समाज

    Showing 1,911-1,920 of 6,694 items.
  • विशेष महाधिवेशनमा जानुपर्ने कांग्रेस महिला नेतृहरुको जोड

    काठमाडौं— नेपाली कांग्रेसका महिला नेतृहरुले फागुण २१ को चुनाव अगाडि नै पार्टीको विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा आयोजित महिला भेला कार्यक्रममा नेतृ कुसुम थापामगरले नेपाली कांग्रेस पटक –पटक सत्तामा गएरपनि कार्यकर्ता र जनतालाई सम्बोधन गर्न नसकेको कारण जेनजी आन्दोलन भएको भन्दै विशेष महाधिवेशन गरेर चुनाव अगाडि नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखिन् । नेपाली कांग्रेसको यही नेतृत्वले चुनावमा गयो भने पार्टी अझ संकटमा जाने भएकाले हालको नेतृत्व परिवर्तनको माग गरिरहेको बताइन् । उनले विशेष महाधिवेशनको माग राखे

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 421 पटक पढिएको
  • जेनेस सलुशन फ्युजमसिन्सको विश्वव्यापी आधिकारिक पुनर्विक्रेता नियुक्त

    काठमाडौं— एक अग्रणी इन्टरप्राइज कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादन तथा सेवाप्रदायक कम्पनीले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता तथा साइबर सेक्युरिटी कम्पनी, जेनेस  सलुशनलाई  फ्युजमसिन्सको ग्लोबल रिसेलर नेटवर्कअन्तर्गत अधिकृत पुनर्विक्रेताको रूपमा चयन गरेको छ।यही अक्टोबर महिनामा फ्युजमसिन्सअमेरिकाको नास्दाक धितोपत्र बजारमा सूचीकृत भएको थियो।  समीर मास्केले स्थापना गरेको उक्त कम्पनी नास्दाकमा सूचीकृत हुने नेपालमा जन्मिएका उद्यमीले स्थापना गरेको पहिलो कम्पनी पनि हो।  यस साझेदारी अन्तर्गत,  जेनेस  सलुशनले फ्युजमसिन्स  एआइ स्टुडियो र फ्य

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 466 पटक पढिएको
  • नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दज्र्यानी चिन्ह (फुली) प्रदान

    काठमाडौं— नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले बिहीबार दज्र्यानी चिन्ह (फुली) लगाएका छन्।गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगालले नवनियुक्त आइजीपी कार्कीलाई फुली लगाइदिएका हुन्। फुली लगाएकोसँगै कार्की औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्न पुगेका छन्।सरकारले हालै कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। उनले यसअघि पनि नेपाल प्रहरीमा विभिन्न जिम्मेवारी वहन गर्दै अनुभवसहितको सेवा पुर्‍याउँदै आएका छन्।

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 442 पटक पढिएको
  • अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक

    काठमाडौं— भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।आयोगको आज बिहीबार बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी चन्द्रकुबेर खापुङलाई आयोगमा उपस्थित हुन आवश्यक देखिएकाले हालका लागि उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । खापुङ आजैदेखि सेवा निवृत भएका हुन् ।आयोगले खापुङलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ ।आयोगले घटनाबाट भएको क्षतिको विवरण अझै बाँकी रहेमा आयोगको ठेगा

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 428 पटक पढिएको
  • ५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले ग¥यो चीनसँग सम्झौता

    काठमाडौं—  नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ । राष्ट्र बैंकका अनुसार सम्झौता नोटको डिजाइन, छपाइ र आपूर्ति सुनिश्चित गर्न गरिएको हो ।५० रुपैयाँ दरको ४२ करोड थान नयाँ बैंकनोटको डिजाइन, छपाइ र आपूर्तिका लागि मिति २०८२/०४/०९ मा बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङलाई सम्झौता गर्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।सम्झौताअनुसार यस परियोजनाको मूल्य १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (करिब

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 514 पटक पढिएको
  • गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

    काठमाडौं— ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन्  ।बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए ।  उनले भने,‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन् । उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ । हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो । हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त  ? देशलाई न्याय नभई

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 449 पटक पढिएको
  • मधेश खेलकुद परिषदको प्रथम वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

    जनकपुर— मधेश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषदले प्रथम वार्षिकोत्सवको अवसरमा प्रभातफेरी निकालेको छ ।परिषद स्थापना भएको एक वर्ष पुगेको अवसरमा परिषदले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ जनकपुरधाममा प्रभातफेरी निकालेको छ ।   जनकपुरधामको रेल्व स्टेसन चोकबाट निकालिएको प्रभातफेरी र्याली जनकपुरधामको विभिन्न चोक हुँदै जानकी मन्दिरको प्राङ्गनमा पुगेर समापन भएको थियो । प्रभात फेरिमा परिषदका सदस्य, विद्यार्थी, खेलकुद प्रेमी र खेलकुद मन्त्रालयका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।परिषदले मधेश प्रदेशका युवा तथा खेलाडिहरुलाई खेलसंग जोड्ने प्रयास र पहलहरु गरेको परिषदको सदस्य सचि

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 428 पटक पढिएको
  • ३ महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न

    काठमाडौं— काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वितेका ३ महिनामा ७३२ वटा भवन नक्सा सम्बन्धी प्रक्रिया टुङ्ग्याएको छ । यसमा प्लिन्थ लेभलसम्मको इजाजत २३८ वटाको र तला थप इजाजत ७ वटाका लागि प्रदान गरिएको छ । भवन निर्माण सम्पन्न प्रमाण पत्र ३९९ वटा जारी गरिएको छ । ४ वटाको डीपीसी ट्रान्सफर र ८४ वटाको स्वामित्व हस्तान्तरण भएको छ ।विवरण प्रदान गर्दै सहरी व्यवस्थापन विभागका प्रमुख सिनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछाने भने, ‘महिनागत रुपमा हेर्दा साउन महिनामा २७० वटा, भदौमा १७४ वटा र असोज महिनामा २८८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्गिएको छ ।’लामिछानेका अनुसार गएको वर्ष (आ. व. २०८१÷०८२) मा

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 376 पटक पढिएको
  • बागमती गाउँपालिका स्वास्थ्य सेवामा पुनः जिल्लामै प्रथम

    हेटौंडा— मकवानपुर जिल्लास्तरीय वार्षिक स्वास्थ्य सेवा समीक्षा कार्यक्रममा बागमती गाउँपालिका पुनः जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो गाउँपालिका घोषित भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य सेवासम्बन्धी विभिन्न कार्यक्रम, सूचक र कार्यसम्पादनको आधारमा गरिएको मूल्यांकनमा बागमती गाउँपालिकाले ८२.३० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । यसअघि पनि बागमती गाउँपालिका लगातार उत्कृष्ट प्रदर्शन गर्दै गएको थियो। गत आर्थिक वर्ष २०८०/०८१ मा समेत बागमतीले जिल्लामै पहिलो स्थान प्राप्त गरेको थियो।स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, गाउँपालिकाको स्वास्थ्य सेवा प्

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 378 पटक पढिएको
  • पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 392 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा