समाज

    Showing 1,761-1,770 of 9,984 items.
  • यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

    काठमाडौं— यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताए । उनले भने,“यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत रु १९ करोड २४ लाख २२ हजार २७०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु तीन करोड ७४ लाख ९२ हजार २३४, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु २३ लाख २९ हजार ९९० र अन्य प्रशासनिक सेवा शुल्कबापत रु सात लाख ७१ हजार ५२८

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 410 पटक पढिएको
  • केएमसीमा मस्तिष्कको जटिल शल्यक्रिया सफल

    काठमाडौं— काठमाडौं मेडिकल कलेजमा मस्तिष्कको जटिल शल्यक्रिया सफल भएको छ। इटहरीकी ५२ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा जटिल शल्यक्रिया सम्पन्न भएको हो।अचानक दिमागमा रगत बग्ने गम्भीर समस्या लिएर आपतकालीन कक्षमा ल्याइएकी ती महिलाको मस्तिष्कमा तीन वटा एन्युरिज्म (नसा फुल्ने समस्या) देखिएको थियो भने एउटा फुटेर रगत बगेको थियो।यस्तो समस्याको उपचार टाउको नखोलिकन संभव भएको अस्पतालका न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलले बताए।‘चिकित्सक टोलीले छिटो निर्णय गर्दै अत्याधुनिक बाइप्लेन क्याथ ल्याबमा कोइलिङ विधि प्रयोग गरेर फुटेको एन्युरिज्मको उपचार गर्‍यो र रगत बग्न रोकेको थियो,’ डा.पौडेलले भने, 'बाँकी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 411 पटक पढिएको
  • रास्वपा संसदीय दलको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेगरी बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा र अन्य विविध विषयमा छलफल हुने छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 190 पटक पढिएको
  • सभामुख र उद्योगमन्त्रीबिच भेट, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड

    काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छन् ।बुधबार सभामुख डीपी अर्याल र उद्योगमन्त्री गौरीबिच भेटवार्ता भएको हो ।उनीहरुबीच भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सुझाव दिएका छन् ।साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 154 पटक पढिएको
  • पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन् ।प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा उनले समानुपातिक सांसदहरूको ‘मिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे ।प्रधानमन्त्री शाहले सांसदहरूलाई भने, ‘तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस् । प्रत्यक्ष निर्वाचित एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईँहरू देशभरका आफ्ना क्लस्टरका ल

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 144 पटक पढिएको
  • खत्याडबासिलाई सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य

    मुगु । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकाका बासिन्दाका लागि लामो समय देखि झेल्दै आएको प्रशासनिक सास्ती अन्ततः अन्त्यतिर उन्मुख भएको छ । रारा राष्ट्रिय निकुञ्ज का कारण सदरमुकाम गमगढीसँग प्रत्यक्ष सडक सञ्जाल जोडिन नसकेको यस क्षेत्रका नागरिकहरू अब नागरिकता,राहदानी,मालपोत तथा नापीसम्बन्धी सेवा आफ्नै गाउँपालिकाबाटै पाउने भएका छन् ।बुधबार देखि खत्याड गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय स्थापना भई औपचारिक रूपमा सेवा प्रवाह सुरु भएको हो। गाउँपालिकाभित्रै रहेको भवनबाट सुरु गरिएका यी कार्यालयहरूले अब जिल्ला स्तरबाट प्रदान हुने अधिकांश सेवाहरू स्थानीय तहबाट

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 148 पटक पढिएको
  • इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा

    काठमाडौं । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । उनी बुधबार रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी रहेको जनाकारी गराइएको छ ।दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर फर्किने क्रममा पक्राउ गरिएको थियो ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 157 पटक पढिएको
  • डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि : पेट्रोलको मूल्य यथावत्

    काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बैशाख ३ गते बिहानदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।विज्ञप्ति अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यद्यपि, पेट्रोलको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमको तर्क छ । निगमका अनुसार यो मूल्य वृद्धिपछि पनि डिजेलमा प्रतिलिटर ९।१६ रुपैयाँ

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 159 पटक पढिएको
  • सातदोबाटो सेमिफाइनलमा प्रवेश, आयोजक राष्ट्रिय जागृति गोल्डकपबाट बाहिरियो

    विराटनगर । १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा ललितपुरको सातदोबाटो यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सात दोबाटोले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।इटहरी रंगशालामा भएको खेलमा सातदोबाटोका सुरजज्यु ठकुरी र समीर तामाङले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए । खेलको ३१औँ मिनेटमा सुरजले करिब ३० यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए। त्यसको चार मिनेटमै समीर तामाङले अर्को गोल थप्दै पहिलो हाफमै टोलीलाई २–० को स्पष्ट अग्रता दिलाए ।पहिल

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 141 पटक पढिएको
  • यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४८ पैसा र बिक्रीदर १९१ रुपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 129 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.