मोरङ / सुन्दरहरैचा –७ गोठगाउका २६ बर्षीय बिनोद घिमिरेको करेन्ट लागी मृत्यु भएको छ । आईतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाईरिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
मोरङ / मोरङको लेटाङ –९ का ४५ बर्षीय रबिन्द्र कुमार लिम्बुको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ । गत राती लेटाङ ९ पारुहाङ चोक स्थितमा मे९प ९५१ नम्बरको मोटरसाइकल चलाइरहेको वेला आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका लिम्बुको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
चितवन / चितवनको राप्तीमा गए राती ट्याक्टर दुर्घटना हुदा पाँच जानको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. ११ आमपानीको चिउडे खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर पल्टदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।आइतबार साँझ ७ः३० बजे पहाडी क्षेत्र थाकलटारबाट चिउडेखोला तर्फआई रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिएका छन् ।ट्याक्टरमा करिब २५ जना सवार भएको र त्यस मध्य पाँच जना को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य २२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर हरेको प्रहरीले जानक
बिर्तामोड / बाह्र वर्षमा हरिद्धारमा हुने महाकुम्भ आयोजकको औपचारीक निमन्त्रणामा भारत पुगेका पुर्व राजा ज्ञानेन्द्र शाहको भारत सरकारका प्रभावशाली मन्त्री अमित शाह , साध्वी निरञ्जन ज्योती र नरेन्द्र मोदीका सहोदर दाई सहित भाजपाका उच्च नेतासँग भेट भएको सार्वजनिक भएको छ । शाह निकट स्रोतले दिएको जानकारी अनुशार उनीबसेको निजी फार्म हाउसमा नै शनिवार राती अमित शाह सहित भारतीय सरकारका उच्च अधिकारीले शाहसँग भेट गरेका हुन् । भेटका क्रममा नेपालमा देखिएको राजनितिक संकट अनि राजनितिक विषयमा छलफल भएको स्रोतको भनाई छ । नेपाललाई हिन्दु राष्ट्र वनाउने माग उठीरहेको समयमा भएको भेटलाई अर्थपुर्ण रुपमा लिईएको छ । प
नेपालगञ्ज / छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनहा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको पाइँदैन । सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट सङ्क्रमणको जोखिम बढेको पाइएको छ । अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाव, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको सङ्क्रमणको दर बढ्दो रहेको छ । सीमा नाकामा ती राज्यबाट आउनेलाई बढी निगरानी गरिएको छ । भारतका ती ठाउँमा सङ्क्रमण बढेपछि सरकारले यही चैत ११ गतेदे
उदयपुर / उदयपुरमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका –११ का ३० बर्षीय गोकर्ण कार्की रहेका छन् । कार्कीलाई आज दिउसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिन थान १, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्की गत माघ १६ गते देखी ब्राउन सुगर बिक्री बितरण मुद्धाको फरार प्रतिबादी समेत रहेको सो कार्यालयले जनाएको छ ।
बिर्तामोड / पूर्वपश्चिम लोकमार्गको काकडभिट्टा – बुटवल सडक खण्ड चार लोनको बनाउने प्रकृया सुरु भएको छ । भारतसँग सिमाना जोडिएको पुर्वी नाका काँकडभिट्टादेखि बुटवल सम्मको सडकलाई ४ लेनमा विस्तार गर्न काम शुरु गरिएको सडक विभागले जानकारी गराएको छ ।हाल दुई लेनमा रहेको सडकलाई ४ लेन बनाउन सो सडक खण्डलाई खण्ड–खण्ड पारी काम अघि वढाइएको विभागले जनाएको छ । पहिलो चरणमा सो सडकको स्तरोन्नति का लागि दुई खण्डको ठेक्का लगाएर काम अघि वढाइएको विभागका महानिर्देशक अर्जुन जंग थापाले जानकारी गराएका छन् । उनले सो सडको केही खण्डको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार हुँदै गरेको अनि बाँकी रहेका खण्डमा काम अघि वढ
गोरखा / माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन् । यही चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो । प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रनाउ दाहालले बताएका छन् । उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता प्रजाको सोही रातिदेखि खोजी भए पनि फेला पर्न सकेका थिएनन् । स्थानीयवासीले शहीद लखन थापा गाउँ
बैतडी / बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको&nbs
बिर्तामोड / भारत भ्रमणमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतको केन्द्रिय सरकारकी उच्च मन्त्री समेत रहेकी भाजपा नेतृ साध्वी निरञ्जन ज्योतीसँग भेट भएको सार्वजनिक भएको छ ।भारतको हरिद्वारमा हरेक १२ बर्षमा एक पटक लाग्ने कुम्भ मेला आयोजकको निमन्त्रणमा पुगेका उनको हरिद्वारमा साध्वीसँग भेट भएको बताईएको छ । भारत भ्रमणमा गएका उनको हरिद्वारमा उनीसहित भारत सरकारका प्रतिनिधी र भाजपाका उच्च नेताहरुसँग भेट भएको स्रोतहरुले जानकारी गराएका छन् ।हरिद्धार पुगेका उनले आईतवार विहान दक्षिणकाली मन्दिरको दर्शन गरेका थिए । हरिद्धारका निरंजन पिठाधिश्वर महामण्डलेश्वर कैलाशनन्द गिरीसँग ज्ञानेन्
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.