समाज

    Showing 1,141-1,150 of 11,160 items.
  • सुकुम्बासीमाथि डोजर चलाउँदा संविधान प्रदत्त अधिकारको ख्याल गरिएन: सांसद राई

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाएका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सुकुम्बासी बस्ती हटाउने अभियानमा सरकार संवेदनशील बन्न नसकेको बताए। उनले भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउँदा बालबालिका, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको अवस्थाप्रति सरकारले कुनै संवेदनशीलता नदेखाएको आरोप लगाए। राईले संविधानको धारा १६ ले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, धारा ३७ को आवासको हक, धारा ३६ को खाद्य अधिकार, धार

    • प्रकाशित मितिः असार १८, २०८३
    • 181 पटक पढिएको
  • त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

    काठमाडौं / त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । यसैगरी, सेवा आयोगको सदस्यमा प्राडा  प्रा.डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ । दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ । शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारि

    • प्रकाशित मितिः असार १८, २०८३
    • 188 पटक पढिएको
  • अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

    धनगढी— कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दामा अदालतले एक महिना सात दिन कैद सजाय र जरिवानाको फैसला सुनाएको थियो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको बताए।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयनका लागि उनलाई सम्बन्धित निकायमा पेश गरिने जनाएको छ।

    • प्रकाशित मितिः असार १८, २०८३
    • 428 पटक पढिएको
  • कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णालीमा खस्यो, एक जनाको शव भेटियो

    सुर्खेत— सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ। कर्णाली प्रदेशको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, संगेतरमा क्षेत्रमा भएको दुर्घटनामा गाडी कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट अनियन्त्रित भएर नदीमा खसेको हो। दुर्घटनापछि हालसम्म एक जनाको शव फेला परेको छ। मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ।नेपाल सेन्टिनेल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) मुकुन्द प्रसाद रिजालले अन्य यात्रुको अवस्था र क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए।दुर्घटनाको खबर प्राप्त

    • प्रकाशित मितिः असार १८, २०८३
    • 448 पटक पढिएको
  • बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु, २९ भूमिहीन परिवार बने जग्गाधनी

    बर्दिया— सरकारले भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानअन्तर्गत बर्दियाबाट लालपुर्जा वितरण सुरु गरेको छ। पहिलो चरणमा बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) हस्तान्तरण गरिएको हो।वर्षौंदेखि आफ्नो नाममा जग्गा दर्ता हुन नसकेका ती परिवारले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनीको मान्यता पाएका छन्। यससँगै उनीहरूले आफ्नो जग्गामाथि कानुनी अधिकार प्रयोग गर्न पाउने भएका छन्।भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा सम

    • प्रकाशित मितिः असार १८, २०८३
    • 471 पटक पढिएको
  • हेल्मेटबिनै बाइक चलाएका मुख्यमन्त्री शाहलाई ट्राफिकको जरिवाना

    धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेल्मेट नलगाई मोटरसाइकल चलाएको घटनामा ट्राफिक प्रहरीले कारबाही गरेको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरी मुख्यमन्त्री निवास पुगेर पाँच सय रुपैयाँको जरिवाना गरेको हो।मुख्यमन्त्री शाहले निवास परिसरभित्र हेल्मेटबिनै बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि त्यसको व्यापक चर्चा भएको थियो। सोही आधारमा ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै जरिवाना असुल गरेको जनाएको छ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै कानुनअनुसार कारबाही भोगेको बताए। उनले सबै नागर

    • प्रकाशित मितिः असार १८, २०८३
    • 438 पटक पढिएको
  • सीटीइभीटीको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

    काठमाडौं— शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को एकेडेमिक काउन्सिलमा विभिन्न क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।मन्त्रालयले सूचना प्रविधि तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्य नियुक्त गरेको जनाएको छ।सीटीइभीटीको एकेडेमिक काउन्सिललाई परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकायका रूपमा लिइन्छ। काउन्सिलले पाठ्यक्रम

    • प्रकाशित मितिः असार १८, २०८३
    • 479 पटक पढिएको
  • इन्टरनेट अवरुद्ध हुँदा संसद् बैठकको प्रत्यक्ष प्रसारण रोकियो, चार अध्यादेश प्रतिस्थापन विधेयकमाथि छलफल हुँदै

    काठमाडौं— प्रतिनिधिसभा बैठक सुरु भए पनि संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि बैठकको प्रत्यक्ष प्रसारण हुन सकेन। प्राविधिक समस्याका कारण नियमित रूपमा युट्युबमार्फत हुने लाइभ स्ट्रिमिङ रोकिएको संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा सभामुखले मन्त्रिपरिषद्बाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। त्यससँगै सरकारले ल्याएका चार अध्यादेश प्रतिस्थापन विधेयकमाथि दफावार छलफल र पारित गर्ने तयारी गरिएको छ।कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि दफावार छलफलको प्रस्ताव पेश गर्ने

    • प्रकाशित मितिः असार १८, २०८३
    • 378 पटक पढिएको
  • बालिका करणीको आरोपमा ५३ वर्षीय विक पक्राउ, दुई जना अझै फरार

    काठमाडौं— प्रहरीले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पर्वत र कञ्चनपुरबाट एक–एक जनालाई पक्राउ गरेको छ भने घटनामा संलग्न भनिएका अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ।पर्वतको जलजला गाउँपालिका–ठोट्नेरीका ५३ वर्षीय गोरबहादुर विकलाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका १९ वर्षीय रमेश ढाँट (राम ढाँट) लाई १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार उक्त घटनामा प

    • प्रकाशित मितिः असार १८, २०८३
    • 432 पटक पढिएको
  • मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा, निवासमै पुगेर ट्राफिकले काट्यो चिट

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि ट्राफिक प्रहरीले निवासमै पुगेर उनलाई जरिवाना तिराएको हो । मुख्यमन्त्री शाहले निवास परिसरमा हेल्मेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा पोष्ट भएको थियो । शाहलाई पाँचसय रूपैयाँ जरिवाना गरिएको छ । बिहीबार नै पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गरेका छन् । आफूले नै नियमअनुसार कारवाही गर्न ट्राफिक प्रहरीलाई आग्रह गरेको शाहको दावी छ । कानून सवैलाई बराबरी हुनुपर्छ भन्ने उद्देश्य अ

    • प्रकाशित मितिः असार १८, २०८३
    • 156 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.