समाचार

    Showing 9,571-9,580 of 25,705 items.
  • त्रिभुवन अन्तरर्ष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका उडान स्थगन

    काठमाण्डौ  । त्रिभुवन अन्तरर्ष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन गरिएको कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिएका छन।खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएको छ।‘मौसमी अवस्थाको पुनरवलोकन भइरहेको छ । अन्तरराष्ट्रिय उडान भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ’, पाण्डेले भने।अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौँसहित देशभरका विभिन्न ठाउँमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जना

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 466 पटक पढिएको
  • काठमाडौँका लागि उडेका जाहाज मौसम खराब भएपछि पोखरामा अवतरण

    काठमाण्डौ  । काठमाडौँमा मौसम खराब भएपछि जहाजलाई पोखरामा अवतरण गरिएको हो । खराब मौसमका कारण विराटनगरबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा अवतरण गरिएको छ । काठमाडौँको मौसममा सुधार आएपछि पोखराबाट उडान भर्ने जानकारी यात्रुलाई दिइएको छ । 

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 532 पटक पढिएको
  • सवारीसाधन ३ दिनसम्म काठमाडौं भित्रिन र बाहिरिन रोक लाग्यो

    काठमाण्डौ  । लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म बन्द गरिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरो, डुबान र सम्भावित विपद्‌को कारण उल्लेख गर्दै सोमबारसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ।सोमबारसम्म यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेक लामो दुरीका र काठमाडौं उपत्यका भित्

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 458 पटक पढिएको
  • बाजुराको रैथाने बाली कोदोको माग बढ्दा उत्पादन भने घट्दै

    बाजुरा । बाजुरामा उत्पादित अर्गानिक रैथाने बाली कोदोको माग बढेको छ । पछिल्लो समय बाजुरामा उत्पादित कोदोको माग देशका ठुला शहरमा बढ्न थालेको हो ।यहाँका ९ वटै स्थानीय तहमा उत्पादित कोदो देशका ठुला शहर काठमाडौं, नेपालगञ्ज, धनगढी, बुटवललगायतका शहरमा बढ्दै गएको पाइन्छ । पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको माग बढेपनि उत्पादन भने घट्दै गएको छ ।पछिल्लो समय नयाँ प्रविधिको विकाससँगै मानिसहरु आयातित बस्तुहरुमा भर पर्ने हुँदा कोदोको उत्पादन घट्दै गएको हो । मानिसहरु विलासि जीवन जिउँने भएका कारण परिश्रम गरेर काम गर्ने प्रवृत्ति हराएकोले कोदो मात्रै नभई अन्य बालीहरुको पनि उत्पादन घट्

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 430 पटक पढिएको
  • झरीका कारण आन्तरिक उडान ठप्प, अन्तर्राष्ट्रिय भने नियमित

    हेटौँडा— आज बिहानदेखि परेको पानीको कारण आन्तरिक तर्फको सबै उडान अहिले बन्द रहेको छ ।पानी परेको कारण आन्तरिक उडान अहिले बन्द भएको हो । भने, अन्तर्राष्ट्रिय तर्फको जहाज उडान भने नियमित भइरहेको छ ।त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाको अनुसार अहिले २० मिनेटदेखि आन्तरिक तर्फको सबै उडान बन्द रहेको छ । बिहान आन्तरिक तर्फ सबैतिर उडान भएको उनले बताए ।उनले भने, आज बिहान सबैतिर आन्तरिक तर्फका जहाज उडेको थियो । अहिले पानी परेर जहाज उडेको छैन । अन्तर्राष्ट्रिय उडानमा केही समस्या छैन । मौसम सफा भएपछि आन्तरिक तर्फ जहाज उड्ने छन् ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 534 पटक पढिएको
  • सडक अवरुद्ध, मन्त्री कुलमानले बोलाए विभागीय प्रमुखहरूको आकस्मिक बैठक

    काठमाण्डौ  ।  लगातारको वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा पहिरो खस्दै अवरोध सिर्जना हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विभागीय प्रमुखहरूको आकस्मिक बैठक बोलाएका छन् ।मन्त्री घिसिङको सचिवालयका अनुसार आज बिहान ११ बजे बैठक बस्ने गरी आह्वान गरिएको हो । बैठकमा सडक सुरक्षा, यातायात सहज बनाउन सकिने तत्काल उपाय, र सम्भावित विपद्‌बाट बच्ने तयारीबारे विस्तृत छलफल हुने सचिवालयले जनाएको छ।मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको र अझै केही दिन वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 321 पटक पढिएको
  • पुराना नेताहरू हत्यारा हुन्, तिनीहरूलाई तत्काल पक्राउ गर्नुपर्छ : गणेश चौलागाईं

    काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले शहीदप्रति इमान्दार अभियान नलिएकाले असन्तुष्टि व्यक्त गरेका छन् । चौलागाईंले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भागदौड, शव व्यवस्थापनमा कमजोरी र आन्दोलनको नेतृत्व कमजोर भएको आरोप लगाउँदै अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई तत्काल पक्राउ तथा कडा कारवाहीको माग गरेका छन् ।गणेशका अनुसार, श्रीयम विद्यालयबाटै आन्दोलनमा सहभागी भए पनि गोली चलेको खबर आएपछि परिवारले बारम्बार फोन गर्दा जवाफी संचार हुन छाड्यो । ‘मैले २० भन्दा बढी फोन गरेँ, ३ः३० को हाराहारीमा एउटा सन्देश आयो बाबुलाई चोट लागेको छ, सिभि

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 324 पटक पढिएको
  • सर्लाहीमा भारि बर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

    सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज १७ देखि २० गतेसम्म मनसुनजन्य भारी वर्षा हुने पूर्वानुमान रहेकाले जिल्लाभर बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्रशासनले शुक्रबार एक सूचना जारि गर्दै जिल्लावासीलाई अविरल वर्षाको कारणले जोखिम बढ्ने देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। प्रशासनले १७ देखि २० गतेसम्म भारि वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ ।सम्भावित विपदजन्य घटनाबाट हुन् सक्ने क्षति न्यूनीकरणका लागि क्विक रेस्पोन्स टिम र इन्सिडेन्ट रिस्पोन्स टिम तयारी अवस्थामा राखिएको पनि जानकारी प्रशासनले दिएको छ

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 344 पटक पढिएको
  • राजधानी छिर्ने सबै राजमार्ग अवरुद्ध

    काठमाण्डौ  ।  अविरल वर्षासँग राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन्। हेटौंडा हुँदै काठमाडौं आउने कान्तिलोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् । मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 405 पटक पढिएको
  • काठमाडौं जाँदै गरेको बस कपिलबस्तुमा दुर्घटना; २२ यात्रु घाइते, चालक फरार

    कपिलबस्तु— धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस कपिलबस्तुको शिवराज नगरपालिका–१ स्थित बनकसबासमा दुर्घटनामा परेको छ। पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्।ना १ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए। उक्त बसमा करिब ४० जना यात्रु सवार मध्ये २२ जना घाइते भएको डीएसपी सिंहको भनाइ छ।घाइतेहरूलाई तत्काल उद्धार गरी चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनापछि बस चालक फरार रह

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 546 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.