समाचार

    Showing 9,551-9,560 of 19,664 items.
  • भीम रावल पार्टीबाट निकालिए

     काठमाडौं— नेकपा एमालेको अघिल्लो महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँगै लडेका एमाले नेता भीम रावल पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन् । पार्टीमा फरक मत राख्ने भिम रावललाई एमालेले साधारण सदस्यबाट समेत हटाए । पार्टीबाट निस्कासित भएपछि उनले भने : 'मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ, ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भए, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन् ।'

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 336 पटक पढिएको
  • मोरङका एसपी खड्कासहित हेडक्वाटर तानिए सशस्त्रका ४ एसपी

          मोरंग :सशस्त्र प्रहरी बल नेपालका ४ जिल्लाका एसपीहरू छानबिनमा तानिएका छन् । तराईका ४ फरक जिल्लाका एसपीहरूलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको छ ।    सशस्त्र प्रहरी बलका प्रवक्ता एवं नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेका अनुसार छानबिनमा तानिनेहरूमा धनुषाका एसपी दर्शन गिरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी विमल डाँगी छन् ।    उनीहरूमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको डिआइजी न्यौपानेले बताए। उनीहरूमाथि केही आर्थिक अनियमितता तथा राजश्व गडबडी गरेको भन्ने आरोप लागेको बताइएको छ ।   

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 135 पटक पढिएको
  • सुमो दुर्घटनामा घाईते राईको उपचारको क्रममा मृत्यु

         खोटाङ :सुमो दुर्घटनामा गम्भीर घाइते भएका खाेटाङकाे केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारको क्रममा मृ*त्यु भएको छ ।काठमाडौँबाट यात्रु लिएर आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित राँटीमा दुर्घाटना हुँदा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचार गर्नेक्रममा (बुधबार) मृत्यु भएको हो ।

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 65 पटक पढिएको
  • सूर्यको सबैभन्दा नजिक पुगेर नासाको अन्तरिक्षयानले रच्यो इतिहास

    एजेन्सी— नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान हिजो एक हजार सात सय डिग्री फरेनहाइट अर्थात नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको सबैभन्दा नजिक पुगेको बीबीसीले जनाएको छ ।सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।वैज्ञानिकहरूका अनुसार सूर्यको निकटताका कारण अब केही दिनसम्म यानसँग सम्पर्क टुट्नेछ । तापक्रमबाट बच्न सुरक्षा कबजसहित गएको अन्तरिक्

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 292 पटक पढिएको
  • आज डिसेम्बर २५, ‘क्रिसमस डे’ मनाइँदै

    काठमाण्डौ ।  कृश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यो सम्प्रदायले क्रिसमस डे मनाउँदैछन्।आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको भनिन्छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको छ।मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन्। मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको छ । दिवसका अवसरमा विसं

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 416 पटक पढिएको
  • सहकारी समस्यामा सर्वोच्च अदालतको आदेश

    काठमाण्डौ  ।   सहकारी समस्यामा सर्वोच्च अदालतको ठोस आदेश दिएको छ।सहकारी समस्याको समाधानका लागि सर्वोच्च अदालतले ठोस कदम चालेको छ। अदालतले सहकारी क्षेत्रका समस्या समाधान गर्न हालसम्म भएका कामकारवाही, नीति र योजना प्रस्तुत गर्न सरकारका उच्च अधिकारीहरूलाई छलफलमा उपस्थित हुन आदेश दिएको छ। साथै, बचतकर्ताको रकम फिर्ता गर्न पिडित राहत कोष निर्माण गरी बचत नि:शर्त फिर्ता गर्नुपर्ने र सहकारी ठगी गर्नेको सम्पत्तिबाट असुली प्रक्रिया अघि बढाउनुपर्ने निर्देशन दिएको छ।

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 270 पटक पढिएको
  • नेपाल जेसीजको अध्यक्षमा रजनी थापा विजयी

    इटहरी  ।    नेपाल जेसीजको अध्यक्षमा फराकिलो मतान्तरले रजनी थापा निर्वाचित भएकी छन् ।थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ३०९ रहेको छ ।यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, सुमित्रा भट्टराई, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।थापा सन् २०११ मा जेसीजको साधारण सदस

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 137 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ भने सुदूरपश्चिमको तुलनामा कर्णाली प्रदेशमा बढी पानी पर्ने सम्भावना छ। अन्य प्रदेशहरूमा भने छिटपुट वर्षा र बादल लाग्नेछन्।आज राती देशको कोशी, गण्डकी

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 223 पटक पढिएको
  • वैश्य आज सप्तरीको अधिबेशन सम्पन्न

    राजविराज  ।   वैश्य समाज सप्तरीको प्रथम जिल्ला स्तरिय भेला तथा अधिवेशन सोमवार नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न भएको छ । वैश्य समाजको पहिचान उत्थान र सम्मानका लागि राष्ट्रिय वैश्य महासंघ नेपालको जिल्ला जिल्लामा संगठन विस्तार गर्ने कार्यक्रम अन्तर्गत गरिएको प्रथम जिल्ला स्तरिय भेला तथा अधिवेशनले श्याम कुमार साहको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको हो ।समितिको उपाध्यक्षमा मनोज कुमार माझी, दिगम्बर साह, महिला उपाध्यक्ष सुनिता दास, महासचिवमा बब्लुकुमार चौधरी कलबार, सचिवमा राजलाल पण्डित, रामानन्द साह, कोषाध्यक्ष बलराम शर्मा र सहकोषाध्यक्षमा नारायण साहु र

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 230 पटक पढिएको
  • भरत जंगम पक्राउ

    काठमाण्डौ । भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको छ।सहकारीको रकम दुरुपयोगबारे अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ।जंगम बानेश्वरस्थित साई स्वागत सहकारीका पूर्व अध्यक्ष हुन्। सहकारीको आर्थिक अपचलनका सम्बन्धमा लामो समयदेखि छानबिन चल्दै आएको थियो। यसै सन्दर्भमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 256 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा