समाचार

    Showing 9,551-9,560 of 25,705 items.
  • विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित

    काठमाडौं । वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् ।नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली (म्क्ष्च्क्) अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन् ।कोशी प्रदेशमा पूर्ण अवरोधसंखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ ।भोटेखोला गाउँपालिका–४ स्थित बरुण खोलामा २०८२ जेठ ६ गते

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 207 पटक पढिएको
  • काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो

    काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गई सडक भासिएको छ । गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा उक्त सडक छेउका घरहरू जोखिममा परेको हो । काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ । बस्ती डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ। जोखिमयुक्त बस्तीहरूलाई सतर्क

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 342 पटक पढिएको
  • तमोर नदी किनारमा जीप खस्यो, फिदिममा दुर्घटना हुँदा धेरै यात्रु प्रभावित

    ताप्लेजुङ— ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको यात्रुवाहक जीप फिदिम–कार्तिके क्षेत्रको तमोर नदी नजिकै दुर्घटनामा परेको छ। जीप सडकबाट गहिरो खोंचमा खस्दा धेरै यात्रु हताहत भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।घटना स्थल सडकभन्दा निकै तल भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। हालसम्म कति यात्रु घाइते वा मृत भएका छन् भन्नेबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन।स्थानीयवासीहरूका अनुसार दुर्घटनास्थल विकट रहेकोले हेलिकप्टर र एम्बुलेन्सको तत्काल आवश्यकता छ। उद्धार टोली पुग्न ढिलाइ भएकाले अवस्था गम्भीर बन्न सक्ने आशंका गरिएको छ।अहिले सुरक्षाकर्मी र स्थानीयबासी मिलेर घटनास्थलमा उद्धार कार्य सुरु गर्ने तय

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 628 पटक पढिएको
  • लगातार वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो

    हेटौँडा । निरन्तर परेको अविरल वर्षाले हेटौँडासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । गत केही दिनयता परेको पानीका कारण सडक चिप्लिने, खोला–नाला बढ्ने र विभिन्न स्थानमा आवतजावत अवरुद्ध हुने अवस्था सिर्जना भएको छ ।हेटौँडाको मुख्य बजार क्षेत्रमा पानी जम्दा व्यापारी र स्थानीय बासिन्दा दुबैलाई समस्या भएको छ भने ग्रामीण भेगका धेरै ठाउँमा सडक आवागमन कठिन बनेको छ । खेतबारीमा पानी जम्दा धान लगायतका बालीहरूमा समेत असर पुगेको किसानहरूले बताएका छन् ।यातायात क्षेत्र पनि प्रभावित भएको छ । हेटौँडा–काठमाडौं, हेटौँडा–ललितपुर र हेटौँडा–चितवनतर्फका सडक खण्डहरूमा पहिरो र चिप्लोपनका कारण यात्रा जोखिमपूर्ण ब

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 447 पटक पढिएको
  • शनिबार दिउँसो र राति झनै बढी वर्षा हुने

    काठमाण्डौ। पछिल्लो पछिल्लो १२ घण्टादेखि मधेश र बागमती प्रदेशमा निरन्तर वर्षा भएपनि शनिबार दिउँसो र राति अत्याधिक वर्षाको हुने चेतावनी दिएका छन्।त्रिभुवन विश्वविद्यालयकको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक बिनोद पोखरेलले आज दिउँसो र राति अझै ठूलो वर्षा हुने संभावनाको चेतावनी दिएका हुन्।बिरगंजमा पछिल्लो १२ घण्टामा ८८ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा सबैभन्दा गोदावरीमा ४९ मिलिमिटर वर्षा मापन गरिएको छ। रौतहटको गौरमा ६८ र बाराको निजगढमा ६७ र कलैयामा ७३ मिलिमिटर वर्षा भएको छ। पछिल्लो एक घण्टामा भने सिराहा, सप्तरी र उदयपुर क्षेत्रमा पानी परेको छ। 

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 283 पटक पढिएको
  • पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा वीरगञ्जमा

    काठमाडौं । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वीरगञ्जमा ६४ मिलिमिटर बर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 494 पटक पढिएको
  • बाढी र पहिरोको जोखिम उच्च, जनधनको सुरक्षा र सतर्कता अपनाउन रास्वपाको आह्वान

    काठमाडौं ।  देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्को जोखिम उच्च बनेको सन्दर्भमा नागरिक सतर्कता र साझा प्रयासको खाँचो औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक विज्ञप्ति जारी गरेकोे छ ।जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आगामी केही दिन अझैपनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो, डुबानलगायतका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञ सरकारी निकायहरूले अनुरोध गरेका छन् ।यसै सन्दर्भमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शनिबार एक व

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 315 पटक पढिएको
  • अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियामाथि जित

    काठमाडौं ।  अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ । शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन् । ६३ बलको सामना गर्द

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 272 पटक पढिएको
  • काठमाडौंको करखुसी खोला छेउमा पहिरो सडक पनि भासियो

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गई सडक भासिएको छ ।गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा सडक छेउका घरहरू जोखिममा परेको हो ।काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ ।बस्ती डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ । जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन समेत अनुरोध गरे

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 261 पटक पढिएको
  • विपद् प्रतिकार्यमा ७ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालित, ६३ जिल्लामा जनचेतनामूलक माइकिङ

    काठमाडौं— देशभर सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलका ७ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। साथै, ६३ जिल्लामा माइकिङमार्फत सर्वसाधारणलाई सतर्क रहन आह्वान गरिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत विपद् प्रतिकार्य शाखाका प्रमुख एवं उपसचिव रामबहादुर केसीका अनुसार हालसम्म ७ हजार ३१५ जना सशस्त्र प्रहरी प्रत्यक्ष रूपमा विपद् प्रतिकार्यमा खटिइसकेका छन्।जनस्तरमा चेतना फैलाउन विभिन्न टोलीले जिल्ला जिल्लामा माइकिङ गरेर सुरक्षित रहन अनुरोध गरिरहेको छ। विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन २६ वटा प्रतिकार्य वेश सञ्चालनमा ल्याइएको छ, जसमा ९ वटाको

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 636 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.