काठमाडौं— दाङको लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–७ सुनपतरी नाका निवासी ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्मा निवासी २२ वर्षीय दिलिप परियार रहेका छन्।
इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले होटलको एक कोठामा तलासी गर्ने क्रममा २१४ ग्राम ५ सय मिलिग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको थियो।
प्रहरीले बरामद गरिएको धातु र पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।






































