समाचार

    Showing 9,571-9,580 of 19,664 items.
  • मान्छेमा घमण्ड पसे मतिभ्रष्ट; प्रधानमन्त्री ओली

     इटहरी ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसले आफूमा घमण्ड पस्न नदिन आग्रह गरेका छन् । सुनसरीको इटहरीमा शनिबार नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले मानिसमा घमण्ड पसे मतिभ्रष्ट हुने बताए । आफूमा घमण्ड पस्न नदिनुहोस् घमण्ड पसिसकेपछि मान्छे मतिभ्रष्ट हुन्छ, प्रधानमन्त्री ओलीले भने, मानिसमा ज्ञान पनि छ, बुद्वि पनि छ । तर मति भएन भने मतिभ्रष्ट हुन्छ । त्यसैले मानिसमा मति हुनुपर्छ।जेसीजले मर्यादित र शिष्टता सिकाउने गरेको भन्दै प्रशंसा गरे।उनले शनिबार नै ध्यान दिवस परेको स्मरण गर्दै मानसिक सुगठन बनाउन योग, ध्यान आवश्यक रहेकोसमेत बताए । मानिस शारीरिक सुगठनका लागि जिम जान्

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 217 पटक पढिएको
  • राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टरको गाडीभित्र शव फेला

    सिमरा  ।  बारामा कारभित्र मृत भेटिएका व्यक्ति प्रहरीकै कर्मचारी भएको खुलेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी राजकुमार रुम्बाको शव कारमा फेला परेको हो । शनिबार बिहान जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारबाट रुम्बाको शव फेला परेको बारा प्रहरीले जनाएको छ। मृतक प्रहरीकै कार्यालय सहयोगी(परिचर) भएको बाराका एसपी महेन्द्र खड्काले बताए । रुम्बा सिमरास्थित विमानस्थलमा कार्यरत थिए। अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र उनको शव फेला परेको हो ।  मृतकको टाउको पछाडि चोट भएकाले ह

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 143 पटक पढिएको
  • झापाका दुई किशोरी तीन सातादेखि बेपत्ता

    बिर्तामोड   ।   झापाको बुद्धशान्ति गाउँपालिकाबाट तीन साताअघि बेपत्ता भएका दुई किशोरीहरू अझै नभेटिएको परिवारले बताएका छन् ।२० दिनअघि घरबाटै हराएका ती किशोरीहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् । बुद्धशान्ति–२ की १३ वर्षीया कामना रणपहेँली र वडा नम्बर १ की १४ वर्षीया गृष्मा नेपाली बेपत्ता भएका छन् ।कामनाका बुबा सनमान रणपहेँली र गृष्माका आमा सङ्गीता नेपालीका अनुसार उनीहरूलाई सबै ठाउँमा खोजतलास गरिए पनि कुनै जानकारी पाउन सकिएको छैन ।स्थानीय प्रहरी कार्यालय, माइती नेपालमा समयमै खबर गरिएको र त्यहाँबाट पनि अहिलेसम्म कुनै खबर नआएको अभिभावकद्वयले बताए ।सम्पर्कविहीन किशोरीहरूको

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 467 पटक पढिएको
  • भारतीय अभिनेता जोनले लेखे नेपाल सरकारलाई पत्र

     काठमाण्डौ  ।   इन्डियन एक्टर  जॉनले चितवनमा हुने हात्ती प्रतियोगितामा हात्ती माथि दुर्ववहार हुने भन्दै उक्त प्रतियोगिता रोक्न नेपाल सरकारलाई पत्र लेखेका छन।पत्रमा छ: ‘यी बुद्धिमान र संवेदनशील जनावरले खेलको क्रममा शारीरिक र भावनात्मक कष्ट सहन्छन्,’उनीहरू धेरै अर्थबाट राष्ट्रिय खजाना हुन् । नेपालसँग यी सुन्दर जनावरलाई संरक्षण र सम्मान गरेर अघि बढ्ने मौका छ ।  नेपालको लागि मेरो हृदयमा विशेष स्थान छ । महोत्सवमा हात्तीलाई कुटेर रग!ताम्मे पर्ने गरिएको र पर्यटकको सवारीको लागि पनि प्रयोग गर्ने गरिएको छ । म विश्वस्त छु कि जंगली जनावरप्रतिको माया र अनुपम प्राकृतिक सौन्दर्य

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 280 पटक पढिएको
  • बाजुरा केन्द्रबिन्दु बनाएर बिहान भूकम्प

    काठमाण्डौ  । बाजुरा केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। जगन्नाथ गाउँपालिकाको गोत्री आसपास  केन्द्रबिन्दु भएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको​ महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ। भूकम्पको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। 

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 479 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हि

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 335 पटक पढिएको
  • मेयर बालेन शाहद्वारा प्रशासकीय अधिकृत माथि कारवाही

    काठमाण्डौ  ।    काठमाण्डौ टावरमा गैरकानुनी काम गरेको भन्दै मेयर बालेन शाहले काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गरेका छन्। काठमाण्डौ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएको बताएको छ।

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 492 पटक पढिएको
  • ग्यास ट्याङ्कर विस्फाेट हुँदा कम्तीमा ११ जनाकाे मृत्यु

    एजेन्शी  ।  भारतको राजस्थानमा ग्यास बोकेको ट्याङ्करमा आगलागी हुदा सो ट्यान्कर विस्फोट भएको छ। ट्याङ्करमा परेर कम्तीमा ११ जनाको ज्यान गएको छ ।राजस्थान राज्यको जयपुर–अजमेर राजमागमा ग्यास ट्याङ्कर विस्फोट हुँदा अन्य ३० जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर छ । पेट्रोल पम्प नजिकै रोकिराखेको ग्यास ट्याङ्करलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा विस्फोट भएको थियो ।आगलागीबाट ट्रक र निजी कारसहित झन्डै ४० वटा गाडी जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको खबरमा उल्लेख छ । भारत पेट्रोलियमले घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई ज

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 323 पटक पढिएको
  • सर्वोच्च अदालतले दियो मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

    काठमाण्डौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।शुक्रबार सर्वोच्चले उक्त आदेश दिएको हो । दुर्गा प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले यही पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए ।उक्त रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाई गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । सोही रिटमा शुक्रबार सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हाजिर गराइएको थियो । उनले आफू साइबर अपराधमा

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 162 पटक पढिएको
  • आज मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाण्डौ । बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार अपराह्न ४ बजेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 270 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा