समाज

    Showing 991-1,000 of 11,160 items.
  • नार्कले स्पष्ट मार्गचित्र बनाउन नसकेको मन्त्री चौधरीको टिप्पणी

    काठमाडौं / कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् नार्कका नवनियुक्त वैज्ञानिकहरूलाई कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर प्रदान गरिने बताएकी छन् ।नेपाल कृषि अनुसन्धान परिषद्का नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको जानकारी दिइन् । उनले आधुनिक प्रविधिको प्रयोग र अनुसन्धानमा परिषद्ले अग्रणी भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै वैज्ञानिकहरूको सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिन् । उनले नेतृत्व चयनमा अब क

    • प्रकाशित मितिः असार २४, २०८३
    • 140 पटक पढिएको
  • सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

    काठमाडौं / अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् ।बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अध्यादेशमार्फत ल्याइएको व्यवस्थामा केही हदसम्म ओभर रिच भएको महसुस भएपछि संशोधन गरिएको बताए ।उनले भने, ‘अध्यादेश ल्याउँदा हामीले अलिकति ओभर रिच गरेको जस्तो महसुस भयो। उद्देश्य कडा रूपमा प्रस्तुत हुने, उजुरी लिने र यसलाई सशक्त बनाउने थियो। तर विगतमा जस्तो उजुरीलाई हतियार बनाएर कसैलाई दुःख दिने अवस्था फेरि नआओस् भनेर सच्याएका हौँ।’उनले विगतमा उजुरीको दुरुपय

    • प्रकाशित मितिः असार २४, २०८३
    • 161 पटक पढिएको
  • चन्द्रागिरी हिल्सको ९ महिनाको व्यापार साढे ४५ करोड, प्रतिकूलताका बीच व्यवसाय लयमा फर्किँदै

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी व्यापार गरेको छ ।गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कम्पनीको भौतिक संरचनामा ठूलो क्षति पुगी करिब तीन महिना केबलकार सेवा ठप्प भएता पनि कम्पनीको व्यापारिक प्रदर्शन सन्तोषजनक देखिएको छ । यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी एक अर्ब रुपैयाँ पुगेको थियो भने २०८१/८२ मा ९० करोड २० लाख रुपैयाँ रहेको थियो ।संरचना पुनर्निर्माणमा समय लागेका कारण र व्यवसायमा आएको अवरोधले गर्दा चालु आर्थिक वर्षको ९ महिनामा कम्पनी ९० लाख रुपैयाँ खुद नोक

    • प्रकाशित मितिः असार २४, २०८३
    • 162 पटक पढिएको
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं / प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बुधबार बसेको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्तिपछि विवाद उत्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्नरु’ भन्दै प्रश्न गरेका थिए।सांसद राईको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे। उनले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्ना भनाइ मर्यादाभित्र रहेर राख्न भने।सभामुखले सांसद राईलाई भ

    • प्रकाशित मितिः असार २४, २०८३
    • 189 पटक पढिएको
  • सांसद राईको अभिव्यक्तिप्रति सभामुखको आपत्ति, मर्यादामा रहेर बोल्न निर्देशन

    काठमाडौं / नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन्।बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्नरु’ भन्दै प्रश्न गरेका थिए। उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे। सभामुखले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्न भने। सभामुखले सांसद राईलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गर्दै त्यसपछि आफ्नो भनाइ अघि बढाउने अनुमति दिएका थि

    • प्रकाशित मितिः असार २४, २०८३
    • 158 पटक पढिएको
  • मिटर ब्याज पीडित: ९६ दिनदेखि माइतीघरमा न्याय खोज्दै सर्लाहीका महतो दम्पती

    काठमाडौं / सानो घरायसी आवश्यकता पूरा गर्न लिएको डेढ लाख रुपैयाँ ऋणले सर्लाही बरहथवा नगरपालिका–९ का भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतोको जीवन नै संकटमा पुर्याएको छ ।ऋण लिएको वर्षौं बितिसक्दा पनि आफूहरू ऋणबाट मुक्त हुन नसकेको र उल्टै घरजग्गासहित जीवनभरको कमाइ गुमाउनुपरेको भन्दै महतो दम्पती विगत ९६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन् । मिटर ब्याजबाट पीडित भएको दाबी गर्दै आएका उनीहरू नयाँ सरकार गठनसँगै न्याय पाउने आशामा काठमाडौं आएको बताउँछन् । तर, लामो समय बित्दै जाँदा पनि आफ्नो माग सम्बोधन नभएपछि अझै संघर्षमै रहनुपरेको उनीहरूको भनाइ छ ।भागनारायण महतोका अनुसार २०७२ सालमा

    • प्रकाशित मितिः असार २४, २०८३
    • 161 पटक पढिएको
  • आगलागीले जले भवन र मिसिल तर रोकिएन न्याय: १८ हजार मिसिल पुनःप्राप्त

    काठमाडौं / २०८२ भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गते भएको आगजनी, तोडफोड र ढुंगामुढाले नेपालको न्यायपालिकामा अभूतपूर्व क्षति पुर्यायो ।देशभरका विभिन्न अदालतसँगै सर्वोच्च अदालत पनि हिंसात्मक घटनाको प्रत्यक्ष मारमा परे । विशेषगरी सर्वोच्च अदालतको ऐतिहासिक मूल भवन पूर्ण रूपमा जलेर नष्ट भएपछि न्याय सम्पादनको नियमित प्रक्रिया नै अन्योलमा पर्यो । न्यायालयको भौतिक संरचना मात्र होइन, हजारौँ महत्त्वपूर्ण मुद्दाका मिसिलसमेत आगलागीमा नष्ट भए । यद्यपि, कठिन परिस्थितिबीच सर्वोच्च अदालतले सेवा अवरुद्ध हुन नदिई अस्थायी व्यवस्थाबाट न्याय सम्पादनलाई निरन्तरता दिएको दाबी गरिएको छ । सर्वोच्च अदालतका प्रव

    • प्रकाशित मितिः असार २४, २०८३
    • 173 पटक पढिएको
  • अपाङ्गतामैत्री बैंकिङ सेवा विस्तारका लागि ‘टुलकिट’ तयार, राष्ट्र बैंकले पनि नीति सुधारलाई तीव्र बनाउँदै

    काठमाडौं / अपाङ्गता भएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सेवा सहज, पहुँचयुक्त र विभेदरहित बनाउने उद्देश्यले तयार गरिएको ‘अपाङ्गतामैत्री वित्तीय समावेशीकरण टुलकिट’लाई अन्तिम रूप दिन सरोकारवालाबीच प्रमाणीकरण भ्यालिडेसन प्रक्रिया अघि बढाइएको छ ।नेपाल राष्ट्र बैंकको परिपत्रलाई कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले तयार गरिएको उक्त टुलकिटले बैंक तथा वित्तीय संस्थालाई अपाङ्गतामैत्री सेवा कसरी उपलब्ध गराउने भन्ने व्यावहारिक मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।विश्वभरका अपाङ्गता भएका व्यक्तिहरूसँग सहकार्य गर्दै गरिबी, विभेद र बहिष्करणविरुद्ध काम गर्दै आएको सीबीएम ग्लोबलका वित्तीय समावेश

    • प्रकाशित मितिः असार २४, २०८३
    • 158 पटक पढिएको
  • अविरल वर्षाले जुम्लाको सिंजामा कृषिबाली र संरचनामा क्षति

    जुम्ला / जुम्लाको सिंजा गाउँपालिका–३ अन्तर्गत धितालिही रोकायाबाडामा गएरातिको अविरल वर्षाका कारण कृषकहरूले लगाएको अन्न, धान, कोदो, सिमी लगायतका कृषिबालीमा क्षति पुगेको छ ।वर्षाले स्थानीयका भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।स्थानीयले सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतका लागि पहल गर्न आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः असार २४, २०८३
    • 154 पटक पढिएको
  • सिरहामा वन अधिकृत १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ, अख्तियारको कारबाहीले वन कार्यालयमा हलचल

    सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।अख्तियारका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण संकलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो।सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट वन अधि

    • प्रकाशित मितिः असार २४, २०८३
    • 264 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.