोर्नीको दुखाई, ग्यास्ट्रिक, छालाको रोग, श्वासप्रश्वास सम्बन्

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 424 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ ।काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंह शुक्रबार प्रहरीले पक्राउ परेका छन् ।जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 182 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.