समाचार

    Showing 9,621-9,630 of 9,921 items.
  • असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

    गण्डकी / सत्यनिरुपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी गरेको छ ।आयोगद्वारा आज पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा आयोगका अध्यक्ष गणदत्त भट्टले २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कूल ६३ हजार ७१८ मुद्दा दर्ता भएको जानकारी दिएका छन् ।आयोगमा आफूहरूले जिम्मेवारी पाएसँगै निरन्तर काम गरिएको जनाउँदै उहाँले विश्वव्यापी फैलिएको कोरोना महामारीले आयोगका काम कारवाहीमा पनि केही न केही असर पारेको स्पष्ट पारेका छन्  । आयोगले ७४७ मुद्दामा निर्णय गरिसकेको जनाउँदै अध्यक्ष भट्टले मुद्दाको सुनुवाइ हुने र पीडकले छुटकारा नपाउने विश्वास व्यक

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 32 पटक पढिएको
  • ‘संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण छ’

    काठमाडौ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले आज यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र देशको विकासका लागि प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेता सिंहले विगतका समयमा सङ्कटको घडीमा कांग्रेसले सरकारलाई साथ दिएको जनाउँदै आगामी दिनमा पनि कांग्रेस देश र जनताका पक्षमा उभिने स्पष्ट पारेका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा देखिएको कमीकमजोरीलाई औँल्याउने जिम्मा पत्रकारिता जग

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 40 पटक पढिएको
  • ६० मुद्दा फछ्र्योट

    सिमकोट / जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म  ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा हालसम्म कूल ११४ मुद्दा दर्ता भएको बताइएको छ ।     अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ६१ छ । चालू आवमा नयाँ ५३ वटा गरेर अदातलतमा दर्ता भएका ११४ मुद्दामध्ये ६० वटा फछ्र्योट भइसकेको जिल्ला अदालत हुम्लाका स्रेस्तेदार मदनराज भट्टराईले बताउनुभयो । देवानीतर्फ जिम्मेवारी सरेको २७, नयाँ दर्ता भएका २५ गरेर जम्मा ५२ मध्ये ३० वटा फछ्र्योट भएका छन् भने २२ वटा फैसला हुन बाँकी रहेका छन् ।   सरकारवादी मुद्दा जिम्मेवारी सर

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 26 पटक पढिएको
  • हुलाक टिकट बेच्दै जिप्रका

     सर्लाही / जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय हाताभित्र हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गर्ने भएको छ । कार्यालयको मूल ढोका वरिपरि बसेका बिक्रेताले चर्को रकम लिएर टिकट बिक्री गर्ने गरेको गुनासो आएपछि प्रशासनले सरकारी मूल्यमा टिकट बिक्री थालेको हो । सेवाग्राहीसँग व्यापारीले चर्को रकम असुलेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले एक सूचना जारी गर्दै कार्यालयको कोठा नं १४ बाट छुट्टै टिकट बिक्री काउन्टर खोल्ने बताएका छन् । हुलाक टिकट अनिवार्यरुपमा चाहिने भएको र सेवाग्राही जिल्ला हुलाक कार्यालयबाट टिकट नलिइ प्रशासन बाहिर पसल थापेर बसेका व्यापारीसँग बढी मूल्य तिरेर ख

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 54 पटक पढिएको
  • पूर्व मन्त्री सुवालको निधन

    काठमाडौँ / समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भयो । उनि ९३ वर्षका थिए । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनि लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय भए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनि कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका छन् ।उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 35 पटक पढिएको
  • मानव बेचबिखन आरोपमा एक पक्राउ

     चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिएका छन् । गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसनधान शुरु गरिएको भट्टले जानकारी दिएका छन् । गौतमलाई वैशाख ४ गते पक्राउ गरिएको भ

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 34 पटक पढिएको
  • सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

    कैलाली / कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईवटै नयाँ बिओपीको उद्घाटन संयुक्तरुपमा गरे । सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 22 पटक पढिएको
  • प्रदेश नं १ को हिउँदे अधिवेशन अन्त्य

    विराटनगर / प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । अधिवेशनको आठौँ बैठक पनि दैनिक कार्यसूचीमा प्रवेशै नगरी अन्त्य भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन् ।आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले सभालाई सम्बोधन गर्ने कार्यसूची थियो । प्र्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको पत्र पढेर सुनाउने अर्को कार्यसूची थियो ।सभामुख भण्डारीले प्रदेशसभा सञ्चालन गर्न तथा कार्यसूचीमा प्रवेश गराउन खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सदस्यले उभिएर विरोध जनाए

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 23 पटक पढिएको
  • बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

    काठमाडौँ / राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।  आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी बालबालिकाको जीवनको अधिकारको ख्याल राख्दै शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् । विद्यालय सञ्चालन गर्ने, गराउने विषयमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा मन्त्रालयबाटै परस्पर विरोधाभाषपूर्ण सूचना सम्प्रेषण नगर्न आग्रह गर्दै विज्ञप्तिमा  भनिएको छ, “अभिभावक र विद्यार्थीहरूमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नुहँुदैन, स्व

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 20 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना चालकको मृत्यु

    भक्तपुर / मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।  चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आज उहाँको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 27 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा