काठमाडौं— दाङको लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–७ सुनपतरी नाका निवासी ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्मा निवासी २२ वर्षीय दिलिप परियार रहेका छन्।इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले होटलको एक कोठामा तलासी गर्ने क्रममा २१४ ग्राम ५ सय मिलिग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको थियो।प्रहरीले बरामद गरिएको धातु र पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।आज सुनको मूल्य प्रतितोलामा १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी तोलामा ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं— अपी पावरले इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्ने भएको छ । कम्पनीले इङ्गवा हाइड्रोपावरमा आफ्नो स्वामित्वमा रहेको सेयर बेच्न लागेको हो । यो सेयर दोस्रो बजारमार्फत बेचिने अपी पावरले जनाएको छ । सेयर बिक्री गर्ने निर्णय भएको हुँदा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणलाई जानकारी गराइएको कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूताबाससका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा परियोजनाहरुबारे छलफल भएको हो ।जेठ २८–२९ सम्म काठमाडौंमा भएको छलफलमा भारतको अनुदानमा विकास भइरहेका जयनगर–विजलपुरा–बर्दिबास र जोगवनी–विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।दूतावासका अनुसार सञ्चालनमा रहेका सीमापार रेलवे लिंकहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यको समीक्षा गर्न १०औँ परियोजना निर्देशक समिति ९पीएससी०र ८ औँ संयुक्त कार्यदल ९
रामेछाप । कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको यात्रा शैलीमा आएको परिवर्तनसँगै यहाँको व्यापार–व्यवसाय ठप्पजस्तै बनेको स्थानीयहरू बताउँछन् ।दोलखाको जिरीबाट बात्ती हुँदै पैदल यात्रा गरेर सोलुखुम्बु पुग्ने रुट सञ्चालनमा रहेको समयमा बाम्तीभण्डार विदेशी पर्यटकले भरिभराउ हुन्थ्यो । जता हे¥यो त्यतै विदेशी पर्यटक देखिन्थे । होटेलहरू खचाखच भरिन्थे भने कोठा अभाव भएपछि कतिपय पर्यटकले बाहिरै टेन्ट गाडेर बस्ने गर्थे ।तर अहिले अवस्था फेरिएको छ । सोलुखुम्बु जाने अधिकांश पर्यटक रामेछापको मन्थली विमान
काठमाडौं । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित यो कुण्ड समुद्री सतहदेखि चार हजार ८९० मिटरको उचाइमा रहेको छ।मुस्ताङको दुर्गम क्षेत्रमा रहेको यस कुण्डमा पुग्ने मार्गहरूको मर्मत कार्य सम्पन्न भएसँगै यात्रा सहज बनाइएको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ज्याङ छेसा गुरुङले जानकारी दिए । यस वर्ष दर्शनार्थीलाई लक्षित गरी साउन महिनासम्मका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार दामोदरकुण्ड क्षेत्रमा रहेको धर्मशालामा जेठ २२ गतेदेखि नै निः
काठमाडौं । पेरु रिपब्लिकको २०५औँ स्वतन्त्रता दिवस तथा नेपाल–पेरु कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा एक विशेष समारोह आयोजना गरिएको छ ।शुक्रबार साँझ आयोजित उक्त समारोहमा भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र नेपालका लागि पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालले संयुक्त रूपमा आतिथ्यता गरेका थिए।समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुखहरू, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पाउलिनिचले नेपाल र पेरुबीचको पाँच दशक लामो सम्बन्ध मित्रता, आपस
काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन्। शुक्रबार राति उनलाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर सम्बन्धी पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा बैंकिङ कसुर गरेको आरोपमा साहविरुद्ध मुद्दा दर्ता भएको थियो। आरोपअनुसार उनले उक्त रेष्टुरेन्ट एक करोड ३० लाख रुपैयाँमा खरिद गरे पनि सम्झौताअनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको बताइएको छ।रेष्टुरेन्ट बिक्रीकर्ता सकुन्तला अधिकारी (थापा) ले बाँकी रकम नपाएको भन्दै साहविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दाको आधारमा अदा
काठमाडौं । सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि विभागले सञ्चालकलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले शुक्रबार गरेको अनुगमनका क्रममा क्यान्टिनमा १७ किलोग्राम घुन लागेको चनाको दाल, ११ किलोग्राम ओसिएको नेपाली बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको जनाएको छ। अनुगमन टोलीले करिब छ हजार पाँच सय ६० रुपैयाँ बराबरका ती अखाद्य तथा उपभोगका लागि अयोग्य सामग्री तत्काल नष्ट गरेको थ
रामेछाप । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा. ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुच्चाकोटमा दुर्घटनामा परेको थियो। दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म सनाखत भएका मृतकहरूमा काभ्रेको रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानकी ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.